साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शब्दको अधिकार !

पाखण्डी र दुराचारीको अधिकार खोज्दै खोज्दै आजका अपमानित शब्द हुनेछन् सबै सबै सम्मानित र आजका माननीय, सम्माननीय शब्दजति सबै सबै अपमानित !

Nepal Telecom ad

रामदेव पाण्डे :

लोकतन्त्र हो हजुर यो
अधिकार छ
सबैलाई सबैथोकको
संविधानमै नभएको
राजा माग्न पाइन्छ
पुरुष सांसदले पनि
प्याड, सुत्केरी भत्ता र
विद्यार्थी खाजा माग्न पाइन्छ
मान्छेकोमात्र होइन हजुर
हरेक शब्दको अधिकार छ
नपत्याए हेर्नुहोस् त
बहुमत भएपछि
“झोले”ले टाउकोमा टेकिसक्यो
उता भ्रष्टाचारीले पनि
बुइ चढ्ने सपना देखिसक्यो
बहुमत पनि पुग्छ पक्कै
र एक दिन “हो म भ्रष्टाचारी” र
“हो म पनि भ्रष्टाचारी” काे
ह्यास ट्याग चल्छ
आजसम्म अपहेलित
“भ्रष्टाचारी” शब्द पनि
सम्मानित र पूज्य बन्छ
र बिस्तारै पालो आउन सक्छ
चोर, डाँका र बलात्कारीको
पाखण्डी र दुराचारीको
अधिकार खोज्दै खोज्दै
आजका अपमानित शब्द
हुनेछन् सबै सबै सम्मानित
र आजका
माननीय, सम्माननीय शब्दजति
सबै सबै अपमानित !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x