ठाकुरप्रसाद अधिकारीठगाईको दबाई प्रतियोगिता
यो देशमा दलाली फलाक्न्न थालेका छन् दमानुपातिकले गरेका विकृत काम म बर्खास्त गर्न बालुवाटर बुढानीलकण्ठ बालकोट धेरै धाएर आँखा कान नाक मुख थाेत्राे बनाए ।

ठाकुरप्रसाद अधिकारी :
पहिलो दृश्य – एउटा श्रमिक ठग महोदयले अर्कोलाई सोधे तपाईं कुन चाहिँ ठग हो । दाश्रोले जवाफ फर्काए भ्रष्टाचार लाइनको । त्यसपछि दुवै अलप भए । तिनीहरू आजसम्म फर्केका छैनन् ?
दोश्रो पाटोमा –
एउटा टिभीले मुलुकमा ठगाई दबाउने प्रतियागिता गर्ने भनेर सबेरै घोषणा गर्यो । प्रचार पनि व्यापक गर्ने निश्चय गरे । २४ घण्टामा २५ घण्टा विज्ञापन गर्यो । ठगाइको प्रतियागिता भन्दा सब ढलान टिम समेत पनि छक्क । भित्रभित्रै सबै ठगदारहरू चाप्लुसीका पात्र हंश मुखझै प्रफुल्ल थिए । तर सबै लाटा लङ्गडा लम्फु विद्वानले हड्ताल गर्ने निधो गरे । तर एकै रातमा उनीहरूको सपना डेङ्गु लागेर खङ्ग्रङ्ग सेलाइ हाल्याे ।
उता वर्षैांदेखि ठगाइको भुँडे भाग समाएर बसेका बा दाजु भाउजू नून नपुगेको तरकारीझैं ओइलाउन थाले । ठगाईको अगुवाइ गर्ने टिभी पनि अन्योलमा पर्यो । आफैलाई नियुक्ति दिने दाजु भाउजू बा भान्छामा बसेर अलि घोरिन थाले । अनि भन्न थाले टिभी त हेरिन्थ्यो तर ठगाईको दबाई प्रतियोगितालाई के गर्ने ? प्रगतिशील दामानुपातिक संघ सस्था आफूले बनाएको । पत्रुकारलाई हतियार बनाएर कति कान्तिपुरको शान्ति विरोधी योजना भत्काइयो । कमिशनबाट आएको पैसाले छोराको बिहे उतारियो । भोजलाई दुई दिन संशोधन गरेर दश दिन पाँच तारेमा पाँच मानेलाई खुवाएर मनाइयो । उसको भुँडीको भलो गरेकै हो ।
अहिलेसम्म नभएको प्रतियोगिता किन चाहियो ? ठगाई प्रतियोगिता भन्नासाथ भाउजूले भन्नु भयो । त्यही टिभी चलाउनेबाट आएको आयस्थाले स्वीश बैक अमेरिका न्यूयोर्क घुमौँला भन्ने चाहना पनि ढलान हुने भो । त्यो ठगाई प्रतियोगिता रोक्ने कुनै उपाय छैन बा ? ८४ मा बैंककको डान्स क्ल्बमा खुब नाचेर चुनाव लड्ने योजनाको प्रस्ताव ल्याउनुस् । कति लडिन्थ्यो । घिउ खुवाउने हाकिमलाई देश विदेश घुमाएका छौँ । के गर्नु बा ? बनाएको टिभी पनि भनेको… । बिस वर्ष अगाडि भट्टीमा बुढोले रक्सी खुवाएर बनाएको साथी पो ऊ हो । ऊ फेरि खाते पाते कहाँ हो र ? मेरो नाता गोताको साख्यै झड्केलो छोरो पो हो त । उसको हलो र चलो साथी पनि टिभीको हल्ला सुनेपछि गाउँ टोलनै मरुभूमिको उँटलेझैं खुटटा उचालेर श्रीठगेश गर्छन् । उसको ख्याती हामीले रोक्न पनि हुँदैन ।
गल्ली गल्लीमा नाकमुख थुनेर गडगडको सबैले ताली दिएर के भो ? उसको उत्सव किन उठिरहेछ ? टिभीको हाकिमलाई कसरी आपत्ति जनाउने ऊ त झन् छिमेकी दूतावासमा जाने दूत हो कमसेकम सहमति जनाउन छानबिन समिति बनाउन भाउजूले भने पनि बालाई हाँसोमा रेलको कुरो उठिरहेको थियो । छिमेकले गरेको कृतिको क ख ग को जासुस गर्ने उसमा कम योग्यता थिएन । ८ फेल भए पनि चिया मुमफली बेचर जि.एम.मा आएको मान्छे हो । यो कुरो ख्याल राख्नै पर्छ । ऊ दलालीको माहिर मान्छे हो । उसका बाउले अखण्डको जग्गा कति लुकाएर छोरा पोसे । हिँडिरहेको बाटो मिचेर सिसेको वरण्डा भएको घर देखेर विशेषण दिन खोजेको होइन । छोरा छोरीको बर्थडेमा ल्यापटप र लाखै पर्ने घडी उपहार दिएर खुशी प्रकट गर्ने मान्छे पो त हो । ऊ कम्ताको मान्छे हो । पहिला उसलाई केमा झोंक चल्यो नेपाल ठग प्रतियोगिता नराखेको भए हुने थ्यो नि । ठगाई दबाउने प्रतियोगिताले थोत्रो विकास रोक्न सक्छ ? पानी जहाज रोक्न सक्छ ? ऊ त हाम्रो घरको झिँगा हो । हामीले भनेपछि ऊ लामखुट्टे बनेर आ भने पनि आउनु पर्छ । नत्र रोक्न सक्छ ।
ठगाईको विकास भएर हामीले सँधियारको आँठो मिचेर खाएको कुरो गाउँले थाहा पाउन सकेको छैन । ठगको ओहिरो चलेर के भो ? ठगलाई मिनाहा दिने हामी नै हो दाजुले यसो भनेको उनेर भाउजू र बा पनि तीन छक्क । अन्तमा ठगाई प्रतियोगीको विरोध गरौँ भनेर दाजु भाउजू र बाले सल्लाह गरे । यो प्रस्तावलाई सबैले मौन भएर समर्थन जनाए । अब ठगाई प्रतियोगितामा कस्ता कस्तालाई भाग लिन दिने ख्याती प्राप्त दानवीर हानवीरलाई समावेश गर्ने कि नगर्ने भनेर सरकारलाई सुझाउ दिन त्रिशंकु समति बनाउने निधो पनि गरे । अनि दाजु कमिटी भाउजू कमिटी बा कमिटी पनि बनाउने गठबन्धन पनि गरे । भाउजू कमिटीले दाजुको छानबिन गर्ने । दाजु कमिटीले बाको छानबिन गर्ने । बा कमिटीले तिनैजनाको छानबिन गर्ने अन्त्यमा डस्बिनमा लगेर प्रतिवेदन हाल्ने निर्णय पनि गरे । यो कुरोले ठगाई प्रतियोगिता ओझेलामा पर्ने छ भनेर सबैले गडगड ताली पनि बजाए ।
टिभीको थाप्लोभरि समाचार पोतियो । छानबिन बा जस्तो बाटुलो गरि कमिटी बनेको कुरो टिभी हाकिमको कानमा पनि पुग्यो । छानबिनमा सितन नभएर ठगलाई दबाउन तातोपानी लाउन नसकेको कुराले उसको मुड खराब भइरहेको थियो । बेलुका होलीवाइन खाँदा पनि मुड खराब हुन रोकिएको थिएन । टिभीले ठगाई प्रतियोगिता गर्न लागेको कुरामा दाजु भाउजूले बाले भाँजो हालेको भनेर एउटा समाचार प्रस्तुत गरे । यो कुरो सामाजिक सञ्जालमा भाइरल भयो । सहकारी र तरकारी बेच्ने अध्यक्ष निदामा पनि घोत्लिन थाले । उनीहरूका नून खाएका कानूनी सल्लाहाकारको पनि हंशले ठाउँ छोड्यो ।
यो कुराले टिभी चलाउने हाकिमको थाप्लोमा समस्यै समस्याको थोप्ला । पहिलो कुरो ठगाईको दबाई मास्टर डाक्टर ट्याक्टरले दिने होइन । गाउँका पोलिएको ममले शहरको उसिने आलुलाई डामिरहेछ । झुपडीमा साँधिएको बुच्चे पोकौडाले महलको चपलाई पेलिरहेछ । बाको पाकेको जुगले तल्लाघरे चिया बेचुवा पाकेटमारालाई रोडको गुलुपजस्ता आँखाले किन डसिरहेछ ? छन्द न बन्दको डेक्ची इन्जिनियरले ठगाइको दबाई बनाएर औषधि बनाउने होइन । ठगाई गर्ने व्यक्ति नेता अभिनेता, दीक्षा नभएको शिक्षक, अलकत्रा चपाउने पत्रुकार जे पनि हुन सक्छ ।
महालेखाले ठगाइ दबाउन तलब भत्ता बाँडेर संघसंस्थालाई क्लिन चिट दिने होइन । सरकारी बक्यौता उठेको छ छैन भन्ने होइन ? यो कुरो न्यूरोडमा हिँड्ने पुङमाङलाई पनि ज्ञान छ । दोश्रोको कुरो ठगाइको दबाई प्रतियोगिताले समाजमा के विकृत ल्याएछ । यदाकदा गिटी बालुवा ढुङ्गा उद्योग चलाउन भरथेग पनि गर्छ । के फैलाउन खोजियो के । फैलियो के ? भ्रष्ट कुराको पो प्रष्ट छ । खोसिएको मन्त्री । जागिर छोडेको पियनको के भर ? ठगाई गर्ने किन यसरी लोकप्रिय भए ? ऊ ठुटे रुख र घाम भन्दा निकै टाठोबाठो र हेनसम लाग्छ । छिनमा सबैलाई हिङ हालेर मरिचझै पड्किन्छ ?
ठगाईका ठग भत्किए पनि ठगाईको आशयमा चिप्लो घस्न नसक्नेहरू कमिला दौडिने टुकुचा तर्न पनि सक्दैन । जताबाट हेरे पनि ठगाईको दबाई प्रतियोगिता भत्काउने मेरो कुनै अकल्पनीय योजना छैन । यो देशमा दलाली फलाक्न्न थालेका छन् । दामानुपातिकले गरेका विकृत काम म बर्खास्त गर्न बालुवाटर बुढानीलकण्ठ बालकोट धेरै धाएर आँखा कान नाक मुख थाेत्रो बनाए ।
अन्तमा सुस्केरा हालेर कति फोन गरेर यो नगरिदिए हुन्थ्यो भने । ठगाईको दवाई खान प्रतियोगितामा सामेल हुन कोही योग्यता पुगेको छैन भन्ने उत्तर पाए । यो जवाफ सुन्नसाथ म चुनाव हारेको नेताझै भदौमा खँगारेको कलिलो गाभा झै खङ्र्याङ्खु्ङ्रुङ भइहालेँ ।
०००
चमती- १५, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































