साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को हुँ म ?

आफ्नालाई विदेश पढ्न पठाइ यहाँ दुनियाँलाई आन्दोलनमा उठाइ स्वार्थको चटनी चाटेको गुटको प्रतिध्वनि बोकेर, नेता पथको गीत गाउँने भौतिकवादी जुत्ता टेकेर, अध्यात्म मन्दिर धाउने को हुँ म ?

Nepal Telecom ad

बिचारमा प्रगतिवादी
ब्यवहारमा सामन्तवादी
चरित्रमा पूँजीवादी
नीतिमा नेतावादी
को हुँ म ?

घामले तातेको
दक्खिनी हावाले मातेको
आफ्नालाई विदेश पढ्न पठाइ
यहाँ दुनियाँलाई आन्दोलनमा उठाइ
स्वार्थको चटनी चाटेको
गुटको प्रतिध्वनि बोकेर, नेता पथको गीत गाउँने
भौतिकवादी जुत्ता टेकेर, अध्यात्म मन्दिर धाउने
को हुँ म ?

नारामा राष्ट्रवादी
स्वार्थमा परराष्ट्रवादी
स्वदेशी लगानीको विरोध गर्छु घोर
मेरा मित्र, दलाल कमिशनखोर
को हुँ म ?

सत्तामा घुमेको
मालामा झुमेको
सस्तो जिब्रे बोली
महङ्गो जीवन शैली
विदेशीको लोली
ठेकेदारको लुटमा रमेको
युरोपियन सुटमा जमेको
को हुँ म ?

पश्चिमाको मात लागेको
पूर्वीयाको भात लागेको
इतिहासको घात लागेको
बर्तमानको बात लागेको
को हुँ म ?

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x