साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- १९

उक्त जेलमा भने अहिलेको मूल राजनीतिक शक्तिलाई चुनौती दिनेहरूलाई कुनै न कुनै बहानामा थुन्न सकिने गरी राज्यसँग सहकार्य गर्ने योजना रहेको उनले बताएका छन्।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

अहिले विदेश बस्ने नेपालीहरू नेपाल फर्कने लहर नै चलेको छ। यसै क्रममा अमेरिका बस्ने स्वाभिमान बानियाँ नेपाल आइपुग्नुभएको छ। उहाँले लामो समयको अमेरिकी बसाइको अनुभव प्रयोग गरेर झापाको समुद्री सतहको शून्य स्तर (zero level) मा ठूलो बस्ती बसाउने घोषणा गर्नुभएको छ। सगरमाथाको चुचुरोसम्म पुग्ने केवलकारको योजना बनाउँदै हुनुहुन्छ भन्ने समाचारहरू पनि विभिन्न मिडियामा आएका छन्।

रवि लामिछानेसँग एउटै खाटमा सयौँ दिन सुतेको तथा असल मित्र भएको दाबी गर्ने बानियाँ नेपाल त आइपुग्नुभयो, तर त्यही ठूलो योजना घोषणाका कारण रविलाई भेट्न भने भ्याउनुभएको छैन। सायद उहाँसँग त्यो समय नपुगेको हुनसक्छ। एक महिनाभित्र बस्ती बसाउने योजना रहेको भए पनि केही दिन थप लाग्न सक्ने अनुमान गरिएको छ।

झापाको दमक टावर नजिकै बसाउन लागिएको उक्त बस्तीको कुनामा एउटा अस्पताल, एउटा पार्क, एउटा खेल मैदान र एउटा जेल समेत बनाउने योजना उहाँले सुनाउनुभएको छ। उक्त जेलमा भने अहिलेको मूल राजनीतिक शक्तिलाई चुनौती दिनेहरूलाई कुनै न कुनै बहानामा थुन्न सकिने गरी राज्यसँग सहकार्य गर्ने योजना रहेको उनले बताएका छन्।

सकेसम्म बालेन, हर्क, गोपी र रविहरूलाई एउटै समूहमा मिलाएर आफू त्यसको नाइके बन्ने सपना उहाँले अमेरिकामै देख्नुभएको हो। काल पल्किएकोबारे पटक्कै चिन्ता नभएका श्री स्वाभिमान बानियाँलाई आफ्नै काखमा हुर्कँदै गरेको “सपना बस्ती” माथि राज्य नामको कालले आक्रमण गरेपछि मात्र थाहा हुनेछ— रविहरू कसरी फसाइएका थिए ?।

०००
व्यङ्ग्य लेखक दाहाल नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x