साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालो बोको

अब हामीबाट हाम्रो बिरासत गुम्यो हामीले धान्न सकेनौ। हाम्रा बराजुलाई फिर्ता ल्याइदियौ भने यो बोको तिमीलाइ वली चढाउला भनेर भाकल गरेकोछु भन्छन् वा ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

बाउनको छोरो नेवारकी छोरीको प्रेममा फसिहाल्यो नाइ भन्ने पनि सकिएन विवाह त गर्दिनै पर्‍यो।

माइती पक्षबाट अन्यकर कोसेलीका साथै एउटा कालो बोकाको माग भयो।

नेवारको जात जड्खडिएको गनाउने बोको नभै नहुने भन्ने त सुनेको थिएँ फेरि कालै किन चाहिएको हो कुन्नी ?
डाक्टर हर्कले भैरव पशु कृषिफर्म खोलेका छन् भन्ने सुनेको थिएँ बिहानै उठेर लागेँ डा. हर्कको कृषि फर्मतिर।

वा वा वा पशु पनि कति आज्ञाकारी बनाएका रहेछन् ती डाक्टरले। जताजता डाक्टर जान्छन् उतैउतै दौडन्छन् जे जे भन्छन् त्यही त्यही मान्छन्।

आजै पशु प्रदर्शनी हाटमेला रहेछ। डाक्टर साहेप गचक्क मञ्चमा बसेका भेँडा बाख्राहरू तल चौरमा वा वा र ऊ ऊ गर्दै उफ्रदै खेलेका। एउटा बोको चाहिएको थियो भनेर सारा बृतान्त सुनाएँ डाक्टरलाइ।

निकै छिपिएको चार कोष टाडासम्म उसको सुगन्ध फैलिन सक्ने कालो बोको पनि रहेछ। अनि त्यो कालो बोकाको मूल्य सोधेँ । मेरा कुरा सुनेर ह्याँन्न गर्दै जिब्रो टोके र भने- यो त हुँदैन यो मैले भैरवलाइ भाकल गरेको बोको हो। मेरा हजुर बाले भनेकाे हजुर बाका पनि हजुर बा २४० वर्ष पहिला हराएका रे।

अब हामीबाट हाम्रो बिरासत गुम्यो हामीले धान्न सकेनौ। हाम्रा बराजुलाई फिर्ता ल्याइदियौ भने यो बोको तिमीलाइ वली चढाउला भनेर भाकल गरेकोछु भन्छन् वा ।

कतिसम्म अन्धविश्वासी भएकाहुन्र पढेलेखे र विध्यावारिधि गरेका मान्छे पनि।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x