साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ङिच्च

अर्को फेरि ङिच्च गर्दै आयो । यतिन्जेलीसम्म छोराछोरी पढे लेखे ठूला भए । यसपालि छोरालाई मोटरसाइकल न किन्दी भएन । लौन सर एक डेढ लाख सापटी चाहियो । हैन र दाइ !

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

उ हेर त त्यो फेरि ङिच्च दाँत देखाउँदै यतै आउँदैछ । अगाडिको चुनावमा भोलि नै दिइहाल्छु नि बडा बा भन्दै गोरु बेचेको साइनो लगाएर मर्नै खोज्यो । जितेर गएपछि नातिलाई जागिर लगाइदिन्छु भन्यो । होला तानी गाउँको नेता सबैलाई चिनेको भनेर पैसा दिए । विचरा नाति काठमाडौं जाँदाजाँदै झ्याप्ले खोलामा गाडीसमेत पुरिएर सासमात्र भेटियो चारदिन पछि । यो नेता भनाउँदो कुन कुनामा लुकेको थियो ? आज फेरि के खान आयो ङिच्च दाँत देखाउँदै ? राहत त परै जाओस्, अझै आहत थप्न त आयो होला नि !

नमस्कार बडा बा ! सञ्चै हुनुहुन्छ ? ङिच्च दाँत देखाउँदै टुसुक्क बस्यो । हैन ए नेताजी ! अलिकति पनि लाजशरम छैन हो कि ऋण लगे पछि तिर्न जान्नु पदैन ? चिन्तै नगर्नु ए बडा बा ! म हजुरलाई सावाँ ब्याज ब्याजको पनि स्याज आउँदो चौरासीको चुनावमा तिरी हाल्छु नि ! बडाबाले झोकिँदै जुरुक्क उठ ! तेरिमा बजिया तैँले भोलिपल्टै दिन्छु भनेर मेरो औषधि खाने पैसा ङिच्च ङिच्च पाशुपतिका बाँदरले दाँत देखाएझैँ देखाएर लगेको होइनस् के ? आज दुईवर्ष भैसक्यो अझै तिर्ने कुरा गर्दैन ङिच्च दाँत पो देखाउँछ । चौरासीमा त तँ ढटुँवा लटुवा हरिलठ्ठक तेरै चौरासी हुन्छ । नेताजी ङिच्च दाँत देखाउँदै फिस्स हाँसेर बाटो लाग्यो ।

हैन ए काईला बा यस्ता सडकछापहरूलाई पैसा दिनु र कुकुरलाई मासु पैँचो दिन्नु एउटै हो । हातले दिएको पैसा उठाउन खुट्टाले दुःख पाउनुपर्छ । दिएको पैसा फर्काइहाले पनि झगडा बोकेर आउँछ । पैसा लगेर सबै भोलि भोलि भन्दै ङिच्च दाँत देखाउँछन । भोलि त कसैले देखेको छ नत कसैले भेटेको छ तर मानिसको साइनो भोलिसँग कति गहिरो छ । सानो नानीबाबुलाई औषधी खायौ भन्दा अहिले खान्तु भन्छ । गृहकार्य गर्‍यौ भन्दा भोलि गल्छु भन्दै मोबाइलमा गेम खेली रहन्छ । एक दुईवर्षमै अरिजम लागेर न त आज न त भोलि बन्दछ ।

अरुको के कुरा गर्नु । हाम्रा ज्वाइँनारायणलाई नातिको होस्टलको पैसा बेलैमा बुझाई दिनु है ज्वाइँ भनेर पाँचलाख पैसा पठाइदिएको त्यो पैसा जग्गामा हालेकारे । अहिले सम्मन विद्यालयमा खाएको बसेको पढेको, परीक्षा शुल्क समेत एकपैसा नतिरे पछि विद्यालयले फोन गर्‍यो । काठमाडौं गएर प्रिन्सिपललाई भेटेँ । साँच्चै एक पैसा तिरेको रहेनछ बिचराले दुईवर्ष सम्म । हन मेरो नाति पढाएर प्रथम श्रेणीमा उत्तीर्ण भएछ । मैले चेक काटेर पैसा दिन खोज्दा उनी झस्किए । लौ हेर्नुस् बा आफ्ना छोराछोरीको पढेको खाएको पैसा चेक मात्रै छ । खातामा त पैसै छैन । अब तपाईं पनि त्यस्तै त होला नि ! बाह्र वर्षमा पोइ आको, मलाई आजै ज्वरो आएको भनेझैँ । म लाजले भुतुक्कै भएँ । ङिच्च दाँत देखाउँदै त्यसो हुँदैन सर भएर टाउको निहुँराएँ । तुरुन्तै ज्वाइँलाई बोलाएँ । यो के गरेको ज्वाइँसाप् भनेको । ससुरालीको खाएँ त के बिराएँ भने । म अवाक भएर नातिको दुईवर्षको पैसा तिरेर ङिच्च दाँत देखाउँदै घर आए ।

प्रिन्सिपलको कोठामा आधा घण्टा जति बस्दा दशजना जति मानिस ङिच्च ङिच्च गर्दै आए । पैसा तिर्ने कुरा कसैले गरेनन् । एउटी महिलाले रुन्चे स्वरमा भनिन् सर ! सहकारीमा काम गरेर छोराछोरी पढाउँथे त्यसका सञ्चालक भागे । जागिर त गयो गयो अब गाँस बासकै पो बिचल्ली भयो । यसो सानोतिनो काम भए गर्थेँ भन्दै तुरुक्कै आँसु झारिन् । ल नरुनुहोस् यो समयको खेल हो । एकदिन तपाईंलाई पनि समयले साथ देला नि त भनेपछि ती पनि फिस्स रुन्चे हाँसो हाल्दै ङिच्च दाँत देखाएर बाटो लागिन् । त्यसै बेला फोन आयो ए सार त्यो मेरो छोरीको सर्टिफिकेट दिनु पर्‍यो । यसपालि हाम्रो चौमासिक आएकै छैन । बुढा ठेक्दार खोलाले चारवटा जेसिबी बगायो । आबु कासोरी पो पैसा दिन हाऊ सार । प्रिन्सिपलले हेन्ड फि गरेर सुनाए । राम्रो विषय पढाएको ती नानीले चारवर्ष पढेको खाएको बसेको जम्मा छलाख तिर्न बाँकी रहेछ । अर्को फेरि ङिच्च गर्दै आयो । यतिन्जेलीसम्म छोराछोरी पढे लेखे ठूला भए । यसपालि छोरालाई मोटरसाइकल न किन्दी भएन । लौन सर एक डेढ लाख सापटी चाहियो । हैन र दाइ ! अहिलेसम्म केटाकेटीका पैसा कति तिर्‍यौ ? हजुर पनि । पहिले भर्ना गर्दा तिनजनाको दुईदुईहजार तिरेको । अहिले त भएपो दिनु ? जम्मा हिसाब कति भयो त्यो त गर्दै गरौँला नि । तीनजनाले चार वर्ष सम्म पढेको केही नभए पनि भयो होला नि एकडेढ लाख भन्दै ङिच्च दाँत देखायो । के गर्नु बा सुन्नु र सहनुको विकल्प छैन ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x