साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमालाई चिठी

कल्ले गर्छ निधान पण्डित ठुला सान्निध्यका तत्क्षण।। जप्छन् मन्त्र अशुद्धझैँ मुलुकमा उल्टाे भयाे लक्षण।। आमाका दिलमा नहाेस् कठिनता सम्झेर यस्ता पल। अर्काे वर्ष दसैँ मनाउन सकूँ दुर्गा दिऊन् सत्बल ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

आशा उन्नतका सडे बगरमा भन्दै रुँदा छन् कति ।।
माैकामा अब भर्छु कन्तुर छिटाे भन्ने उता छन् कति ।।
बाटो बन्दछ जान छैन सजिलो दाैडेर हाम्रा घर ।
बाढीबाट छ अस्तव्यस्त अहिले याे राजधानी भर ।।१।।

आमा बढ्छ तनाव मात्र दिलमा,व्यापार मन्दी भयाे।
स्वप्ना रास लिई पसेँ सहरमा याे ज्यान बन्दी भयो ।।
चाहेकाे उपभाेग्य वस्तु जति हाे आकाश, चुम्दै, गयो
बढ्दाे मूल्य छ खर्च धान्न जनमा झन् झन् समस्या भयाे।।२।।

जाने गाउँ दसैँ मनाउन बुबा भन्छन् भुराले तर।।
यातायात छ ठप्प छैन सुविधा बाटो बगायाे, पर ।।
झन् गाह्रो अहिले छ उड्डयनकाे यात्रा भरूँ के गरी ।
भाडावृद्धि भएर उच्च चुलिँदा जात्रा भयाे हे हरि ।।३।।

स्वप्ना रास विनाश छन् बगरमा भेटिन्न खाेज्दा दसी ।
सिङ्गो राष्ट्र निशा समान छ मुमा लुक्दै गएझैँ शशि ।।
मान्ने आस थियोे दसैँ तर दशा नेपालका भालमा ।
नाच्दै चढ्न पुग्याे,बनी नकचराे त्याे कालका तालमा।।४।।

कल्ले गर्छ निधान पण्डित ठुला सान्निध्यका तत्क्षण।।
जप्छन् मन्त्र अशुद्धझैँ मुलुकमा उल्टाे भयाे लक्षण।।
आमाका दिलमा नहाेस् कठिनता सम्झेर यस्तापल।
अर्काे वर्ष दसैँ मनाउन सकूँ दुर्गा दिऊन् सत्बल ।।५।।

०००
२०८१/ ६/२०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x