सुलसुलेसाहित्य संगमको अध्यक्षमा पुनः चापागाईं

चितवन फागुन १५ । चितवनको सबैभन्दा पुरानो साहित्यिक संगठन तथा प्रगतिशील स्रस्टाहरूको छाता संगठनको रुपमा रहेको साहित्य सङ्गम चितवनको एघारौं अधिवेशनले साहित्यकार प्रकाश चापागाईंलाई पुनः अध्यक्षमा चयन गरेको छ ।
डाक्टर कणर् बानियाको प्रमुख आतिथ्यता तथा सङ्गमका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको उक्त अधिवेशनबाट अध्यक्ष प्रकाश चापागाईं सहित, राजेन्द्र घायल उपाध्यक्ष, उषा तिवारी सचिव, कल्पना आचार्य सह सचिव, गंगा भट्टराई कोषाध्यक्ष, सदस्यहरूमा रामहरि श्रेष्ठ, डाक्टर धनेश्वर भट्टराई, होमनाथ घिमिरे, चिराग भण्डारी, तुलसी पण्डित, जानुका भट्टराई लगायतको समितिलाई सर्वसम्मत चयन गरेको हो ।
कार्यक्रममा प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष विपिन पाठक, जनसाँस्कृतिक महासंघ चितवनका अध्यक्ष रामहरि श्रेष्ठ, त्रिवेणी साहित्य परिषदका अध्यक्ष डा. नारायणप्रसाद खनाल, चितवन साहित्य परिषदका उपाध्यक्ष जगन्नाथ पण्डित, बलराम वाङ्मय प्रतिष्ठान चितवनका अध्यक्ष पूणर्प्रसाद अधिकारी, भैरव वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रा.कपिल अज्ञात, छन्दकाव्य प्रतिष्ठान नेपाल चितवनका अध्यक्ष लकाश पौडेल, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष पुष्प अधिकारी अञ्जलि, हाम्रो सिर्जना साहित्यिक पत्रिकाका प्रधान सम्पादक डि आर पोखरेल, नारायणी नमूना मा वि भरतपुर विद्यालय व्वस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा, नारायणी नमूना मा वि भरतपुरका प्राचार्य पूणर्प्रसाद दुवाडी लगायतले शुभकामना व्यक्त गर्नुभयो
कार्यक्रममा सङ्गमका उपाध्यक्ष बाबुराम पाण्डेले स्वागत मन्तव्य र कवि द्वय पोषराज पौडेल र रेशम विरहीले कविता वाचन गर्नुभएको थियो । साथै पदाधिकारी चयनको लागि प्रा. डा.होमनाथ सापकोटाको संयोजकत्वमा रामप्रकाश अधिकारी र डि आर पोखरेल सदश्य रहनुभएको निर्वाचन मण्डल गठन गरिएको थियो । नवनिर्वाचित अध्यक्ष प्रकाश चापागाईंले साहित्य संगम चितवनको गति र आयामलाई थप विकसित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
– विपिन पाठक, चितवन
Subscribe
Login
0 Comments
Oldest












































