साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवसरवादी दर्शन

अवसरवादी दर्शनको कुनै लिपिबद्ध सूत्र छैन, तापनि यो दुनियाँमा यति जटिल दर्शन बनेको छ कि कसैले यसको व्याख्या गर्न सक्दैन । सक्ने भए त राहुल सांकृत्यायनले आफ्नोे ‘दर्शन-दिग्दर्शन’ भन्ने पुस्तकमा उल्लेख गर्दा हुन् नि !

Nepal Telecom ad

मानिसमा जब नैतिक बलको ह्रास हुँदै जान्छ, तब उसले आफ्नोे जीवनलाई अवसरवादी दर्शनको गोरेटोमा डोर्‍याउन थाल्छ । किनभने जुनसुकै दार्शनिक सिद्धान्तको पनि आधार स्तम्भ नैतिक बल हो र यसबाट बिचलित भएकाहरूको लागि समाउने हाँगो अवसरवादिता शिवाय अरू केही बाँकी रहँदैन । कृष्णको कर्मवाद, माक्र्सको साम्यवाद र गान्धीको सर्वोदयवाद जुनसुकै धार्मिक या राजनैतिकवाद पनि त्यहीँसम्म टिकेका देखिन्छन्, जहाँसम्म तिनका अनुयाईहरूमा नैतिक बल रहेको थियो । त्यसपछि सबैको समष्टि अवसरवादले विश्वका कुनाकाप्चा ढाक्दै आएका कुरा डार्बिनको विकासवाद सँगसँगै हामीले देख्तै आएका छौँ । आज एकतिर मानवतावादको चार्टरमा सही गर्न संयुक्त राष्ट्र सङ्घका जेठाजेठा सदस्यहरू हतियारको होडमा तँछाड-मछाड गर्दैछन् भने अर्कोतिर वाङडुङ सम्मेलनमा पञ्चशीलको सूत्र निर्माण गर्न मोटामोटा सरकारहरू सीमा क्षेत्रको तानातान गर्दै छन् । मानव अधिकारको नारा र पञ्चशीलका कुराहरूको क्रियान्विती यी आधारमा छन् । आज अवसरवादी दर्शनमा आधारित हुँदै आएकोले मानव समाजकै नैतिकबल क्रमशः सेलाउँदै गएको अनुभव हुनु स्वाभाविक छ । यसरी मानव अन्तर्राष्ट्रिय सहयोगको युग भनिए पनि कामले अन्तर्राष्ट्रिय अवसरवादिताको युग हुन गएको वर्तमान समयमा नेपाली समाजमा पनि अवसरवादी दर्शनको व्यापक प्रभाव जम्नु कत्ति अचम्म लाग्दो कुरा होइन ।

हाम्रो देशमा खास गरेर ०७ सालको राजनीतिक क्रान्तिदेखि विशेष गरी अवसरवादको ध्वजा-पताका देशका बुद्धिजीवीहरूले फहराउँदै आएका छन् । कुना-काप्चामा बस्ने गरीब अनपढ व्यक्तिहरूमा यो वादले छुन सकेको छैन तापनि धनीमानी देखेसुनेका जमिन्दार हुन् वा कवि र उच्चउच्च जागिरदारहरूमा अवसरवादले छापा मार्दै आएको छ । त्रिभुवनलाई पदच्युत गरी राणाको अकण्टक राज्यमा बूढी औँलाको चक्र खियुुञ्जेल थिचेर सही गर्ने व्यक्तिहरू पर्सिपल्टदेखि प्रजातन्त्रको प्रहरी भनिन पुगेका र प्रजातन्त्रको उदयपछि अर्काको घरभित्र पसी टाउको पिरोल्न लगाउनेहरू केही समयपछि उनैसँग कुम जोरेर समाजवादका उपासक बनेका थिए । उदारहणहरू हामीले बिर्से पनि इतिहासका पानाले कहिल्यै बिर्सन्नन् । एउटा खुट्टो एकातिर अर्को खुट्टो अर्कोतिर गरेको नेपालवादलाई पनि हुर्कन सजिलो छैन । किनभने वर्तमान समाजको रगरगमा अवसरवादले लाहाछाप मार्दै ल्याएको छ ।

अवसरवादी दर्शनको कुनै लिपिबद्ध सूत्र छैन, तापनि यो दुनियाँमा यति जटिल दर्शन बनेको छ कि कसैले यसको व्याख्या गर्न सक्दैन । (सक्ने भए त राहुल सांकृत्यायनले आफ्नोे ‘दर्शन-दिग्दर्शन’ भन्ने पुस्तकमा उल्लेख गर्दा हुन् नि !) अवसरवादी दर्शनका उपासकहरू मुख्यत दुई भागमा विभाजित हुन्छन् । तिनमध्ये एकथरी जता घाम लाग्यो उतै आङ तताउने हुन्छन् । अर्कोथरी एक हात अगाडि र अर्को पछाडि राखेर साँचिलो हुँदै दुवैतिरबाट जिउ सधाइ रहेका हुन्छन् । पहिलाथरीबाट कसैलाई केही गराउनु पर्ने मात्रै हो तर पछिल्ला थरीबाट भने जताततै खतरै-खतरा मात्र आइलाग्छन् । ठूलो स्वरले अघिल्तिर र सानो स्वरको पछिल्तिर दुवै पट्टि चीत बन्न खोज्ने परम्परा राजनैतिक व्यक्तिहरूमा मात्रै होइन प्रशासना-धिकारीहरूमा समेत देखिन आयो भने जतिसुकै तीक्ष्ण र साहसी दिमाग पनिबिचैमा अलमलिनु स्वाभाविक हुन जान्छ ।

‘तर…!’ राखेर दुवै पक्षबाट काम, माम र नामको दुनो सोझ्याउन चाहनेहरूको आवादी बढ्दै आएकोले नै ००७ देखि ०२७ सालसम्मको नेपालले कुनै दिन शान्ति र सन्तोषको सास फेर्न नपाएको हो । नेपालको राजनैतिक अस्थिरतामा कुनै एक खास शक्ति या कुनै खास जमातको हात नभएर व्यापक रूपमा बढ्दै गएको अवसरवादको नतिजा स्वरूप यो हुन गएको हो । अवसरवादिताको मूलभूत प्रेरणा दिनेहरूमा भने तथाकथित प्रजातन्त्रवादी र तथाकथित समाजवादीहरूको ठूलो हात भएको मान्नैपर्छ । यसरी दिनप्रतिदिन जरा हाल्दै आएको अवसरवादले नेपालमा बुद्धको भ्रातृत्ववाद, पृथ्वीनारायणको ऐक्यवाद र भीमसेन थापाको राष्ट्रवाद दुब्लो पातलो गराउँदै ल्याएको कुरा गहिरिएर हेरेमा हामी सबैले देख्न सक्छौँ ।

यो पृष्ठभूमिमा ‘सत्य पथमा लागेसम्म पथभ्रष्ट गर्ने जुनसुकै उपाय पनि आफसेआफ बिलाउँछन् ।’ भन्ने सूत्र प्रयोग हुन लागेको छ । किनभने सिद्धान्ततः विरोधीदेखि डराउनु पर्दैन, तर एक्कासी चिप्लो घस्न पुग्नेहरूको हालतमा सतर्क रहनु कुटनीतिज्ञहरूको बुद्धिमानी हो ।

अतः हाम्रो अगाडि देशोत्थान, निर्माण, विकास इत्यादि जुनसुकै लक्ष्य प्राप्तिका लागि पनि नेपाली समाजमा खिया बसेझैँ बसिरहेको यही अवसरवाद बाधक भएको छ ।

‘हालखबर’, फागुन १२ गते, बिहीबार, २०१७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
रक्सी पिएर फकँदा

रक्सी पिएर फकँदा

गोपालकुमार मैनाली
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
0
Would love your thoughts, please comment.x
()
x