सुभाषचन्द्र देवकाेटाचम्चाको पनि चम्चा डाडु
म म नै विकास म नै निकास म अर्थको पनि महाअर्थ । म म नै दलाली म नै कमिसनखाेर म इमानीको पनि महाइमानी।

सुभाषचन्द्र देवकाेटा :
म
म नै पिता
म नै माता
म देवको पनि देव, महादेव ।
म
म नै नेता
म नै अभिनेता
म अन्तु,परन्तु ।
म
म नै आचार
म मनै विचार
म पिताको पनि महापिता, परमपिता ।
म
म नै स्वकल्प
म नै निर्विकल्प
म सुरुदेखि अन्त्य।
म
म नै ब्रम्हा
म नै विष्णु
म महेश्वरको निमहेश, जगदीश्वर।
म
म नै झोले
म नै डोके
म नै थुम्से,
म नै डाले र कोक्रे
म चम्चाको पनि महाचम्चा, डाडु।
म
म नै अड्डा
म नै अदालत
म न्यायको पनि न्याय, न्यायधीश
म
म नै गीता
म नै रामायण
म भारतको पनि भारत महाभारत ।
म
म नै मार्क्सवादी
म नै माओवादी
म नै पूँजीवादी
म जनवादीको पनि नयाँजनवादी ।
म
म नै विकास
म नै निकास
म अर्थको पनि महाअर्थ ।
म
म नै दलाली
म नै कमिसनखाेर
म इमानीको पनि महाइमानी।
म
म
सबै म
हावा म
पानी म
आकाश म
जमिन म
जीवनदाता म
म ईश्वरको पनि ईश्वर, महेश्वर।
०००
गाेरखा







































समय सापेक्षको उत्तम लेखन!