साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज निरोको भाषण छ

बागमतीमा छैन जल शुद्ध छ पानी मात्र ढल बन्द छ धारो मार्ग धुलो आज बलेको छैन चुलो । भाग छ खाली भाग पर पेट छ भोको वृद्ध घर तैपनि नारा हल्चल छ आज निरोको भाषण छ ।

Nepal Telecom ad

पेट छ भोको फुर्सद छ
कामविनाको चुर्फुर छ
शासक द्यौता दर्शन छ
आज निरोको भाषण छ ।

यो कविताको हैन कुरो
पूणर् कथा हो के अधुरो
पूर्व हिँडेको बटुवा छ
पश्चिममार्गी नटुवा छ ।

हे कविजी हो आउनुहोस्
बेसुर गाना गाउनुहोस्
भाषण कायाकञ्चन छ
नाटक नाना मञ्चन छ ।

देश निदायो मै नसुती
काग करायो मै नउठी
घाम उदायो तिर्मिर छ
साँझ बिहानी धर्मर छ ।

बागमतीमा छैन जल
शुद्ध छ पानी मात्र ढल
बन्द छ धारो मार्ग धुलो
आज बलेको छैन चुलो ।

भाग छ खाली भाग पर
पेट छ भोको वृद्ध घर
तैपनि नारा हल्चल छ
आज निरोको भाषण छ ।

भव्य सजेको मञ्च अहो !
मन्त्र छ राधाकृष्ण कहो
छैन लिलामी देश अब
जन्त मलामी एक सब ।

अर्थ पुरानो शब्द नयाँ
बोतल सोही माल नयाँ
धूसर बाटो मञ्च सफा
मानिस कालो वस्त्र सफा ।

हे कवि चाँडो आउनुहोस्
गाँड फुलाई गाउनुहोस्
यो रमिताको शासन छ
आज निरोको भाषण छ ।

सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x