नन्दलाल आचार्यसंविधानको हस्ताक्षर
“हामीले यस किताबमा आफैँले पसिना भरेका छौँ, तर अझै केही पृष्ठहरू रगत मागिरहेका छन् ।” यस्ता स्वरहरू मिसिन्छन् । बच्चा फेरि सोध्छ- “यो संविधान कसको हो ?”

नन्दलाल आचार्य :
“यस बिहानमा किन यत्रो चिसो छ ?” नेपथ्यबाट आकस्मिक आवाज झरनाजस्तो खस्छ सरोजको छेउमा ।
“चिसो होइन, यहाँ त रगत जमेको छ, समयको ढुसीले ढाकेजस्तो छ ।” यसो भन्न पर्दा सरोजको आवाज काँप्छ ।
भीडभाडमाथि झुन्डिएको झण्डा हलुकै हल्लिन्छ । मञ्चका ससाना बत्तीहरूले आकाश छेडे पनि छायाँहरू अझ बाक्लिन्छन् ।
“हजारौं हातले ढुङ्गामा आघात गरेपछि मात्र यो मूर्ति बनेको हो ।” नेपथ्य स्वर अझ गम्भीर हुन्छ ।
“तर आज पनि कतिपय हात काटिएका छन्, कतिपय स्वर दबिएका छन् ।” सरोजको स्वरमा असन्तोष टल्किन्छ ।
मञ्च छेउमा खडा बच्चाले सरोजलाई सोध्छ- “बाबा, किन कसैको ओठमा मुस्कान छैन त ?”
सरोज मौन हुन्छन् । उनका आँखामा सपना झल्झली आउँछ, ओठमा शब्द अड्किन्छ ।
भीडले एकैचोटि ताली बजाउँछ- संविधान दिवसको जय ! तर तालीभित्रै कतै सुन्निन्थ्यो चित्कार- अपूर्णताको विलाप !
“हामीले यस किताबमा आफैँले पसिना भरेका छौँ, तर अझै केही पृष्ठहरू रगत मागिरहेका छन् ।” यस्ता स्वरहरू मिसिन्छन् ।
बच्चा फेरि सोध्छ- “यो संविधान कसको हो ?”
सरोज मुस्कुराउँछन्, हत्केला खोलेर बिस्तारै भन्छन्; “बाबु, यो त तिम्रो भविष्य हो, जसलाई हजारौं सहिदहरूको रगतले हस्ताक्षर गरेका छन् ।”
०००
२०८२ असोज ३ गते ।
Subscribe
Login
0 Comments
Oldest






































