साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोषी

के भएको हो मलाई सही सही बताउ। उसको आरोप छ तिमीले उसलाई घनले हानेको लिखित रूपमा हामीकहाँ आएको छ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“नमस्ते दाजु किन बोलाउँनु भएको हो मलाई ?”- नरबहादुर वार्ड अध्यक्ष कहाँ पुगेर सोध्यो।
“नरवहादुर भनेको तिमी नै हौ ?”- अध्यक्षले प्रतिप्रश्न गर्यो ।
“हजुर मेरै नाम हो नरबहादुर।” -उसले सटिकमा स्वीकार गर्दै भन्यो।
“तिमीले आफूलाई केसम्झेका छौ ? “- वार्ड अध्यक्ष अलि चर्को बोल्यो।
“किन के भयो सर ? “-उसले आश्चार्य हुँदै प्रश्न ठडायो।
“तिमीलाई थाहा छैन के भएको हो ? आफूलाई खुबै मै हुँ भन्ठान्छौ।”- वार्ड अध्यक्षले नरबहादुरलाई हकार्न थाल्यो।
“सर मैले हजुरको कुरा नै बुझिन बरू प्रष्ट कुरा आए हुनेथियो। कृपया कसले केभन्यो ? भनियोस् सर।”- नरबहादुरले भन्यो।
“यो मानिसलाई चिन्छौ ?”- अध्यक्षले मोबाइलमा फोटा देखायो।

“हजुर चिनेको छु । सर यो गहिरा गाउँ को नमे हो । के भयो यसलाई ? ” -नरबहादुर अलि डराए झैँ गर्यो।
“यसलाई चोट लागेको छ यसले तिम्रो खिलाफ बयान दिएको छ। के भएको हो मलाई सही सही बताउ। उसको आरोप छ तिमीले उसलाई घनले हानेको लिखित रूपमा हामीकहाँ आएको छ।

पुलिस प्रसाशनले मलाई सोधिरहेको छ। तिमीले यथार्थ कुरा बताए मैले प्रहरीलाई जवाफ दिनसक्छु।” वार्ड अधक्षले नरबहादुरलाई सम्झाउँन खोज्यो।

“सर! मैले घनले हानेकै होइन उसले झुट बोलेछ।”- नरबहादुरले भन्यो।
“केले हानेका हौ त ? बिस्तारै मलाई मात्र भनिदेउ। मैले कसैलाई भन्दिन।”- अध्यक्षले फकाउँन थाल्यो।
“घनले हानेकै होइन सर ! उसले धेरै आक्षेप लगाएपछि घनको बिँड़ले हानेको थिएँ ।”

०००
घोराही – १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x