साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले मास्टरी खाएँ बा !

कसैका नजरमा म करेसाको लाहुरे सभा गोष्ठी र सेमिनारमा म मर्यादाहीन चाउरे ।

Nepal Telecom ad

बा !
तपाईं भन्नुहुन्थ्यो
मास्टर न खा छोरा !
तर मैले
मास्टर खाएँ बा !

कहिले हाकिम खा भन्नुहुन्थ्यो
कहिले ठेकदार खा भन्नुहुन्थ्यो
पुलिस अफिसर
भन्सार
माल
सबैतिरको रहर
स्रेस्थाका कुरा हेर भन्नुहुन्थ्यो
स्कूलका भूरा नहेर भन्नुहुन्थ्यो
बरु अम्रिका जा
गोराको नोकरी खा
सबैभन्दा हेपिएको
राजनीतिमा चेपिएको
मर्यादामा नपरेको
सबैले दोष भरेको
मास्टरी न खा भन्नुहुन्थ्यो
तर मैले
मास्टर खाएँ बा !

तर मैले
मास्टरी खाएँ बा
तपाईंको कुरा उडाएँ बा
तपाईंको मान मर्यादा र इज्जतमाथि
हुल हुज्जत गरें बा !
गद्दादार मेचमा बसाउँने तपाईंको रहर
म चैं
प्लास्टिकको कुर्सीमा झरें बा !
मालाको संसारभन्दा टाढा
घन्टिकै चालामा हराएँ बा
अक्षरको गहिराईमा
अलल्लिएर कराएँ बा !
मैले मास्टरी खाएँ बा !

मैले दौड जित्दा टीका अर्कैले लगाउँछ
अर्कैको अभिमान जोगाउँन
मेरो कठालो समाउँछ
अभरमा मलाई राजनीतिले तान्छ
अवसरमा मलाई नैतिकताको छडीले हान्छ
योजना एउटाले लेखाउँछ
असफलतामा मेरै दोष देखाउँछ
कसैका नजरमा म करेसाको लाहुरे
सभा गोष्ठी र सेमिनारमा
म मर्यादाहीन चाउरे
र पनि
बेला बखतमा मैले
स्वाभिमानको गीत गाएँ बा
मैले मास्टरी खाएँ बा !

तेल निगमका मान्छेहरु
घुटुघुटु तेल निल्छन बा
माल अड्डाका भान्छेहरु
अरिङ्गाल झैं जनता चिल्छन बा
हवाई निगमकाले बिग बडी खान्छन्
नगरपालिकाकाले बजेट गोजीको ठान्छन्
मैले खान पाउँने अलिकति फलामको घन्टी हो
त्यै पनि चपाउँन साह्रो छ
अरुले जिन्दगीमा एकपल्ट पढे हुन्छ
तर मैले
हरेक घण्टामा हुने युग परिवर्तनलाई
पार पाउँन गाह्रो छ
सम्मान नपाईंने शहरमा
अपमानको सस्तो सामल खाँदाखाँदा
म अघाएँ बा !
मैले मास्टरी खाएँ बा !

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x