साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दार्जिलिङमा नेपाली हास्यव्यङ्ग्य (२)

Nepal Telecom ad

सुकराज दियाली :

अच्छा राई रसिकका समकालीन व्यङ्ग्यकार मसीह प्रकाश सुब्बाको ‘सप्तर्षि कथा’ सङ्ग्रहमा श्रीमती स्वीटड्रीम, सोल्टिनी, एक्लो आदि हास्यव्यङ्ग्यप्रधान कथाहरूले दार्जिलिङको हास्यव्यङ्ग्य साहित्यलाई अझ उकेरा लगाउँछन् । अच्छा राई रसिकले सन् १९४५ मा गोर्खा मासिक पत्रिकामा ‘शङ्कर स्तुति’ जस्ता हास्यव्यङ्ग्य कविता प्रकाशित गरेपछि दार्जिलिङको साहित्यमा हास्यव्यङ्ग्य रचना लेख्ने परिपाटी हुर्केर गएको देखिन्छ । कवितामात्रै नभएर अच्छा राई रसिकले सर्वप्रयम आत्मपरक हास्यव्यङ्ग्य निबन्धहरू क्रमशः भुँडी, पतलुङ, अनुहार, मपाई, कुन पहिला अण्डा कि कुखुरा ?, स्वर्गमा आदि जस्ता निबन्धमा सामाजिक विकृतिलाई व्यङ्ग्यात्मक प्रस्तुतिमा पाठकलाई पस्किएर खुबै चर्चित र प्रभावशाली हास्यव्यङ्ग्यकार बनेका थिए। अच्छा राई रसिकका व्यङ्ग्यात्मक कथाहरूमध्ये मास्टर पिस प्रसिद्ध हास्यव्यङ्ग्य कथा हो- लोभी बाहुन । उनले यसमा जातगत भेदभावलाई आधार बनाएर समाजको नकारात्मक पक्षलाई हास्यव्यङ्ग्यद्वारा प्रस्तुत गरेका छन् ।

सशक्त हास्यव्यङ्ग्यकार प्रेम थापाको कथासङ्ग्रह ‘प्रेम स्मारक’ नाममा सन् १९६२ मा प्रकाशित रहेको पाइन्छ । ‘गोर्खा’, ‘दियो’, ‘पूर्णिमा’ र ‘हाम्रो कथा’ पत्रिकामा छापिएका बाबरीको प्रेम, मेरो बिहा, ठिक निर्णय दिएँछु, बोक्सी ज्ञान जिन्दावाद आदि कथाहरू उक्त सङ्ग्रहभित्र छन् । यी कथाहरूमा समाजका युवाजमातका उच्छृङ्खलता र उत्ताउलो स्वभावले जन्माएका नकारात्मक पक्षहरू, प्रेमविवाह, फेसनको होड़, अन्धविश्वास आदिजस्ता प्रवृत्तिमाथि थापाले व्यङ्ग्य प्रहार गरेका छन् । पूर्णिमामा प्रकाशित उनको प्रखर व्यङ्ग्य निबन्ध ‘नाइटो’ ले उनीभित्र हास्यव्यङ्ग्य निबन्धकारको प्रतिभा पनि झल्किएको पाइन्छ ।

यसरी दार्जिलिङमा प्रारम्भिक चरणमा मणिनारायण प्रधान, रूपनारायण सिह, प्रेम थापा, अच्छा राई रसिक, हीराकुमार सिंह, ऋषि, त्रिलोक देवान, शिवकुमार राई, गुरुराज अधिकारीजस्ता कवि, कथाकार र निबन्धकारले हास्यव्यङ्ग्य साहित्यलाई समृद्ध तुल्याउनमा ठुलो योगदान पुऱ्याएको पाइन्छ ।

रामकृष्ण शर्माको सन् १९७४ मा प्रकाशित कविता सङ्ग्रहका कतिपय कविता अच्छा राई रसिकको हास्यव्यङ्ग्य प्रभावबाट नजिक छन् । त्यसरी नै शर्माका प्रकाशित निबन्धसङ्ग्रह र समालोचना कृतिहरू ठेवून गफ, नौ बैठक, प्यारो सपना र अन्य लेखहरूमा हास्यव्यङ्ग्यको पर्याप्त प्रभाव देखापर्छ । सन् १९२७ मा सुकेपोखरीबाट सम्पादकद्वय दानियल खालिङ र बीरेन्द्र सुब्बाको सम्पादनमा प्रकाशित हस्तलिखित निवन्यप्रधान पत्रिका ‘को’ मा पनि हास्यव्यङ्ग्यात्मक लेखरचना प्रकाशित भएको पाइन्छ ।

‘खोजी’ र ‘गोखां’ पत्रिकाहरूले श्रीगणेश गरेका हा हास्यव्यङ्ग्य कथा, कविता, निबन्ध एवम् विविध लेखहरूले । दार्जिलिङको हास्यव्यङ्ग्य परम्परालाई जीवन्त पार्दै अगाडि क बढ़ाएको पाइन्छ । यसै क्रमलाई ‘हाम्रो कथा’ पत्रिकाने अधि बढ़ाएर दार्जिलिङको हास्यव्यङ्ग्य साहित्यलाई सुद्ध पार्नमा ठूलो भूमिका निर्वाह गर्यो । आधुनिक कथा साहित्यमा हास्यव्यङ्ग्य कथाकारका रूपमा दार्जिलिङको साहित्यक्षेत्रमा देखापरेका कचाकारहरू एल. गिरी, डी. टी न नेप्चा, जयन्त बम्जन, दिनुसिह नेपाली, कृष्ण गुरुड, हर्कबहादुर तामाङ, डम्बरबहादुर क्षेत्री, कर्णबहादुर, बी बी लोहार, किशोर सोताङ, के. प्रसाद गुरूड, त्रिलोक राई, समीरण प्रियदर्शी, एम एम. गुरुड, देवतम देवसा,  जनकलाल शर्मा, आई के सिह, लालध्वज देवसा, कृष्णसिह ‘मोक्तान, वीरेन्द्र सुब्बा, जी छिरिङ, गुमानसिह गुरुङ, रत्न  मोक्तान ठकुरी आदिका कथाहरूमा अन्धविश्वास, अन्धपरम्परा, भूतप्रेतमाथिको विश्वास, चियाकमान र गाउँघरमा चलिरहेको शोषणदमन तथा अत्याचारमाथि व्यङ्ग्य गरिएको देखिन्छ । राजनीतिक अव्यवस्थाबाट र चेपिएको स्थितिबारे हास्यव्यङ्ग्यका माध्यमबाट प्रहार गरी विरोध जनाएको पाइन्छ । दार्जिलिङ क्षेत्रमा गाउँघर, बस्ती र सहरका तमाम भेगमा यत्रतत्र छरिएर समाजमाथि अत्याचार गरिरहेका असामाजिक तत्त्वलाई कथाकारले व्यङ्ग्य कसेको पाइन्छ ।

उसरी नै दार्जिलिङका हास्यव्यङ्ग्य निबन्धकारहरू फटिकधर शर्मा, नन्द हाङखिम, रामलाल अधिकारी, तिलक लोरुड राई, के आर घिमिरे, आई के सिह, जोनानाथ थापा, राजनारायण प्रधान, समीरण छेत्री प्रियदर्शी, मनबहादुर मुखिया, आर मोक्तान, खडक योञ्जन, जसयोन्जन प्यासी, रामकृष्ण शर्मा, तिलक राई आदिले दार्जिलिङको हास्यव्यङ्ग्य साहित्यमा अहम् भूमिका निर्वाह गरेका छन् ।

अच्छा राई रसिक, प्रेम थापा, शिवकुमार राई, रूपनारायण सिंह, त्रिलोक देवान आदिले तयार पारेको दार्जिलिडे नेपाली हास्यव्यङ्ग्यको उर्वर फॉटलाई अझै निरन्तर रूपमा विकासको गोरेटोमा पुर्याउने प्रतिभाहरूमध्ये प्रेम शेर्पा विरोकी, रामलाल अधिकारी, मनबहादुर, मटिल्डा राई, याज्जी सेर्पा, बीरविक्रम, राजनारायण प्रधान, नरबहादुर दाहाल, सी के श्रेष्ठ, ज्ञान सुतार, डेसला राई, कृष्ण प्रधान, वीरू बाड्देल, हीरा छेत्री, परसात राई अम्बटे, सुदर्शन अम्बटे, जे बी बल, खग गुरागाई, विराज प्रधान, मुकुन्दराज ब्राह्मण, प्रदीप कंडेल, जीतेन्द्र अनमोल, धुवकृष्ण भारद्वाज, टीका थापा, लोकनाथ उपाध्याय चापागाई, डी बी घिसिङ, मोहन दुखुन, अरुण निरौला, एल. बी मुखिया, ध्रुव चौहान, कृष्ण पी ठटाल, तेजमान बराइली, रतन कोरङ्गे लामा, सुकराज दियाली, पवन नामदुग, दिपेन प्रधान रनजीत गुरुङ आदिको नाम पनि लिन सकिन्छ ।

हास्यव्यङ्ग्यकारहरूका सङ्ग्रहका रूपमा अच्छा राई रसिकको ‘अच्छा राई रसिकका रचनाहरू’, कृष्ण प्रधानको ‘आइमाईको रिस’ (निबन्धसङ्ग्रह, सन् १९९२), ‘चारो’ (निबन्धसङ्ग्रह, सन् २०००), ‘दार्जिलिङ केमेष्ट्री’ (हास्यव्यङ्ग्य प्रतिवेदन, सन् २०१६), ‘डरको हाउगुजी’ (निबन्धसङ्ग्रह, सन् २००९), ‘एक पाकेट जोक्स’ (हास्यव्यङ्ग्य), ‘आलु खाएर पेडाको धाक’ (हास्यव्यङ्ग्य एका‌ङ्की, सन् २०१८), ‘काम गर्ने केटी’ (हास्यव्यङ्ग्य नाटक, सन् २०१८), र ‘भारतीय नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (साहित्य अकादेमी नयाँदिल्लीबाट २०१० मा प्रकाशित कृति) आदि छन् ।

दार्जिलिङको नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यमा सबैभन्दा बेसी एकल कृतिमा कृष्ण प्रधानका निबन्ध, प्रतिवेदन र नाटक गरेर आधा दर्जनभन्दा बढी प्रकाशित छन् । त्यसरी नै कालेबुङका हीरा छेत्रीको ‘छुल्याहको गन्थन’ (सन् २००६), ‘कूपदेशमाला’ जस्ता कृतिहरू प्रकाशित छन् । हीरा छेत्रीको हास्यव्यङ्ग्य लेखन धारिलो छ र पाठकप्रियता पाइन्छ । कालेबुडकै अर्का हास्यव्यङ्ग्यकार ज्ञान सुतारको हास्यव्यङ्ग्यसङ्ग्रह प्रकाशित छ। गौरी नेम्बाङको ‘नाइटो’ लघु कथासङ्ग्रह, कृष्ण गिरीको ‘व्यङ्ग्योद्धार’ (लेखसङ्ग्रह, सन् २०१३), ध्रुव चौहानको ‘झण्डामुन्तिर’ । कथासङ्ग्रह, सन् २०१८), परसात राई अम्बटेको ‘हल्लो अम्बटे’ (निबन्धसङ्ग्रह, सन् २००८), सुदर्शन अम्बटेको ‘अन्माई हेर्नुस्’ (व्यङ्ग्य सङ्कलन, सन् २०००), ‘पृथ्वी कस्तो छ’ (व्यङ्ग्य सङ्कलन, सन् २००१), मिरिक दार्जिलिङका सबीर दिलपालीको सन् २००७ मा प्रकाशित हास्यव्यङ्ग्यसङ्ग्रह ‘जमना यस्तै छ’, पिर्च तोरदेको कथासङ्ग्रह ‘टिपनटापन’ (सन् २००८), मोहन पुकारकों ‘मैले काम पाएँ’ र ‘टीका’, बीरू बादेलको ‘बाङ्गो हस्ताक्षर’ (व्यङ्ग्यप्रधान रचनाहरूको सङ्कलन), जी बी बलको ‘बढाको सिजन डाउन’ (सन् १९९५), ‘म अफिसर भएँ’ (सन् १९९६), ‘लण्डैगाफ घुईस्याई दिएँ (सन् २००५), ग्याल्पो लामाको ‘डब्लू’ निबन्धसङ्ग्रह, ज्ञान सुतारको यौवन लुटिएपछिः (उपन्यास, सन् १९६६), ‘सालीज्यूको झुम्के बुलाकी’ (कथास‌ङ्ग्रह, सन् १९७२), ‘पर्खिदिनु है माया’ (उपन्यास, सन् १९७९), ‘करुणा भाउजू’ (उपन्यास, सन् १९८६), ‘रागअनुराग’ (खण्डकाव्य, सन् १९९४), ‘विद्रोही शब्द’ (सन् २००९), आई के सिंहका दुईवटा एकाङ्कीहरू ‘धर्मम् कर्मम्’ र ‘दान योगदान’, रामचन्द्र शर्माका तीन हास्यव्यङ्ग्य रचना लभ म्यारेज’ (सन् १९९०), ‘अनौठो स्वर्ग’ (सन् १९९०) र ‘नेता र पुराण’ (सन् १९९१), गुरुराज अधिकारीको ‘त्रिवेणी’ कथासङ्ग्रह, रामलाल अधिकारीको ‘भोकाएको कुकुर के भन्छ ?’ (निबन्धसङ्ग्रह, सन् १९६२), ‘रवि सप्तमी’ (निबन्धसङ्ग्रह, सन् १९७३), ‘चियाबारी’ कथासङ्ग्रह, ‘टीका पनि व्यापार पनि’ नाटक, राजनारायण प्रधानका ‘दार्जिलिङ डायरी’ (निबन्धसङ्ग्रह,), ‘नेपाली निबन्धसङ्ग्रह’ (सन् १९७१), ‘काली केटी’, ‘नौ नामी नेता’ र ‘पन्ध्र प्रसिद्ध पुरुष’ जस्ता निबन्धसङ्ग्रह प्रकाशित छन् । यसबाहेक डा त्रिलोक राई, प्रेम थापा,  ऋषि, नरबहादुर दाहाल आदिका कृतिहरूले दार्जिलिङको नेपाली हास्यव्यङ्ग्य साहित्यलाई उर्वरशील बनाएको पाइन्छ ।

घुम दार्जिलिङबाट कृष्ण खड्‌काको सम्पादनमा सन् १९७८ देखि मासिकरूपमा प्रकाशन हुदै आएको हास्यव्यङ्ग्य पत्रिका आजसम्म निरन्तर छ र हास्यव्यङ्ग्य रचनाहरूको खोराक पाठकलाई पस्किरहेको छ । त्यसरी नै टेकध्वज जिम्बा र भीम सन्तोषको सम्पादनमा ‘उत्ताउलो’, रत्ना उपासकको सम्पादनमा ‘सञ्चै छ’ हास्यव्यङ्ग्य मासिक, कृष्ण प्रधानको सम्पादनमा सिलगढीबाट ‘कानेखुशी’ हास्यव्यङ्ग्य मासिक पत्रिका, नागरी (मगरजोड दार्जिलिङ। बाट पुष्पकुमार प्रधानको सम्पादनमा ‘टुटुल्को’ (हास्यव्यङ्ग्य मासिक पत्रिका) आदि हास्यव्यङ्ग्य प्रधान पत्रिकाले दार्जिलिङमा हास्यव्यङ्ग्य साहित्य विधालाई समृद्ध वनिनुमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

मुक्ति उपाध्यायद्वारा सम्पादित ‘साउती’ हास्यव्यङ्ग्य कविताप्रधान पत्रिका निरन्तर सन् २०१० देखि प्रकाशित छ। दार्जिलिङ भेकतिर दशवर्ष अघिबाट मात्र ‘साउती’ हास्यव्यङ्ग्य कविता पत्रिकाले बर्सेनि एकपल्ट हास्यव्यङ्ग्य कविता विधामा श्रेष्ठ हास्यव्यङ्ग्य कवितालाई पुरस्कार प्रदान गरेर हास्यव्यङ्ग्य विधाको अभिवृद्धिमा टेवा पुर्याइरहेछ । सन् १९१८ मा प्रकाशित ‘चन्द्रिका’ मासिक पत्रिकामा पहिलो व्यङ्ग्य कविता प्रकाशित भएपछि दार्जिलिङ क्षेत्रमा हाम्रो कथा, भारती, प्रभात, सुस्केरा, दियालो, पूर्णिमा, साहित्य सङ्गम, हाम्रो संसार, तेस्रो आयाम, दीयो, मालिङ्गो, हिमालोक, संकेत, अस्तित्व, धूवा जस्ता हास्यव्यङ्ग्य पत्रिका जन्मिएका छन् । दार्जिलिङ क्षेत्रको नेपाली साहित्यमा हास्यव्यङ्ग्य फस्टिंदै र मौलिएर जानुमा मासिक, साप्ताहिक दैनिक पत्रपत्रिकाको अहम् भूमिकालाई मान्य गर्नुपर्छ । साप्ताहिक सगरमाथा, दैनिक हिमालचुली, हिमाली आभा, अब, सुनचरी, आजभोलि, हिमालय दर्पणजस्ता दैनिक समाचारपत्रमा प्रकाशित हास्यव्यङ्ग्य र व्यङ्ग्यप्रधान रचनाहरूबाट दार्जिलिङको हास्यव्यङ्ग्य लेखन मौलिएर गएको पाइन्छ ।

त्यसबाहेक मञ्चित नाटकहरू, जो पुस्तकाकारमा नआए पनि दार्जिलिङको जनमानसमा भिजेका छन्, तिनमा सी के श्रेष्ठका ‘अनि भालेमुंग्रो रुन्छ’, ‘ऐनामा हेर्दा राम साईली’ ले दर्शकलाई प्रशस्तै मनोरञ्जन मात्रै नदिएर हास्यव्यङ्ग्यमार्फत जातिचेतनालाई पनि प्रस्तुत गरेका छन् । हास्यव्यङ्ग्यकै कारण यी दुबै नाटक खुबै प्रसिद्ध भएका थिए । मनबहादुर गुरुङका नाटकहरू पुस्तकाकारमा प्राप्त नभए पनि उनका हास्यव्यङ्ग्य नाटकहरू ६० को दशकमा दार्जिलिङमा मञ्चित भएको पाइन्छ ।

दार्जिलिङबाट प्रकाशित प्रत्येक कवितासङ्ग्रहभित्र एकदुईवटा व्यङ्ग्यप्रधान कविताहरू पाइन्छन् । दार्जिलिङको कविता साहित्यमा हास्य थोरै तर व्यङ्ग्यको भने बाक्लो उपस्थिति रहेको देखिन्छ । ती व्यङ्ग्यहरू दार्जिलिङका – जनमानसले भोग्नु परेका सामाजिक, राजनीतिक, जातीय अस्मिताको मोहमाथि नै रहेको पाइन्छ ।

निष्कर्ष
नेपाली साहित्यमा सबैभन्दा बाक्लो झ्याङ्गिएर गएको विधा कवितामा यसरी हास्य र व्यङ्ग्य प्राप्त गर्नु दार्जिलिङको हास्यव्यङ्ग्य साहित्यको उज्यालो पाटो हो । यी कवितामा रहेको व्यङ्ग्य चेतनाले समाजमा, जातिमा परिमार्जित परिवेश सिर्जना गर्न उत्प्रेरकको काम गरेका छन् । यसरी अन्य साहित्यिक विधाहरूसँगै हास्यव्यङ्ग्य विधा पनि दार्जिलिङको साहित्य क्षेत्रमा फस्टाएर गएको छ भनिरहँदा फरक नपर्ला ।

गद्य र पद्य दुबै विधामा आधुनिक युगदेखि उत्तराधुनिक युगसम्म प्रवेश गरेपछि हास्यव्यङ्ग्य साहित्यमा निहित हास्य र व्यङ्ग्यले व्यक्तिगत चिन्ता, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक विसङ्गति र विडम्बना रहेको समाजलाई धोई पखाल्ने काम गरेका छन् । यसैक्रममा दार्जिलिङका हास्यव्यङ्ग्य स्रष्टाहरूका सिर्जनाले हास्यव्यङ्ग्य साहित्यमा ल्याएको गुणात्मक र विषयगत संरचनागत परिपाटीले दार्जिलिङको हास्यव्यङ्ग्य साहित्यलाई विकासशील सङ्घारमा पुर्याएको कुरो स्वीकार्य छ ।

सन्दर्भस्रोत
थापा, एन.बी (सन् २०१०), दार्जिलिङमा हास्यव्यङ्ग्यको परम्परा र विकास, सिलगढी ।
श्रीमती पार्वती थापा । चरित्र प्रकाशन।
क्षेत्री, हीरा (सन् २०११), भारतेली नेपाली पत्रपत्रिकाको राताब्दी सन् १८८७-१९८६, कालेबुड अधिकारी, रामलाल (सन् १९८२), (सम्पा), रसिक रचनावली, दार्जिलिङ श्याम बदर्श प्रकाशन ।
प्यासी, जसयोञ्जन (सम्पा), हीरक जयन्ती माध्यम, गोखां जनपुस्तकालय खरसाङ ।
राई, जसीत । सन् १९८६), भारतीय नेपाली साहित्यको इतिहास, दार्जिलिङ साझा प्रकाशन ।
बराल, मुक्ति उपाध्याय, । सम्पा.), साउती (हास्यव्यङ्ग्य कविताप्रधान पत्रिका), सिलगढी साउती प्रकाशन ।
बड़का, कृष्ण (सम्पा), हास्यव्यङ्ग्य मासिक पत्रिका, घुम दार्जिलिङ वैशानु प्रकाशन ।
नेपाली, के बी (सम्पा), बिन्दु भारतीय नेपाली साहित्यिक परिचय और दूरभाषा कोश, लामडिड असम बिन्दु प्रकाश उपाध्याय, भीमकान्त । सन् २०१९) नेपाली लहरी काव्य, सिलगढी श्रीमती मलवादेवी उपाध्याय ।

०००
समकालीन साहित्य- ९० (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x