शिशुको टिकटक

साँझको खाना खाइसक्नासाथ उपमालाई निद्रा लाग्यो । “आज कति चाँडै निद्राले छोपेको ?” निद्रासँग रिसाउँदै उपमाले भनिन् ।
“आज टिकटक अलि बढि बनायौ कि ?”
“छैन आज त मलाई तिमीले जित्यौ होला । स्टोरीमाचाहिँ अलि धेरै राखेँ । “
“के के राख्यौ ?”
“नुहाएको, कपाल पुछेको, भान्सामा खाना बनाएको , खाएको, पपीसँग एकछिन खेलेको मात्रै हो ।”
“टिकटकचाहिँ ?”
” पाँचसातओटा मात्रै हो ।”
“मलाई निद्राले छोपेको अनुहारमै एउटा टिकटिक बनाइदेऊ न ।” उनले सोमलाई भनिन् ।
“कुन गीत छान्छ्यौ त उपमा ?”
“छान न राम्रो । मलाई आँखा हेर्नै भएको छैन ।” उपमा झुल्न थालिन् ।
“एउटा सो जा राजकुमारी सोजा भन्ने पुरानो गीत छ के गरूँ । तिमीलाई पुरानो गीत मन पर्दैन ।”
“सुत्ने बेला हो गीतले भनेको राजकुमारी त मै हुन्छु नि बनाऊ ।” उपमाले भनिन् । सोमले त्यही गीतमा टिकटक बनाइदिए ।
“अपलोड गर्यौ र ?” उपमाले अर्धनिद्राबाटै सोधिन् । सोम उपमालाई हेर्दै मुस्कुराए ।
राती उपमा एक्कासी चिच्याइन् “सोम !”
“के भयो उपमा ?”
“यो भुँडीभित्रको तिम्रो शिशु त हामीभन्दा पनि ज्यादा टिकटके हुन्छ कि क्या हो ?”
“हँ सपनामा केही भन्यो ?”
” अँ त, तपाईँहरूको मात्र टिकटक बनाउने तपाईँको भुँडीभित्र बसेको मेरो पनि टिकटक बनाउनुस् पो भन्छ ।”
धादिङ
नरे बौलायो

नरे बौलायो

हरि खनाल
सपना

सपना

हरि खनाल
दुई ठोकान

दुई ठोकान

हरि खनाल
आगो भएन के भो ?

आगो भएन के भो...

बूँद राना
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
तीन ठोकान

तीन ठोकान

रुद्र ज्ञवाली
खलहरू जति थिए

खलहरू जति थिए

रमेश समर्थन
पाँच हाइकु

पाँच हाइकु

सीताराम नेपाल