चूडामणि रेग्मीथोत्रो थाल पिटेर
थाहै छैन सड्यो छिन्यो दिनदिनै के के भयो के भयो ! थोत्रो थाल पिटेर जीवन बित्यो भन्दै छ आफैं अहो !

कोही माथि पुगे अकासतिर नै पाताल कोही झरे
कोही शैल चढे क्रमै सँग कुनै आँधी हुरीमा परे
कोही पारि पुगे यताउति भए कोही यतै नै रहे
थोत्रो थाल पिटेर जीवन भरी तेर्सो म हिंड्दै रहें
कोही लद्दु यहाँ सधैं रहिरह्यौं कोही सधैं छट्टु नै
धेरै का -क भए क-ता अब कता बर्लङ्ग थुप्प्रै लडे !
ज्यानै सम्म दिने समर्थ वलवान् लुम्रे भए यो घडी !
थोत्रो थाल पिटेर जीवन बित्यो सारै तमासे भई !
यौटा थ्यो बलियो दरो समय नै सारै कडा जो थियो
लुम्रे भो अहिले भुसुक्क हुन गो सारै विचारा भयो
थाहै छैन सड्यो छिन्यो दिनदिनै के के भयो के भयो !
थोत्रो थाल पिटेर जीवन बित्यो भन्दै छ आफैं अहो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा
Subscribe
Login
0 Comments
Oldest







































