साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाइटीका

किशोरले निधार छोएर बिस्तारै भन्यो; “दिदी, तिमी मेरो हातको टीका लगाउन तयार बन, त्यस भाइले त देशकै लागि अन्तिम टीका पहिल्यै लगाएको रहेछ ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“दिदी, भाइटीका त खुसीको दिन हो, तर तिमी किन रुँदैछ्यौ ?” किशोरको स्वर सानो थियो, तर त्यसमा प्रश्नभन्दा बढी पीडा मिसिएको थियो ।

आँगनभरि मन्द धूपको गन्ध थियो- पवित्र, तर चिसो ।
दिदीले निधारमा टीका लगाइन्, काँप्ने हातले माला भिराइन्, तर मुस्कानका ठाउँमा आँसुका चिह्नहरू मात्र टल्किएका थिए ।

घरको एक कुनामा रेडियोको धुन अड्किएको जस्तो लाग्थ्यो- त्यहीँ भाइको पुरानो फोटो थियो, जसको मुस्कान अब स्मृतिमा मात्र बाँकी थियो । मालाको फुल सुकेको थियो, तर सम्झना अझै ताजा ।

किशोरले फेरि सोध्यो, “दिदी, त्यो भाइ… अब कहिले फर्कन्छ ?” दिदीको स्वर ध्वनिभन्दा बढी सास जस्तो आयो- “सीमापार गएको थियो… फर्किन्छ भन्थे मानिसहरू …”

क्षणभर संसारै थामियो । फोटोमाथि धूपको धुवाँले स्वर्गीय घेरा कोर्‍यो ।

किशोरले निधार छोएर बिस्तारै भन्यो; “दिदी, तिमी मेरो हातको टीका लगाउन तयार बन, त्यस भाइले त देशकै लागि अन्तिम टीका पहिल्यै लगाएको रहेछ ।”

०००
उदयपुर
२०८२/०७/०६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हरियो विश्वास

हरियो विश्वास

नन्दलाल आचार्य
अन्तिम अर्घ

अन्तिम अर्घ

नन्दलाल आचार्य
जरा

जरा

नन्दलाल आचार्य
जलिरहेको प्रश्न

जलिरहेको प्रश्न

नन्दलाल आचार्य
हन्डर

हन्डर

शेषराज भट्टराई
दानवकवि

दानवकवि

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x