साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज

सब खेल यही भोलिको हो भोलिलाई कसैले ईश्वर भन्छन् कसैले ज्ञान भन्छन् कसैले धन भन्छन् कसैले समय भन्छन् ।

Nepal Telecom ad

भोलिलाई हेरि बस्ने
मान्छे सर्बप्रथम छोड्छ आफैसँग कुरा गर्न
आफै देखि डराउँन थाल्छ
ऊ कायर बन्छ
सधैं भिडहरू माझ नै रहन्छ
ऊ भोलिको खुब चाकरी गर्छ
भोलि पनि उसको चाकरीदेखि आजित हुन्छ ।

ऊ लोभी बन्छ,
एक नम्बरको ढोंगी हुन्छ
तर भोलिलाई देखेको मान्छे
भिडहरुमा पनि स्वतन्त्र हुन्छ
घमण्ड रहित हुन्छ ।

ऊ जान्दछ बर्तमानलाई माया गर्न
ऊ बर्तमानलाई आफू हुँ भन्छ
आफूलाई बर्तमान भन्छ ।

ऊ जान्दछ आफैसँग कुरा गरि बस्न
गुनासो रहित
आस रहित
लोभ रहित
छोटो गरि भन्नुपर्दा
प्रेमपूर्ण हुन्छ मान्छे ।

सब खेल यही भोलिको हो
भोलिलाई
कसैले ईश्वर भन्छन्
कसैले ज्ञान भन्छन्
कसैले धन भन्छन्
कसैले समय भन्छन् ।

तर अपसोच भोलि एक शून्य हो
फरक यति मात्र
तिमीले भोलिलाई
देखिरहेका छौ कि,
हेरि मात्र रहेका छौ ।

लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x