साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता ज्यू ! हजुर चोर होइन

ती चोरहरूले ल्याएको बर्को गम्लङ्ग ओढेर तीनै चोरहरूलाई छोपीबक्सन्छ चोरहरूकै मनमा प्रोत्साहनको बीऊ रोपीबक्सन्छ धरोधर्म हजुर ! हजुर चोर होइन बरु हजुर त चोरहरूको सरदार हो ।

Nepal Telecom ad

नेता भन्नुहुन्छ
“के म चोर हो ?”
मैले भने होइन हजुर !
बिल्कुलै हुँदै होइन
धरोधर्म सत्ते
हजुर चोर होइन, हुँदै होइन
बरु हजुर त चोरहरूको सरदार हो ।

हो नि हजुर !
हजुर त चोरहरूको सरदार हो
हजुरकोमा चोरहरू
चोरबाटो भएर लुसुक्क भित्र पस्छन्
चोरेर ल्याएको घिऊको चिल्लो घस्छन्
किचन टेबलमा बस्छन्
चोरेकै चामल डस्छन्
ती चोरहरूले ल्याएको बर्को गम्लङ्ग ओढेर
तीनै चोरहरूलाई छोपीबक्सन्छ
चोरहरूकै मनमा प्रोत्साहनको बीऊ रोपीबक्सन्छ
धरोधर्म हजुर !
हजुर चोर होइन
बरु हजुर त चोरहरूको सरदार हो ।

हेर्नुहोस् त हजुर !
हजुरकै पछिलाग्ने
ठेकेदारहरू कसरी चोरेको अलकत्र डकारेका
ट्याङ्करको तेलमाथिको तर मारेका
पुलको आधी फलाम
ब्यापारीको गोदाम मै झारेका
बिरालोले बच्चा सारेझैं
महिनै पिच्छे अफिस सारेका
हजुर हरेक पल्ट उनीहरूकै टेण्डर जिताइसिन्छ
उनीहरूकै पैसामा
रङ्गीन रात बिताइसिन्छ
हजुरलाई जाहाज चढेको पैसा
उनीहरूले तिरीदिन्छन्
गोदामबाट मार्सीको बोरा फिरी दिन्छन्
त्यसको बदलामा
उनीहरूले योजना चोर्छन्
नक्कली इष्टिमेटको डाटा कोर्छन्
हजुर तिनीहरूकै दाना पानी खाइसिन्छ
तिनीहरूलाई नै दायाँबायाँ लगाइसिन्छ
हजुर आफैं त चोर होइन हजुर !
बरु हजुर त चोरहरूको सरदार हो ।

चोरहरूको माल भन्सारमा अड्कियो भने
चोरहरूकै तालमा ताली पड्कियो भने
हजुर नै अघि सर्नुहुन्छ
हरेक पल्ट चोरहरूलाई नै संरक्षण गर्नुहुन्छ
चोरहरूकै काँध चढेर
नदी तर्नुहुन्छ
चोरहरूको उपहारका लागि मर्नुहुन्छ
चोरहरूले नै विदेश डुलाइदिन्छन्
चोरहरूले नै रङ्गीन साँझमा भुलाइदिन्छन्
हजुरकै साथमा बस्छन्
राजस्व चोरहरू
हजुरकै महलमा पस्छन्
चाकरी र चाप्लुसीका स्वरहरू

नेता ज्यु !
हजुरकै किचन टेबलको वरिपरि बस्छन्
चोर ठेकदारहरू
चोर ब्यापारी र चोर पत्रकारहरू
चोर प्रशासक चोर वकिल
चोर चोर चोर चोर
सबैतिरका चोरहरू
त्यसैले त तिनीहरू हजुरबाटै संरक्षित छन्
त्यसैले त तिनीहरू ठूलो स्वर गर्छन्
हजुर चोरहरूकै सरदार हो ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x