बालकृष्ण खनालतमासा दिवस
कत्रो दु:ख गरी सिचेर पसिना, उम्रन्छ बेर्ना तबै। माला उन्न तयार छन् नकचरा, काटेर बेर्ना सबै।। ए दासी मन हो अतीहुन गयो, गर्छौ तमासा कति। के यो स्वगत हो दलालहरूको, लाजै नमानी रति।।

बालकृष्ण खनाल :
जोती खेत गरा सिचेर जलको, रोप्ने जमाना गयो।
घाँटीमा जब धान रोप्न सुरु भो, यो खेत बाँझो रह्यो।।
रोप्छौ धान यहाँ सजाइ गमला, खान्छौ तिमी के भन।
भन्छौ धान दिवस् भनेर अझ के, लाजै नमानी कन।।१
घाँटीमा यदि धान फल्दछ भने, के चाहियो खेत गरा।
टेकी मखमलमा समाइ बिरुवा, मुस्काउँछन् नकचरा।।
यिन्कै कारण अन्न अभाव हुनगै, भो देशको दुर्गति।
रोप्छन् धान गला गला नकचरा बिग्रेपछि त्याे मति।।२
काटी धान किसानका ति बिचरा माला बनायौ किन।
नेताका तनमा अनाज फल के, झोलेहरू लौ भन।
बन्छौ दास समानको अझ कती, ए दासका सन्तति।
देख्दा धान गला किसान मन त्यो होला रुएको कति।।३
कत्रो दु:ख गरी सिचेर पसिना, उम्रन्छ बेर्ना तबै।
माला उन्न तयार छन् नकचरा, काटेर बेर्ना सबै।।
ए दासी मन हो अती हुन गयो, गर्छौ तमासा कति।
के यो स्वागत हो दलालहरूको, लाजै नमानी रति।।४
आयो भारतको कुटेर चिउरा, काँ बाट आयो दही।
थाहा छैन तयार भो कसरि यो, भन्दैछ हाम्रो उहीँ ।।
झोले हो सबको बिगार गरने, जो रम्छ दासी बनी ।
यिनको पालक देवता सरहको, ऊ ठान्छ मै हाे भनी।।५
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































