साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बस्तीको विधान

ब्रह्माजी भने मनुष्यहरूलाई अलग्याउने र अल्मल्याउने आफ्नो सूत्रले निरन्तर काम गरिरहेकोमा उत्तिकै दङ्ग देखिन्थे ।

Nepal Telecom ad

ब्रह्माजीले विभित्र किसिमका प्रयोग गर्दा गर्दै नाटकीय रूपमा सृष्टि भएका अनेकौँ प्राणीमध्ये उनी आफैँलाई अनौठो लागेको एउटा प्राणीको नाम राखिदिए – ‘मनुष्य’ । उनले प्राणीको सृष्टि मात्र गरिदिए । अरू व्यवस्था सृष्टि भएका यी प्राणीले आआफैँ मिलाइहाल्छन् भत्रे सोच ब्रह्माजीको थियो । केही समय यसै गरी चल्यो पनि । तर सृष्टि भएका सबै प्राणी मध्ये उनैलाई अनौठो लागेर मनुष्य नाम दिइएको प्राणी भने साँच्चै नै अनौठै भएर निस्क्यो । यो अति नै स्वार्थी र महत्वाकाङ्क्षी हुन थाल्यो । मौका परे आफैँलाई बिस्थापित गराइदेला जस्तो पनि लाग्न थाल्यो ब्रह्माजीलाई । उनी मन मनै डराउन थाले आफ्नै मनुष्य नामधारी सृष्टिसँग ।

सृष्टिका यी मनुष्यले अनेकौँ किसिमका कल कचिङ्गल निकालेर एक्ला ब्रह्माजीलाई नियमित रूपमा सताउन थाले । कहिले के कहिले के बखडा झिकेर गिजोलीरहे । सबैको एउटै स्वर भएपछि उनको पो के लागोस् र ? एक्ला वृहस्पति जस्ता देखिन थाले उनी । उनलाई साथ दिने कोही भएनन् । संसारको एक्लो प्राणी भएर शान्त रूपमा बडो सुख सुबिस्तासँग एकलौटी गरेर बसेका ब्रह्माजी मनुष्यका यस्ता गतिविधिले वाक्क दिक्क भए । सधैँ यिनैका पछि लागेर मैले कसरी यो सृष्टि चलाउनू ? भत्रेसम्मको चिन्ता लाग्न थाल्यो उनलाई । नलागोस् पनि किन ! आफ्ना चौरासी लाख सृष्टि मध्ये अरू कसैले केही नगर्ने, मनुष्य नाउँको यही प्राणीले मात्र उनलाई बारम्बार सताइरहने ? यो त हुँदै भएन नि ! भत्रे निष्कर्षमा पुगे उनी । यस निष्कर्षपछि यी मनुष्यलाई एक आपसमा अलग्याउने र अलमल्याउने उपाय खोज्नेतिर उनको मन मोडियो ।

कहिले स्थानाभाव त कहिले के बहाना निकालेर ब्रह्माजी मनुष्य नामधारी प्राणीलाई कहिले झुण्डमा त कहिले एकल दुकल रूपमा भेटघाट गर्न थाले । कहिले सार्वजनिक त कहिले यसो कसैको आँखा छलेर गोप्य मन्त्रणा गरे जस्तो पनि गर्न थाले । विशेष कुराकानी केही नहुँदा पनि कहिले कसको त कहिले कसको कान फुकेर के के न गोप्य कुरा गरे जस्तो देखाउन थाले । यस्ता क्रियाकलापले निरन्तरता पाउन थालेपछि मनुष्यहरूका बीच एक अर्कामा शङ्काको वातावरण सिर्जना हुन थाल्यो । मनुष्यहरू आआफैँ सशङ्कित हुन थाले । आपसी विश्वासको सङ्कट बढ्दै गयो । आफ्ना हक, अधिकारका लागि ब्रह्माजी सामु एकठ्ठ आवाज उठाउनु त कता कता आआपूmबीचकै भनाभन र कलहमा रमाउन थाले । आपसी पूmट र वैमनस्य चुलिँदै गयो । मनुष्यहरूका बीच यस्तो स्थिति देखिन थालेपछि ब्रह्माजी आफ्नो सूत्रले वाञ्छित उपलब्धि हासिल गरेको ठानी मन मनै हर्षित हुँदै ‘खायौ मनुष्य हो’ भत्र थाले ।

मनुष्यहरूबीच सिर्जिएको आपसी फूट, कलह र द्वन्द्वले सृष्टिपछिको निकै लामो समयसम्म पनि उल्लेख्य रूपमा यिनीहरूको प्रगति हुन सकेन । एक हिसाबले बुद्धिको काम नै ठप्प भयो । बुद्धिले गर्नुपर्ने काम कहीँ कसैबाट केही भए जस्तो अनुभूत हुन सकेन । अर्कालाई लछारेर हुन्छ वा पछारेर, मागेर हुन्छ वा खोसेर, फकाएर हुन्छ वा तर्साएर, लुकेर हुन्छ वा ढुकेर आफ्नो जीवन गुजारा गर्नमै यिनको दैनिकी बित्न थाल्यो । सृष्टिको आदिकालपछिका सबै युगमा यिनको दैनिकी यस्तै रह्यो ।

समयान्तरमा आपूmहरू विरूद्ध ब्रह्माजीले चालेको कुटिल चालका विषयमा यिनीहरू एकपछि अर्को गरी जानकार हुन थाले । अलि अलि भए पनि आफ्नो जङ्गलीपनको बोध यिनलाई हुन थाल्यो । आपसी फूट, कलह र द्वन्द्वले आफूहरूलाईभन्दा अरूलाई बढी फाइदा पुगेको महसुस गर्न थाले । अनि – यिनीहरूबीच एक आपसमा छलफल, परामर्श र मेलमिलापको परिस्थिति निर्माण हुन थाल्यो । यी आफैँमा आफूहरू पछाडि पर्नाका कारणहरू खोज्न थाले । भरखर भरखर जङ्गली अवस्थाबाट पार पाएका यिनले आफ्ना लागि आफैँले गर्नु पर्ने रहेछ भत्रे कुराको बोध गर्न थाले । आपसी फूट, कलह र वैमश्यताले कोही पनि अघि बढ्न सक्त्तैन भत्रे चेत पनि यिनमा पलाउन थाल्यो । ‘वादे वादे जायते तत्व बोध’ भनेझैं अन्ततोगत्वा परिस्थितिमा सन्तोषजनक सुधार हुन थाल्यो । आपसी समझदारीपछि विकसित यस सुधारोन्मुख परिस्थितिप्रति गर्व गर्न थाले । व्यवहारमा उतार्न नसके पनि – ‘एक आपसमा मिलेपछि के हुँदैन ?’ भत्रे तत्व ज्ञान यिनीहरू प्रत्येकलाई हुन थाल्यो ।

मान्छेको बस्ती र तिनको मनस्थिति भित्री रूपमा जे जस्तो भए पनि बाह्य रूपमा पहिलाभन्दा धेरै सुधार देखियो । मनुष्यहरूको सुधारोन्मुख अवस्थाले ब्रह्माजीमा भने दिन प्रतिदिन चिन्ता बढाउन थाल्यो । यिनले आफूलाई पुरानै स्थितिमा पुर्‍याउने हुन् कि भत्रे शङ्का पनि उब्जाउन थाल्यो । फलतः मनुष्यहरूको गतिविधिलाई सूक्ष्म रूपमा केलाइरहने र आवश्यक परे यिनीहरूलाई एक आपसमा अलग्याउने र अलमल्याउने आफ्नो पूर्व नीतिलाई निरन्तरता दिने निधोमा पुगे उनी ।

उता ब्रह्माजीको नियत यस्तो थियो भने यता मनुष्यहरू भने आफ्नो बस्तीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भत्रे सल्लाहमा जुटे । बस्तीका लागि एउटा सर्वमान्य साझा विधान बनाउने निधोमा पुगे । लक्षित प्रयासलाई टुङ्गोमा पुर्‍याउने कसरतमा जुटे । यसका लागि आवश्यक आपसी छलफल, परामर्श र सरसल्लाहलाई निरन्तरता दिन कुनै कञ्जुस्याइँ गरेनन् । तर पनि विधान बत्र सकिरहेको थिएन । यति ठूलो कसरत र मेहनत गरिरहँदा पनि लक्ष्य प्राप्ति नहुनाको कारण पहिल्याउन सकिरहेका थिएनन् । र त, ‘कुवाको भ्यागुतो कुवा’ मै भनेझैं करिब करिब यथास्थितिमै देखिन थाले यी मनुष्यहरू ।

मनुष्यहरूबीच बस्तीको विधान बनाउने आपसी समझदारी अझै टुटिसकेको थिएन । यसका लागि अन्तिम प्रयास गर्न थाले । यसलाई मूर्त रूप दिने धुन उनीहरूबाट कसै गरी हटेन । तर पनि यिनलाई अलग्याउने र अल्मल्याउने ब्रह्माजीको सूत्रले भित्रभित्रै अझै काम गरिरहेकाले बाह्य रूपमा एकठ्ठ भए जस्ता देखिए पनि भित्री रूपमा यिनीहरू अझै एकठ्ठ हुन सकिरहेका थिएनन् । नयाँ लुगा लगाएको छु भत्रे भ्रमपूर्ण मादमा अलमलिएका बादशाहले आफ्नो नाङ्गो रूप चाल नपाएझैँ भएका थिए यिनीहरू । र त, अरूका लागि तिनका सबै अङ्गप्रत्यङ्ग छर्लङ्ग थिए । विभित्र चिरामा विभक्त यिनका दृश्य जोसुकैले बाहिरैबाट प्रस्ट रूपमा देख्न र अनुभूत गर्न सक्थ्यो ।

समग्र परिस्थिति जे जस्तो भए पनि बस्तीको विधानलाई जसरी हुन्छ अन्तिम रूप दिनैपर्छ भत्रेमा कसैको विमति थिएन । तापनि विधानले अन्तिम रूप पाउन अभैm सकेन । विधान लागू हुने र त्यसलाई पालना गर्ने गराउने कुरा त झन् टाढाको कुरा । भोलि, पर्सि, निकपर्सि भन्दा भन्दै यसका लागि मनुष्यहरूले वर्षौँको समय खर्चिसकेका थिए । ठालु मनुष्यका यस्तो चाला देखेर कनिष्ठ मनुष्यहरूको निराशाको चुली अग्लिन थाल्यो । परिणामतः कनिष्ठ मनुष्यहरूको भावना र भोलि तिनबाट आइपर्न सक्ने सम्भावित खतरालाई दृष्टिगत गरी छ महिनाभित्र जसरी पनि विधान जारी गर्ने भन्दै ठालु मध्येका पनि अझ ठालु मनुष्यहरू डुक्रिन थाले ।

महाठालुहरूको यस्तो डुक्राइपछि बस्तीका कनिष्ठ मनुष्यहरू उनीहरूका यस भनाइप्रति सन्तुष्ट देखिए पनि महाठालु मुनिका बाँकी माइला ठालुहरू भने किन हो किन सन्तुष्ट हुन सकिरहेका थिएनन् । उनीहरू आफ्ना महाठालुहरूप्रति भित्रभित्रै औँला ठड्याइरहेका देखिन्थे । विधान जारी गर्ने कुरामा वाधा व्यवधान ल्याउने अभीष्टले उनीहरू कोही विधान कुनै पनि हालतमा शुक्लपक्षमा जारी गर्नुपर्ने कुरा राख्थे भने कोही कृष्णपक्षमा । कोही एकादशीका दिन जारी गर्नु पर्छ भन्थे कोही चतुर्दशीका दिन । कोही पञ्चमी भन्थे कोही सप्तमी । कोही मङ्गलबार जारी गर्नुपर्छ भन्थे कोही बिहीबार । कोही आइतबारका पक्षमा देखिन्थे त कोही शुक्रबार । कोही घडी पलामा अड्किएका देखिन्थे त कोही मुख्य मुख्य चाडबाड र महिनामा । कोही यस्तो महत्वपूर्ण विधान त बसन्त ऋतुमा जारी गर्नुपर्ने कुरा बताउँथे त कोही शरद ऋतुमा । कोही गृष्म त कोही वर्षामा । त्यसभित्र पनि कोही विधान बिहान जारी हुनुपर्छ भन्थे त कोही साँझ । कोही रातका पक्षमा देखिन्थे त कोही दिनका पक्षमा । कतै कतै न दिन न रातका पक्षमा उभिनेहरू पनि भेटिन्थे भने कतै कतै न रात न बिहानका पक्षमा उभिनेहरू ।

बस्तीको विधान कसले जारी गर्ने भत्रे विषयमा पनि उनीहरूबीच भित्राभित्रै मत देखिन्थ्यो । कोही यस्तो विधान कन्या केटीबाट जारी गराउनु पर्छ भन्थे भने कोही कुमार केटाबाट । कोही युवा त कोही वृद्ध/वृद्धाका हातबाट । कोही आदिकालदेखि सृष्टिमा नारीको महत्व बढी भएकाले नारीका हातबाट विधान जारी गर्नुपर्छ भन्थे भने कोही पुरुषका हातबाट । कोही महिला र पुरुष भनेका झगडाका बीउ भएकाले यिनका हातबाट विधान जारी गर्दा बस्तीमा सधैँ झगडा भइरहन्छ, त्यसैले बस्तीको यति महत्वपूर्ण विधान तेस्रो लिङ्गीका हातबाट जारी हुनुपर्छ भत्रे पक्षमा देखिन्थे भने कोही समलिङ्गीका पक्षमा पनि । अझ अनौठो कुरा त बस्तीको विधानमा अपनत्व बोधका साथ यसलाई उल्लङ्घन हुनबाट जोगाई समाजमा शान्ति सुव्यवस्था कायम गर्त गराउन यस्तो विधान त चोर, फटाहा, गुण्डा, हत्यारा, तस्कर आदिका अगुवाहरूबाट जारी गराउनु पर्छ भत्रे आवाज पनि यत्रतत्र सर्वत्र सुनिन्थ्यो ।

यी माइला ठालुहरूले आपसमा खासखुस गरेका अरू कुरा अझ दङ पर्नुछ । यिनीहरू संविधानका भाषाका विषयमा पनि अनौठा अनौठा कुरा गरिरहेका भेटिन्थे । बस्तीको यस्तो पवित्र विधान आदिभाषा संस्कृतमा लेखिनुपर्छ भत्रेहरू एकातिर भेटिन्थे भने अर्कातिर आआफ्ना जातिगत भाषामा विधान लेख्न धम्क्याउनेहरूको भीड पनि कम देखित्रथ्यो । अझ कोही त विधानका प्रत्येक धारा उपधारा अलग अलग भाषामा लेखेर विधानको भाषालाई समावेशी बनाइनु पर्छ भनेर कुर्लिरहेका पनि पाइन्थे ।

बस्तीको विधान जारी गर्ने गराउने विषयमा छुट्टा छुट्टै र एकपछि अर्का अनौठा मत राख्नुमा उनीहरू सबैको एउटै उद्देश्य देखिन्थ्यो यिनै विषयमा एकपछि अर्को बहस चलाएर अरू दर्जनौँ छ महिना कटाइदिने । महाठालुहरूलाई पछारिदिने, कनिष्ठहरूलाई भुलाइदिने । यसैमा उनीहरू आफ्नो परम् कल्याण देख्थे । बस्तीको विधानका विषयमा एकातिर मनुष्यहरूको चाला यस्तो थियो भने अर्कातिर ब्रह्माजी भने मनुष्यहरूलाई अलग्याउने र अल्मल्याउने आफ्नो सूत्रले निरन्तर काम गरिरहेकोमा उत्तिकै दङ्ग देखिन्थे । किनकि, उनलाई पनि बस्तीको समग्र विषयभन्दा बढी चिन्ता आफ्नै थियो ।

‘युवामञ्च’ २०७१ भदौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x