साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यदेव वासुदेवको विदाइ

अर्को फोटो कलमले चिउँडोमा घोचेर टाउका माथिबाट निस्केको ढाँचामा फोटो खिचियो । हास्यका नौ अवतारको फोटो पनि खिचियो । दुनियाँ अर्कै थियो ।

Nepal Telecom ad

२०६३ भदौ २५ गते बिहान साँढे ६ बजे टेलिफोनको घन्टी बज्यो । म ओछ्यानमै थिएँ । ‘म रोचक घिमिरे ।’ ‘नमस्कार घिमिरेजी ।’ ‘एउटा कुरा थाहा पाउनु भो ?’ ‘के कुरा ?’ ‘वासुदेवजी बिहान चारबजे बितेछन् ।’ अचम्म साथ ‘हँ, हो र ? !’ ‘खबर गर्नुपर्ने मान्छे भए गर्नुपर्ला । तपाइँ जानुहुन्छ कि आफ्नो इच्छा ।’ यो खबरले हलचल, छटपटी ल्यायो । बिहानको नित्यकर्म एकसाथ सकी टेकवीर मुखियाजीलाई खबर गरँे । उहाँलाई घरमै बोलाएँ र सँगै जाने कुरा गरँे । हासने महासचिव धर्मराज बरालको दुवै फोन लागेन । अरुलाई भन्न भ्याइनँ । मुखियाजी आउनुभयो साढे सातबजे र ट्याक्सी लिएर कुद्यौँ ढुङ्गाअड्डातिर चक्रपथबाट । बाटामा बूढाका बारे थोरै कुरा भए । बूढालाई स्याहार्ने मान्छेको अभाव । दुवै बूढी उहिल्यै बिते । मैलाधैला परिधान । सानो पाउरोटीको पिसमा जीवन गुजारे पनि सधैँ प्रशन्न, दुःख नदेखाउने र कसैलाई दोष नदिने । सबैलाई उत्साह दिने । प्रेरणा प्रदान गर्ने । बूढाको पछिल्लो पालामा सायद एकाकीपन थियो कि ? पुल्चोक घर हुँदा हप्ताको दुईचार पल्ट हामी (अर्थात् दातारामजी जस्तै मुखियाजी पनि पुग्ने गथ्र्यौँ । बूढा कहाँ साम्वभक्त सुवेदी, तुलसी मेहर, रामकृष्ण शर्मा, लीलाध्वज थापा पनि आउँथे । पहिला चक्र राखेको घरपछि मन्त्री क्वाटर बनेको ठाउँमा त केशवराज पिँडाली, भैरव अर्याल, श्रीधर खनाल दाताराम शर्मा, साझाका पन्तजी र हामी हुन्थ्यौँ । समय अर्कै थियो ।

वासुदेवजीकी श्रीमती शान्तिजी खूव माया गर्नुहुन्थ्यो । वासुदेवजीको कार्यालय जगदम्वा प्रेशमा त धेरै साहित्यकारसँग भेटघाट र चियापान हुन्थ्यो । वासुदवेजीले अरुकै स-साना जीवनीहरू छाप्ने काम पनि गर्नुभयो । कुराकानीको टेप गर्ने काम पनि गर्नुभयो साहित्यकार र विकासको विद्युतीय स्वराङ्कन आमलेखनारम्भ यो नै पहिलो हो कि ? मैले धरणीधर कोइराला र तुलसी मेयरको अन्तर्वार्तामा उहाँसँग निकै समय बिताएको थिएँ । हास्य-व्यङ्ग्यको निकै छलफल हुन्थ्यो । उहाँले लेखेको कुरा मलाई नदेखाइ चित्त बुझ्दैनथ्यो र सुधार्न पनि तत्पर हुनुहुन्थ्यो । हामी उट्पट्याङ्ग पनि गर्थ्याैँ । दातारामजीलाई ठूलो नाङ्लोमा, पिँडालीलाई रीजो घोप्टो माटाको गाग्रीमा, गोतामेलाई डालामा ख्वाप्प राखेर, श्रीधरलाई खुट्टा खुस्केको मेचमा झोला बोकाएर, वासुदेवजीलाई समदौरामा सुकुलचकटामा उभ्याएर र आफू चाहिँ अनेकथरि कलमको मुण्डमाला लगाएर फोटो खिचियो । एकपल्ट त वासुदेवजीलाई कार्यालयको टेवलमा बसाएर घुम्ने मेचमा खुट्टा राख्न लगाएर फोटो खिचेँ । अर्को फोटो कलमले चिउँडोमा घोचेर टाउका माथिबाट निस्केको ढाँचामा फोटो खिचियो । हास्यका नौ अवतारको फोटो पनि खिचियो । दुनियाँ अर्कै थियो । रमाइलो थियो ।

एकपल्ट सहित्यकारहरूको समूहमा जगदम्बा प्रेसमा फोटो खिच्दा राजेश्वर देवकोटा मेरो अगाडि उभिएका थिए । उनको टोपीको चुच्चो मेरो चिउँडोको तल घोच्दै थियो । आँखामा झ्ल्याकझुलुक निकै आए । मुखियाजीलाई मैले उही मन्त्रिक्वाटर बनेको ठाउँको घरमा उहिल्यै वासुदेवजीसँग चिनाएको थिएँ । समय कसरी बग्दो रहेछ ! स्मृतिका अनेक पानाहरू पल्टँदै गए । पानी दर्किरहेको थियो । जाडै थियो । हामी ढुङ्गाअड्डा पुग्यौँ । र ओर्लिएर पेट्रोलपम्प पछिल्तिरको उहाँको घरतिर लाग्यौँ । मान्छेहरू आउँदै उभिँदै थिए । बाहिर खुला अनुहारमा रामनामी ओढाएर राखिएको, भदौरे घाम हैन बदली दर्किएर पानीले भिज्दै थियौँ । हाडछाला रूप, लामो चिउँडो र नाक अन्तरिक्षको कतातिर फर्किएको थियो । सायद व्रह्माण्डको सफरमा उडिरहेको थियो वासुदेव लुइँटेलको आत्मा । छाता ओढेरै अभिवादन । गतिविधि निरीक्षणको केही समय उनका हास्य रूपहरू आँखामा झलझली आए । मनमा अँध्यारो हराउँदै गयो । बल्खुतिर हानिए सबै सद्भाव राख्ने नातेदार, छिमेकी र साहित्यकारहरू लावा र खुद्रा छर्दै परम्परा धान्दै अग्निमा होमियो ।

हास्यदेव वासुदेव चौहत्तर साल भाद्र २३ गते जन्मेको । जन्म गतेको दुई दिनपछि २०६३ सालमा बिते र ९० वर्षको दुई दिन मात्र बाँचे । वास्तवमा मान्छेको जिन्दगी नै एकदिन जन्मने र एकदिन मर्ने दुईदिने नै हो । सवैको गति यही हो । तापनि किन तुजुक गर्छ, डाढो गर्छ र रीस, ईबीमा बाँच्छ मान्छे ? मान्छेले दिनको एकपल्ट मात्र मृत्यु सम्झे यो दुनियाँ कति सुखी हुन्थ्यो होला ? दुई दिनको जिन्दगी कति रमाइलो हुन्थ्यो होला ?

हास्य-व्यङ्ग्यकारहरू नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे, अर्जुनदेखि यस क्षेत्रका हस्ति धर्मराज बरालसम्म थिए छोटो समयको सूचनाभित्र । काम सकिएपछि मात्र खबर दिनु भन्ने वासुदेवको अगाडिको उर्दी मिचेर मायाको भक्कानो बोकेर जम्मा भएका थिए नगेन्द्रराज शर्मा, रोचक घिमिरे । धेरै स्वनाम धन्य थिए त्यहाँ । जयराम छेउमै एक्लो महसुस गर्दै थिए होलान् । सुषमाजीको भक्कानो फुट्दा सवैमा खिन्नताले असजिलो दुखाइ महसुस गरेको हुनुपर्छ । घाटमा वासुदेवजीका छिमेकीले धेरै ज्ञानवद्र्धक कुरा गरे- नेपाली संस्कृति बारे । रासससँग टेलिफोनको उत्सुकतामा मैले भनँे हास्यक्षेत्रका महर्षि हुन् लुइँटेल । सवैलाई प्रेरणा दिने उत्साह दिने यी हास्यावतार नै थिए ।

हामी पुनः ट्याक्सीबाट जाउलाखेल फर्कियौँ । यसबखत धर्मराज बराल पनि थिए । आफ्नो मन आफैँले बुझायौँ । बूढाको नियतिप्रति अफसोचका सोच मात्र निस्किए ।

घरमा फर्केपछि टेलिफोन आयो रेडियो नेपालबाट । वासुदेव लुइटेलको निधन भएको एउटा समाचार कन्फर्म गर्न । हो बिहान चारबजे बितेका रे । म घाटबाट भर्खर फर्केको । उनी बिते ।

वासुदेवजीकहाँ पछिल्लो समय धेरै भेटघाट हुन सकेन । टाढा बस्नुभयो । दिन माया मारेर जानुपथ्र्यो । मेरो गाडी थिएन । फोनमा पनि कुरा भएन । यत्तिकै बित्यो । समय सधै एकनास हुने रहेनछ । विगतका मिठा दिन र उहाँको उज्यालो अनुहार झलझली सम्झन्छु । ती दिन गए । कहिल्यै नफर्कने गरी गए । सायद सवैको नियति यही हो । जीवन मात्र दुई दिन । यस अवधिका क्षणहरू सकारात्मक सोचमा बितोस् बाँच्नेहरूको र सम्झौँ हास्यदेवको महानवाणी ‘हाँस्नु हँसाउनु हाम्रो अधिकार हो र कर्तव्य पनि ।’ हो यसकै लागि हाँसेर बाचौँ बाँचेर हासौँ ।

उही दिन २०६३
‘फित्कौली’ १२, वासुदेव लुइटेल विशेषाङ्क, फागुन-२०६३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
0
Would love your thoughts, please comment.x
()
x