नन्दलाल आचार्यहरियो विश्वास
बिहानको पहिलो किरण झ्याल हुँदै तुलसीको मठमा पस्यो । बृन्दाले लजाउँदै जल चढाइन्, ओठमा बिनाशब्द प्रार्थना गुञ्जियो- “आजदेखि म फुल होइन, सुगन्ध बन्नेछु ।”

नन्दलाल आचार्य :
“के भो बृन्दा, तिमी त बिहानैदेखि उदास देखिन्छ्यौ ?” आँगनको तुलसी मठ छेउबाट अनायासै आवाज आयो ।
बृन्दाले नजर उठाइन्- उचित स्याहार नपाएर ओइलिएको तुलसीका पातहरू उनलाई आफ्नै मनको प्रतिरूप लागे । घरमा विवाहको तयारी, ढोलको ट्याँ ट्याँ, दीपबत्तीको उज्यालो, तर उनको मन शून्य थियो ।
“देवीमैया मसँग बोल्न छोड्नुभयो,” उनले तुलसीलाई हेरिन् । तुलसीको पात हल्लियो र स्वर आयो- “म बोल्दिनँ भन्ने होइन, तिमीहरूले सुन्न छोड्यौ । विश्वास सुकेपछि हरियाली कहाँ टिक्छ र, बृन्दा ?”
क्षणभर उनले मौनतामा आफैंलाई खोजिन् । हिजोको आफ्नो बिझाउने अहङ्कार र आजको भिजेको मनबीच द्वन्द्व चल्यो । बाहिर देखावटी हर्षोल्लास, भित्र आत्मग्लानि अझै कायम थियो ।
बिहानको पहिलो किरण झ्याल हुँदै तुलसीको मठमा पस्यो । बृन्दाले लजाउँदै जल चढाइन्, ओठमा बिनाशब्द प्रार्थना गुञ्जियो- “आजदेखि म फुल होइन, सुगन्ध बन्नेछु ।”
हावाले पातहरू हल्लायो, तुलसी मुस्कुरायो ।
आँगनको निस्तब्धता हरायो, बृन्दाको आँखामा शान्त उज्यालो फैलियो ।
बृन्दाको मुखबाट फुत्कियो, “अचम्म ! म जल चढाउन आएकी थिएँ, विश्वास त मभित्रै फुल्यो ।”
०००
२०८२ कार्तिक १५ गते ।
Subscribe
Login
0 Comments
Oldest






































