साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हावाका फूलहरु

उस्काे भाषामा हावाकाे सुगन्ध नचिन्ने अईश्वरीय मान्छे अगाडि राखेेर माइकका पसलबाट हावाका फूलहरुकाे व्यापार गर्छ र त्यहि अमूर्त तरङ्गकाे लहरसँगै बहकिएर भन्ने गर्छु आहा !

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

ऊ हावाका फूलहरु फुलाउँछ
र माइकका पसलबाट
सुगन्ध बिक्री गर्छ
त्यही सुगन्धकाे तरङ्गमा लहरिएर
म स्वर्गीय आनन्दकाे यात्रा गर्छु
र भन्छु
आहा !

अर्कैले तयार गरेकाे गद्दाशनमा
गजधम्म बसेर
अर्कैले श्रम गरेकाे
अन्नपकवान्नबाट टमक्क पेट कसेर
बिना श्रम हावाका फूलहरु फुलाउँछ
र माइकका पसलबाट
सुगन्ध बिक्री गर्छ ।


अन्नबाेटका जराहरुबाट
जीवन केलाएर
अक्सिजनका केस्राहरुसँग मुछेर
शक्तिको पाइताला टेक्ने प्रयासरत
एउटा मान्छे
उस्काे परिभाषामा
हावाका फूलहरु नदेख्ने
मूर्ख मान्छे
उस्का प्रत्येक शब्दमा पछारिएर
अतिविश्वासकाे पानी पिएर
निरर्थक जीवन जीएर
समय उघ्राईरहेकाे
उस्काे भाषामा
हावाकाे सुगन्ध नचिन्ने
अईश्वरीय मान्छे
अगाडि राखेेर
माइकका पसलबाट
हावाका फूलहरुकाे व्यापार गर्छ
र त्यहि अमूर्त तरङ्गकाे लहरसँगै
बहकिएर भन्ने गर्छु
आहा !

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x