साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकता

प्रस्तावमा चुनावी सिटको बारेमा विभाजन थियो। गिरि गुटलाई एउटा मात्र सिट, यस्तो किन ? " गिरिले प्रश्न राख्यो। "पार्टी पनि त हजुरको सानो छ।" बल्लुले खिसिक्क हाँस्दै भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“हामी सधैँ एकढिक्का छौँ।” आमुक पार्टी नेता बल्लुले मुठ्ठी कस्दै भने।
“अत्यन्तै राम्रो बिचार अहिलेको अवस्थामा देश र जनताको लागि हजुरको यो अठौटले टेवा पुग्ने छ।” गिरिले पनि बुढी औँठाको इसाराले समर्थन जनायो। सबै कार्यक्रममा पुगेका थिए । उनीहरू नेता भक्तिको बाटामा थिए।

उनीहरू पहिलो चोटी केही पार्टीको बिचमा एकता महाअधिवेशनको लागि छलफलमा जुटेका हुन्।
“देशमा विकास हुन सकेन, देश परनिर्भर छ, विदेशीले हस्तक्षेप गर्दै आएको छ । यसको लागि हामी देशभक्तहरू बिचको एकताले ठुलो र ऐतिहासिक महत्व राख्दछ।” बल्लुले देशभित्रको समस्या ओकल्दै एकतामा जोड दिए।

“एकदम सर ! हामी सबैको यही चाहना छ।” गिरिले सबैको तर्फबाट आस्वासन दिंदै भन्यो।
त्यही बेला भक्ति र एकजना विदेशी पार्टीको नेतासँगै बाहिर चिल्लो कारबाट ओर्लिए र भित्र प्रवेश गरे।
सबैले उनीहरूलाई उठेर स्वागत गरे।

विदेशी नेताको हातमा ब्रिफकेस थियो। उनीहरू आफिसभित्र पसे। बाह्र बजेदेखि छलफल सुरूहुने समय अहिले दुइ बजेको थियो।
“नेताजी अब त ढिला नगरौँ है ?” गिरिले बिल्लुलाई भन्यो।

बिल्लु उठ्यो र आफिसको गेटको बाहिर ठिङ्ग उभियो।
भित्रबाट हातको इसाराले भक्तिले बल्लुलाई बोलायो। एउटा कागज थमायो।
त्यसमा केही सर्तहरू थिए। बल्लुले पढ्यो र बाहिर कार्यक्रममा पढेर सुनायो।
केही चित्त नबुजेका उठेर हिँडे।

त्यो प्रश्तावले दुइ ग्रुपलाई तीन ग्रुपमा विभाजन गरायो।
प्रस्तावमा चुनावी सिटको बारेमा विभाजन थियो। गिरि गुटलाई एउटा मात्र सिट, यस्तो किन ? ” गिरिले प्रश्न राख्यो।
“पार्टी पनि त हजुरको सानो छ।” बल्लुले खिसिक्क हाँस्दै भन्यो।

चामले भन्यो हामी देश र जनताको लागि एकता गरेरै जानुपर्छ, सिट नै ठुलो कुरा होइन।”

तर गिरिले भन्यो हाम्रो पार्टीको पनि अस्तित्व हुनैपर्छ। गिरधारीको पार्टी दुई टुक्रामा विभाजित भयो।
“हेर त इनका चाल एकताको हल्लामा फुटको खेती।” गिरि त्यहाँबाट निस्किंदै भन्यो।

०००
घोराही- १८, दाङ
१९-०३-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x