साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तमासा दिवस

कत्रो दु:ख गरी सिचेर पसिना, उम्रन्छ बेर्ना तबै। माला उन्न तयार छन् नकचरा, काटेर बेर्ना सबै।। ए दासी मन हो अतीहुन गयो, गर्छौ तमासा कति। के यो स्वगत हो दलालहरूको, लाजै नमानी रति।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

जोती खेत गरा सिचेर जलको, रोप्ने जमाना गयो।
घाँटीमा जब धान रोप्न सुरु भो, यो खेत बाँझो रह्यो।।
रोप्छौ धान यहाँ सजाइ गमला, खान्छौ तिमी के भन।
भन्छौ धान दिवस् भनेर अझ के, लाजै नमानी कन।।१

घाँटीमा यदि धान फल्दछ भने, के चाहियो खेत गरा।
टेकी मखमलमा समाइ बिरुवा, मुस्काउँछन् नकचरा।।
यिन्कै कारण अन्न अभाव हुनगै, भो देशको दुर्गति।
रोप्छन् धान गला गला नकचरा बिग्रेपछि त्याे मति।।२

काटी धान किसानका ति बिचरा माला बनायौ किन।
नेताका तनमा अनाज फल के, झोलेहरू लौ भन।
बन्छौ दास समानको अझ कती, ए दासका सन्तति।
देख्दा धान गला किसान मन त्यो होला रुएको कति।।३

कत्रो दु:ख गरी सिचेर पसिना, उम्रन्छ बेर्ना तबै।
माला उन्न तयार छन् नकचरा, काटेर बेर्ना सबै।।
ए दासी मन हो अती हुन गयो, गर्छौ तमासा कति।
के यो स्वागत हो दलालहरूको, लाजै नमानी रति।।४

आयो भारतको कुटेर चिउरा, काँ बाट आयो दही।
थाहा छैन तयार भो कसरि यो, भन्दैछ हाम्रो उहीँ ।।
झोले हो सबको बिगार गरने, जो रम्छ दासी बनी ।
यिनको पालक देवता सरहको, ऊ ठान्छ मै हाे भनी।।५

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x