साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तिम अर्घ

सूर्य माथि चढ्दै गयो । बालिकाले मुस्कुराउँदै अर्घपात्र उठाइन्- “आमा, अब म अस्ताउँदोलाई पनि अर्घ दिन्छु, आखिर ऊ पनि त उदाउँदो बन्न जान्छ ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“आमा, उदाउँदोलाई मात्र दिनु त अर्थपूर्ण लाग्छ तर अस्ताउँदो सूर्यलाई किन अर्घ दिनु पर्छ ?” बालिकाको निर्दोष जिज्ञासामा घाटका व्रतालुहरू हल्का मुस्कुराए ।

घाटको जल सुनजस्तो चम्किँदै थियो- बिहानको अन्तिम अर्घको तयारीमा श्रद्धा र श्रम मिसिएका हातहरू थरिथरि काँपिरहेका थिए । अस्ताएको सूर्यको रेखा अझै मनमा टाँसिएको थियो, तर उदाउँदोको उज्यालोले ती रेखाहरू मेटाउँदै नयाँ रङ्ग भर्दै थियो ।

आमाले बालिकाको निधार छुँदै मृदु स्वरमा भनिन्, “छोरी, अस्ताउनेलाई अर्घ दिन बिर्सियौँ भने उदाउने पनि रिसाउँछ ।”

बालिका एकछिन मौन रहिन्- पानीमा आफ्नो प्रतिबिम्ब हेरिन्, जहाँ अस्ताउने र उदाउने दुबै रङ मिसिएका थिए ।

सूर्य माथि चढ्दै गयो । बालिकाले मुस्कुराउँदै अर्घपात्र उठाइन्- “आमा, अब म अस्ताउँदोलाई पनि अर्घ दिन्छु, आखिर ऊ पनि त उदाउँदो बन्न जान्छ ।”

०००
२०८२ कार्तिक ११ गते मङ्गलबार ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x