साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुको जन्मोत्सव

बाजेले थर्काएपछि उताबाट देवकोटाले नरम तरिकाले भनेछन् “बाजे पनि हुल्याहा, छुल्याहा, मुल्याहा, धुताहा, मुताहा र सुताहाकै बाहुल्य भएसि कसलाई के अह्राउनु र ।

Nepal Telecom ad

हेम अधिकारी :

भानुबाजे हरेक वर्ष मनाइनेलाई जन्मोत्सव भन्दा रहेछन् । एकपटक मोतीरामले केही मान्छेको मण्डली लिएर बाजेकहाँ गएर “हामी पनि बाजेको जन्मदिन मनाउँछौँ” भनेर अनुमति मागेछन् । बाजे ता आगो भएर कड्किएछन् “ए केटा के भन्या हँ, वर्षैपिच्छे मान्छे जन्मिन्छ काहीँ । मेरो जन्मदिन ता उहिले आमाका गर्भबाट खुत्रुक्क धर्तीमाताका काखमा खसेको दिन पो त । वर्षाैपिच्छे मनाइने ता जन्मोत्सव पो हो । केको जन्मदिन ? कहाँ न कहाँ चौखुरी बाहाँ केक काट्न सिकेपछि सक्कली कुरा पनि नक्कली बनाउन सिकेछौ । तिमीजस्ता केटा के भाका हँ । मनाए मनाओ नमनाए कण्डैसित् ।”

बाको थेगोजत्तिकै रहेछ त्यो ता । आफ्नै हाकिमलाई ता छोराको ब्रतबन्ध गर्न पैसा माग्दा “कण्डैसित् भनि बक्सियो यदि भने मान्न्याछु तेही पनि” भन्ने बा । मोतीसँग गएको मण्डलीले “हवस् त्यसोभा जन्मोत्सव नै मनाउछौँ” भनेर आफ्नो एकेडेमीतिर फिरेछन् ।

बाजेलाई पनि झोँक चलेछ । यसपालि आफैँ पो मनाउनु पर्‍यो जन्मोत्सव भनेर गमेछन् । यसो बिचारी ल्याउँदा आफ्नै जन्मभूमिमा मनाउनु बेस लागेछ । त्यसो भएपछि अलकापुरीमै मनाउने तामसुर कसेछन् । उनको आलकापुरी कान्तीपुरी आइपुग्दा ता बिर्केटोपी लाएको टाउको चिल्चिलाउने गरी पसिना आउँदा तीनछक्क पनि परेछन् । धुलाले खाजा ता मस्तै भएछ । अब पानी पिउन भनेर एउटा हिटिमा गएछन् के को पानी हुनु मान्छेका सानीको बिसर्जनले नाका’ प्वाल झन्नै टालिएछन् । एकसिलोक कथुरी हालेछन् :
न त छन् हिटि धार कुवा पुरमा
सब छन् लुटने धुतने सुरमा
अति भो खति भो क्षति भो पगरी
छलका पुरि भ्रान्तिपुरी नगरी ।

अब कहाँ जाने भनेर गमखाँदा आफ्नै पाठशाला ठिक ठानेर खुरुखुरु लागेछन् । यसो आइपुगेर हेर्दा र बिचारी ल्याउँदा ता के को भानु हुनु सेक्सपियर माध्यमिक विद्यालय पो भैसकेछ । बाजे अमिलो मन पारेर एकछिन् नयाँ स्वरूपमा मुस्कुराईरहेकी तरुनी झैँ रानीपोखरीलाई देखेर भोको बाघजस्तै मख्खै परेर उभिएछन् ।

अलिक पर एकेडेमी छ भन्ने सुनेकाले त्यता लागेछन् । मास्तिर जमल चोकमा पुग्दा अल्मलिएर उभिएका ता आफ्नै सिलोक “पथ सात फुटे बस नौ गजको, सिट बीस भए भिड सौ तकको ” जिउँदै देखेर टुप्पी तातेछ र देवकोटालाई फोन गरेर थर्काएछन् । “हन ए लक्ष्मी, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनी अह्राएर आएँ बाजे भन्थ्यौ त खोइ ? तासकन्दमा नि तिमीले नेपाललाई राम्ररी उचालेका सुनेथेँ । तिमी ता जौडे अरे त । अम्रिकाने चैँ तिमीले भन्या तेह्रवर्षमै पुगेछन् जूनमा हाम्रा चैँ उल्टो धुनमा । यसो बेलाबखत अह्राइकराइ गर्नु पर्दैन ?”

बाजेले थर्काएपछि उताबाट देवकोटाले नरम तरिकाले भनेछन् “बाजे पनि हुल्याहा, छुल्याहा, मुल्याहा, धुताहा, मुताहा र सुताहाकै बाहुल्य भएसि कसलाई के अह्राउनु र । किन जानु भा’ हामीलाई यसो नसुनाई । छिटो फिर्नू यतै त्यहाँ केको जन्मोत्सव हुन्छ सबै केके भैसके अनि केकको बड्डे रे ।”
छलका दल देख्छु जताततै
बरु फिर्दछु लेख्छु मता उतै ।
भनेर माथि देवकोटाले एक चिलिम पनि चिलिमचौतारी नपारी पुगिहालेछन् ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x