सुलसुलेविजय चालिसेको ‘जीवनका वक्ररेखा’ विमोचित
सुरभि साहित्य प्रतिष्ठानले वार्षिकोत्सवका क्रममा पुस्तक सार्वजनिक एवम् पुरस्कार प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौँ, गोकर्णेश्वर, २०७८ फागुन २१ । नेपाली साहित्यमा विशेष योगदान पुर्याउँदै आएको सुरभि साहित्य प्रतिष्ठानले वार्षिकोत्सवका क्रममा पुस्तक सार्वजनिक एवम् पुरस्कार प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
त्यस अवसरमा वरिष्ठ पत्रकार तथा कथाकार विजय चालिसेद्वारा रचित ‘जीवनको बक्ररेखा’ (आत्मसंस्मरण) र साहित्यकार बाजुराम पौडेलद्वारा रचित ‘अर्को संसार’ (उपन्यास) कृतिको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले सिर्जनात्मक योगदानले मात्रै स्रष्टा बाँच्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ कथाकार नारायण ढकाल, साहित्यकार मधुवन पौडेल, दिव्यदेव गिरी, रुकु कार्की र ध्रुव मधिकर्मी पुरस्कृत हुनुभयो । पुस्तकमाथि साहित्यकार ठाकुर शर्मा, गोपी मैनाली र युवराज मैनालीले कीर्ति समीक्षा गर्नुभएको थियो । सुरभीद्वारा पुरस्कृत स्रष्टा नारायण ढकाल, रुकु कार्की र ध्रुव मधिकर्मी, कृतिकार विजय चालिसे र बाजुराम पौडेल, प्राज्ञ दिनेशराज पन्त र वेदमणि घिमिरेले मन्तव्य राख्नुभयो ।
साहित्यकार अच्युत घिमिरेको उदघोषणमा साहित्यकार रामकुमार पण्डितले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको अध्यक्षता समाजसेवी प्रल्हाद चालिसेले गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































