नन्दलाल आचार्यअन्तिम अर्घ
सूर्य माथि चढ्दै गयो । बालिकाले मुस्कुराउँदै अर्घपात्र उठाइन्- “आमा, अब म अस्ताउँदोलाई पनि अर्घ दिन्छु, आखिर ऊ पनि त उदाउँदो बन्न जान्छ ।”

नन्दलाल आचार्य :
“आमा, उदाउँदोलाई मात्र दिनु त अर्थपूर्ण लाग्छ तर अस्ताउँदो सूर्यलाई किन अर्घ दिनु पर्छ ?” बालिकाको निर्दोष जिज्ञासामा घाटका व्रतालुहरू हल्का मुस्कुराए ।
घाटको जल सुनजस्तो चम्किँदै थियो- बिहानको अन्तिम अर्घको तयारीमा श्रद्धा र श्रम मिसिएका हातहरू थरिथरि काँपिरहेका थिए । अस्ताएको सूर्यको रेखा अझै मनमा टाँसिएको थियो, तर उदाउँदोको उज्यालोले ती रेखाहरू मेटाउँदै नयाँ रङ्ग भर्दै थियो ।
आमाले बालिकाको निधार छुँदै मृदु स्वरमा भनिन्, “छोरी, अस्ताउनेलाई अर्घ दिन बिर्सियौँ भने उदाउने पनि रिसाउँछ ।”
बालिका एकछिन मौन रहिन्- पानीमा आफ्नो प्रतिबिम्ब हेरिन्, जहाँ अस्ताउने र उदाउने दुबै रङ मिसिएका थिए ।
सूर्य माथि चढ्दै गयो । बालिकाले मुस्कुराउँदै अर्घपात्र उठाइन्- “आमा, अब म अस्ताउँदोलाई पनि अर्घ दिन्छु, आखिर ऊ पनि त उदाउँदो बन्न जान्छ ।”
०००
२०८२ कार्तिक ११ गते मङ्गलबार ।
Subscribe
Login
0 Comments
Oldest










































