साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठै ! राजधानी

धुँवाको, धुलोको हिलोको छ राज हिजोअस्तिभन्दा समस्या छ आज समस्यै समस्या न बत्ती, न पानी बस्यौ लाज-धानी कठै ! राजधानी ।

Nepal Telecom ad

खडेरी र गर्मी कडा कालभन्दा
नआएर पानी थियो दुःख चिन्ता ।
ठुलो हाछ्यु आए गएकै छ बत्ती
कठै ! लाज-धानी दया छैन रत्ति ?

त्यहाँ जिन्दगी लोभलाग्दो छ देख्छ
जहाँ मूल्यको वृद्धिले ढाड सेक्छ ।
विषादीविनाको न खाना न पानी
भयौ ’यातना- केन्द्र’ झैँ राजधानी ।।

झुटो बोल्न जाने सबैथोक बिक्छन्
जहाँ छट्टु, पैसा हुने मात्र टिक्छन्।
सबै लोक रत्तिन्छ, जानी नजानी
तिमी जादु के गर्दछौ राजधानी ।।

गरी वस्तुको मोलमा वृद्धि भारी
सबै गर्न तल्लीन कालोबजारी ।
मिची कानुनी साँध केही नमानी
अटेरी निकै छौ तिमी राजधानी ।।

घडीको सुईझैँ दुगुर्छन् समस्त
सधैँको चटारो सबै अस्तव्यस्त ।
उठेझैँ जुटेझैँ हुँदा सूर्य अस्त
सधैँ राजधानी हुने गर्छ मस्त ।।

म आफू निकै सभ्य देखिन्छु भव्य
तिमी ठान्दछौ गाउँले हुन् असभ्य ।
उही दम्भ, सोचाइ उस्तै छ बानी
अकर्मण्य छौ साँच्चिकै राजधानी ।।

धुँवाको, धुलोको हिलोको छ राज
हिजोअस्तिभन्दा समस्या छ आज
समस्यै समस्या न बत्ती, न पानी
बस्यौ लाज-धानी कठै ! राजधानी ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x