साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म अमेरिका आउदिन भैरे !

यहाँको बाटो पनि अब चिल्लो बन्छ रे, यहाँको नातिले पनि जन्मदै अँग्रेजी भन्छ रे, सपनाको जहाज चढेर निन्द्रामै बर्बराउँने छैन सुनिस् ! अरबौं नोटको बजार लाउँदै छ रे अमेरिका नै यहिं आउँदै छ रे !

Nepal Telecom ad

वहाँकी बुहारीले नाति पाओस् कि
यहाँको छोराले रडाको मच्चाओस्
म अब अमेरिका आउँदिन
समुन्द्रपारिको सपना सजाउँदिन
सुनिस् !
अमेरिका नै यहिं आउँदै छ रे
काँधभरी नोट बोकेर ल्याउँदै छ रे
म अब अमेरिका आउँदिन भैरे !

अस्ति पनि एम्बेसीमा धेरै बेर रोएँ
नजन्मिएको तेरो नानीको थाङ्ना
कल्पनामा धोएँ
म अब यसरी रुने छैन
भिसाको लागि बेचैन हुने छैन
यहाँको बाटो पनि अब चिल्लो बन्छ रे
यहाँको नातिले पनि
जन्मदै अङ्ग्रेजी भन्छ रे
सपनाको जहाज चढेर
निन्द्रामै बर्बराउँने छैन
सुनिस् !
अरबौं नोटको बजार लाउँदै छ रे
अमेरिका नै यहिं आउँदै छ रे !

तल्ला घरे र माथ्ला घरेको अगाडि कम्जोर बन्दा
चेन्नइ र गोन्जाओको कथा भन्दा
मेलबर्न सिङ्गापुर र टोकियोको गीत गाउँदा
लण्डनको नाना तमास सुनाउँदा
मैले पनि तँलाई धेरै बेर सम्झें
तैंले पनि कैले नानी पाउँछस्
हामी बूढाबूढी दुबैलाई बोलाउँछस्
हामी पनि अमेरिका जान पाउँला
छाती खोलेर चोकमा कथा सुनाउँला
भन्ने थियो नि इरादा भैरे !
तर आज सुनें
सरकारले त अमेरिका यहिं बोलाउँदै छ रे
बोराभरि पैसा बोकेर
अमेरिका नै यहिं आउँदै छ रे ।

उमेरमा त मैले पनि
गतिलै सपना सजाएको थिएँ
ड्रम अर्केष्ट्रा र किबोर्डमा
राष्ट्रबादी गीत गाएको थिएँ
अरुकै क्यारीकेचरमा कलाकार बनेको थिएँ
नौटङ्गी र थिएटरमा जोकर भै जमेको थिएँ
जब तेरो पालो आयो
अङ्ग्रेजीले कठालो समायो
आवश्यकताले डेरा जमायो
भोगले अभाब कमायो
विदेशी स्वप्नाको तीर्खाले घाँटी खायो
तेरो अम्रिकाने भिसा आयो
मलाई स्वदेशी र तँलाई विदेशी बनायो
हो भैरे हो
यहाँ यस्तो दिन आयो ।

तर भैरे
तैंले मलाई अम्रिका बोलाउँनुभन्दा पैले
मस्ती चान्स र चैन (एम्.सी.सी) आउँदै छ रे
यहिंलाई नै स्वर्ग बनाउँदै छ रे
म अब अमेरिका आउँदिन भैरे !

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x