साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपमान-पत्र

“यो त छ साक्षात्, मेरो आकांक्षाहरूको चिहान ! यस्ताको कस्तो सम्मान ? यसले आफ्नो त महल ठड्याएको छ, तर मसँग लिएको उधारो भने डकार नलिइ मजाले पचाएको छ ! हरे ! मेरो दोकान डुबाएको छ !!”

Nepal Telecom ad

उहाँलाई जब भव्य मञ्चमा
सयपत्रीको माला
त्यसमाथि खादा, दोसल्ला थपिंदै,
समर्पण गरिँदै थियो ‘सम्मान-पत्र’

तल दर्शक दीर्घामा,
उनको सम्मान भएको देखेर,
बेस्सरी मन थामेर
बसेको एकजनाले भन्यो-

“यसले त मलाई
स्वार्थ रहँदासम्म फकायो,
अब ठुटा झोसिएको चुरोट झैं
मिल्काएको छ ।”

दोश्रोले भन्यो-
“यो त छ साक्षात्,
मेरो आकांक्षाहरूको चिहान !
यस्ताको कस्तो सम्मान ?
यसले आफ्नो त महल ठड्याएको छ,
तर मसँग लिएको उधारो भने
डकार नलिइ मजाले पचाएको छ !
हरे ! मेरो दोकान डुबाएको छ !!”

तेश्रो, उनकै छिमेकीले भन्यो-
“यस पापीले त मेरो जग्गा हडपेको छ
भएभरका सपना कुल्चेको छ ।”

चौथोले भन्यो-
“यस कृतध्नले आफू मोजले घरमा बसी
आफ्नी आमालाई वृद्धाश्रम पुर्याएको छ ।”

पाँचौंले भन्यो-
“यस नराधमले मलाई झुठो मुद्दामा फसाएर
ऋण लगाइ, टाट पल्टाएको छ ।”“

छैटौँले भन्यो-
“यस दुष्टले आफ्नी स्वास्नीलाई
माइती फर्काएको छ,
कान्छी भित्र्याएको छ ।”

हरे ! यहाँ जस्तो पनि गर्दा धन्धा,
जनताको कालोसूचीमा परेको छँदा,
पुजिन्छन् किन ? दिँदा चुनिन्दा चन्दा ।

उता मञ्चमा पढिँदै थियो-
उनका लागि सम्मान पत्र ।

यता उसको दुःखले दुःखी जनता
पढ्दै थिए-
थुक्क !, के को सम्मान पत्र ?

ठाडै एक पछि एक
खुर्सानीको धुलो छर्केको
‘अपमान-पत्र !’

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x