सुभाषचन्द्र देवकाेटाघुस राष्ट्रिय पहिचान
घुस नखानेहरूलाई जेलभित्र कोचौँ । कामबाट बेदखल गरौँ । घुसको विरोध गर्नेहरूको टाउकोमा लाठी बजारौँ । अब देशको राष्ट्रिय पहिचान नै घुस बनाऔँ ।

सुभाषचन्द्र देवकोटा :
अब,
विकास योजना सट्टा,
घुस योजना बनाउँ ।
स्कुल र विश्वविद्यालयमा
घुस विद्या सुरु गरौँ ।
अध्यायन अनुसन्धान पनि
घुसकै गरौँ ।
घुस खाने नयाँ नयाँ तरिका पत्ता लगाऔँ ।
लोक सेवाबाट पनि
घुस खान सिपालुलाई कर्मचरी
छानौँ ।
घुस खान सक्नेलाई नै नेता चुनौँ
सरकारमा पनि
घुस खान खप्पिसलाई
मन्त्री र राजदुत बनाऔँ ।
घुस खान जान्ने वकिलहरूलाई
न्यायधिसमा नियुक्ति गरौँ ।
घुसमा नै अडेस लगाएर
निदाउन सक्नेलाई
कार्यालयहरूको हाकिम बनाऔँ ।
दलालका मतियारहरूलाई
सल्लाहकार र विज्ञ बनाऔँ ।
अब,
मन्दिर, मन्दिरमा,
घुस देवता प्रतिष्ठापन गरौँ,
पूजारी पनि नमुद घुस्याहरूलाई राखौँ
पूजा अरचना सुरु गरौँ
घुसको भजन कीर्तन गरौँ ।
घुस नखानेहरूलाई
जेलभित्र कोचौँ ।
कामबाट बेदखल गरौँ ।
घुसको विरोध गर्नेहरूको टाउकोमा
लाठी बजारौँ ।
अब देशको
राष्ट्रिय पहिचान नै घुस बनाऔँ ।
घुसलाई नै राष्ट्रिय खेल घोषणा गरौँ ।
घुस खानेहरूको जय जयकार गरौँ ।
०००
गोरखा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































