साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिशुको टिकटक

Nepal Telecom ad
साँझको खाना खाइसक्नासाथ उपमालाई निद्रा लाग्यो । “आज कति चाँडै निद्राले छोपेको ?” निद्रासँग रिसाउँदै उपमाले भनिन् ।
“आज टिकटक अलि बढि बनायौ कि ?”
“छैन आज त मलाई तिमीले जित्यौ होला । स्टोरीमाचाहिँ अलि धेरै राखेँ । “
“के के राख्यौ ?”
“नुहाएको, कपाल पुछेको, भान्सामा खाना बनाएको , खाएको, पपीसँग एकछिन खेलेको मात्रै हो ।”
“टिकटकचाहिँ ?”
” पाँचसातओटा मात्रै हो ।”
“मलाई निद्राले छोपेको अनुहारमै एउटा टिकटिक बनाइदेऊ न ।” उनले सोमलाई भनिन् ।
“कुन गीत छान्छ्यौ त उपमा ?”
“छान न राम्रो । मलाई आँखा हेर्नै भएको छैन ।” उपमा झुल्न थालिन् ।
“एउटा सो जा राजकुमारी सोजा भन्ने पुरानो गीत छ के गरूँ । तिमीलाई पुरानो गीत मन पर्दैन ।”
“सुत्ने बेला हो गीतले भनेको राजकुमारी त मै हुन्छु नि बनाऊ ।” उपमाले भनिन् । सोमले त्यही गीतमा टिकटक बनाइदिए ।
“अपलोड गर्यौ र ?” उपमाले अर्धनिद्राबाटै सोधिन् । सोम उपमालाई हेर्दै मुस्कुराए ।
राती उपमा एक्कासी चिच्याइन् “सोम !”
“के भयो उपमा ?”
“यो भुँडीभित्रको तिम्रो शिशु त हामीभन्दा पनि ज्यादा टिकटके हुन्छ कि क्या हो ?”
“हँ सपनामा केही भन्यो ?”
” अँ त, तपाईँहरूको मात्र टिकटक बनाउने तपाईँको भुँडीभित्र बसेको मेरो पनि टिकटक बनाउनुस् पो भन्छ ।”
धादिङ
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x