साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कसलाई भोट दिउँ ?

आफू सरकारमा गएर देशलाई सिँगापुर बनाउने कुरा गरे तर कणर्ालीमा झोलुङ्गे पुल बनाउने र सत्त्तामा रहेर सिनो झैँ नगन्हाउने कुरा कसैले गरेनन् ।

Nepal Telecom ad

देशमा चुनाव आउन थाल्यो सायद
नेताहरुले फेरि सुुशासन र समृद्धिका
नारा लाउन थाले
मान्छे खोजी खोजी ठेगाना सोधी सोधी
घर घरमै आउन थाले

एकदिन एउटा नेता आउंँछ
आफ्नै सुरमा बाँसुरी बजाउंँछ
र,आफू सरकारमा गए
देशले कोल्टे फेर्ने बाचा गर्छ
नेताको बाचा न हो, के भर छ
कोल्टे मात्र फेर्छ कि उत्तानो पर्छ !

अर्को दिन अर्को नेता आउंँछ
आफ्नै धरातल बिर्सेर धाक लाउंँछ
र, आफू सरकारमा गए
बेरोजगारी हटाउथेँ भन्छ
मन पत्याउन तयार छैन
र पनि सोध्न मन छ
बेरोजगारी कि बेरोजगार के हटाउने ?
देशका कलकारखाना त बेचेर सक्यौ
अनि रोजगारीका लागि कुन देशाँ पठाउने ?

अस्ति पनि शान्तसँग बस्न पाइएन
नेताहरूका अभिवादन फर्काएर भ्याइएन
भन्दै थिए, सत्ता साझेदारीमा मजा आएन
पुरै शासन सत्ता खोसेर लिनु पर्‍यो रे
त्यसका लागि जनताले फेरि बलिदान दिनु पर्‍यो रे
अचम्म छ बा !
किन बरम्बार रगत बगाउने मात्र कुरा गर्छन्
यिनीहरूका आफ्ना छोराछोरी नभएर हो
कि पढ्न युरोप अमेरिकातिर गएर हो ?

हिजो पनि उहि पुराना एक हुल अनुहार आए
एक अर्काको पिठ्युँ माडेर सक्दो छारो उडाए
र, आफू सरकारमा गएर
देशलाई सिँगापुर बनाउने कुरा गरे
तर कर्णालीमा झोलुङ्गे पुल बनाउने
र सत्त्तामा रहेर सिनो झैँ नगन्हाउने कुरा कसैले गरेनन्

यस्तै यस्तै अरु, अधिकांंश नेताहरू
जसले बिगतमा सत्तामा रहेर हाम्रा रगत र पसिनामा तर मारे
तर देश र जनताका निमित्त माखो मारेनन्
तिनै नेताहरू आज फेरि भोट माग्न हाम्रो घरमा आउँदैछन्
भन्नोस् न मित्र
म कसलाई भोट दिउँ ?

हेटाैंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x