सुलसुलेबूँद रानालाई गजल प्रतिभा सम्मान
नेपाली गजल साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने गजलकारहरुलाई प्रदान गरिने गजल प्रतिभा सम्मानको राशी रु २१ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

गजल सन्ध्या पोखराद्वारा प्रदान गरिने गजल प्रतिभा सम्मान २०७८ वरिष्ठ गजलकार बूँद रानालाई प्रदान गरिने भएको छ ।
नेपाली गजल साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने गजलकारहरुलाई प्रदान गरिने गजल प्रतिभा सम्मानको राशी रु २१ हजार १ सय ११ रुपैयाँ रहेको छ । सन्ध्याले देशका विभिन्न ठाउँमा रहेर नेपाली गजलको बिकास, बिस्तार र गुणस्तरीय लेखनमा सक्रिय गजलकारहरू मध्येबाट छनोट गरि यो सम्मान प्रदान गर्दै आएको छ ।
बैशाखको दोस्रो साता शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरेर रानालाई उक्त सम्मान प्रदान गरिने छ । नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य रानाका गजल, बालसाहित्य लगायतका कृतिहरू प्रकाशित छन् ।
कवि तथा समाजसेवी ढाका थापाले स्थापना गरेको दुई लाख रुपैयाँको अक्षयकोष मार्फत गजलकार रानालाई सम्मान गर्न लागिएको गजल सन्ध्याका अध्यक्ष बसन्त बिनोदले बताउनु भयो । साहित्यकार रुपिन्द्र प्रभाबीको संयोजकत्वमा बनेको प्रतिभा छनोट समितिले यो निणर्य गरेको हो ।
-साहित्यिक सूचना केन्द्र
Subscribe
Login
0 Comments
Oldest












































