साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिहास्यपू्र्ण ६ ठोकान

Nepal Telecom ad

१.
आधा पेट खाइन्छ
एकसरो लाइन्छ
यहाँका हरेक काउण्टरमा
गरिबी साट्न पाइन्छ ।

२.
अम्बाको बोटमा स्याउ फुलेछ
सहरले आफ्नो बाटोनै भुलेछ
त्यो पल्लो पसलमा त लौ
‘टेक् अवे शप’ पो खुलेछ ।

३.
वटवृक्ष रोपेँ विषवृक्ष सरेछ
सुकेर पात जति भुइँमा झरेछ
सल्काउन आगो बटुलेर राखें
रातभर मुसलधारे पानी परेछ ।

४.
लोडसेडिङ् हुनै पर्छ
हुनै पर्छ ! हुनै पर्छ !!
नारा लाए उसले,जसले
अँध्यारोमा छलछाम गर्छ ।

४.
गोरे र रात्माटे होलान्
खुब गफ छाँटे होलान्
असाध्य घाँटी खस्खसायो
मेरै कुरा न काटे होलान् ।

५.
जुका भए टाँसिन्छ रगत खान्छ
तितो पदार्थ लगाए सजिलै जान्छ
लौन यो त के टाँसियो के ?
न भनेको मान्छ न धोएर जान्छ ।

६.
पुगिसरी आँउदा केही चाहिएन
पहिले खाउ खाउ भन्दा पनि खाइएन
अहिले त त्यही मन्त्री पद साह्रै महङ्गो भयो
दरखास्त दिंदा पनि पाइएन ।

पोखरा १०, हाल संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x