चट्याङ मास्टरअमर रहोस्
मरेकालाई प्रतिष्ठान, चौतारी, गाउँ नै पनि ! ज्यूँदाले पो दिए दुःख, थालभर खाऊँ ले भनी ! त्यसैले बाँच्ने मुर्दावाद, मरेको चैं अमर रहोस् । महान् देशका महान् हामी, हाम्रो यस्तो गजब नहोस् ? ।

चट्याङ मास्टर :
मर्न मात्रै सक्नुपर्छ, सबले महान् भन्दछन् ।
बाँचुन्जेल त नेपाली हुन्, कसले कसलाई गन्दछन् ?
बाँचेर मर्दछन् मान्छे, यहाँ मरेर बाँच्दछन्,
मरेपछि ‘अमर रहोस्’ हुलै बाँधेर भन्दछन् !
ज्यूँदाहरूको कुरा छोडौं, मर्ने दिऊँ पहिले !
मरेकालाई ‘अमर’ पार्न जुटौँ आऊ अहिले !
गाउँको नाउ फेरौं कि चौतारी एक चिनिदिऊँ ?
प्रतिष्ठान खोली या त, अमर भयो भनिदिऊँ ?
मरेकालाई प्रतिष्ठान, चौतारी, गाउँ नै पनि !
ज्यूँदाले पो दिए दुःख, थालभर खाऊँ ले भनी !
त्यसैले बाँच्ने मुर्दावाद, मरेको चैं अमर रहोस् ।
महान् देशका महान् हामी, हाम्रो यस्तो गजब नहोस् ? ।
०००
बत्तिसपुतली, काठमाडाैं



































ज्युँदै मरुन बरु मान्छे यहाँ बाँचे के खान्छन
मरेपछि लम्पसार ज्युँदैले यसो गर्छन र पो ।