साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे मान्छेसँग डराउन नपरोस्

Nepal Telecom ad

काम छैन, जिम्मेवारी छैन
फुर्सद नै फुर्सद छ
तर अरुबेला फुर्सद खोजिहिँड्ने यही मनलाई
किन यो फुर्सद मन पर्न छाडेको छ ?
मन पखेटा भिंजाएर
नीलगगनमा उड्न लालायित भएको छ ।

पुग्नैपर्ने गन्तव्य कुनै छैन
भेट्नैपर्ने आत्मीय पनि कोही छैन
तैपनि यो घेराबन्दी तोडेर
मन स्वतन्त्रताको गीत गाउँदै
खोलैखोला, बनपाखा र उद्यान घन्काउन
बेसकन छटपटिएको छ ।

सुत्यो, उठ्यो, खायो, सुत्यो
आरामैआरामले पूरै शरीर थाकेको छ
कहाँ छ उज्यालो भनेर
अँध्यारोमा पनि आँखा चंखो छ
के के आइलाग्छ जिन्दगीमा
बहादुर यो जिन्दगीलाई सुरक्षाको हर्पेभित्र
लुकाउनु परेको छ ।
आरामदायी बिछ्यौनाले घोंच्न थालेको छ
पेटभरि डर भरिएर बान्ता हुनमात्र बाँकी छ
कहिले सकिन्छ यो डर ?
कहिले सकिन्छ यो आतंक ?

आशामाथि निराशा हावी हुन थालेको छ
बलियो मनलाई पनि कमजोर बनाउन थालेको छ
ए अनिष्ट ! ए दुष्ट तँ परपर जा
मानवबस्तीमा तँलाई देख्न नपरोस्
मान्छे मान्छेसँग डराउन नपरोस्
तेरै आतंक र आक्रमणमा परेर
अब कसैको आँखा आँसुले भिज्न नपरोस् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुनकेशरी

गुनकेशरी

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
काल्या बाउको कसम ! म पनि सांसद बन्छु

काल्या बाउको कसम !...

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
चम्पाकली हिँडी जुलुसमा

चम्पाकली हिँडी जुलुसमा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
मोर्डन ड्रेस

मोर्डन ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
रङ फेर्ने छेपारो

रङ फेर्ने छेपारो

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x