साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्वाइँहरू ससुरालीतिर फर्कदैछन्

पुराना ज्वाइँहरूको फेरि यसै क्षेत्रमा पाउकष्ट हुँदैछ ज्वाइँका पवित्र खुट्टाले एकपटक फेरि यही धर्ती छुँदैछ ।

Nepal Telecom ad

ससुरालीहरू हो, कुरा सुनिराख
गम्भीर समस्या खनिदैछ
समयमै समस्या समाधानको उपाय गुनिराख
उनै पुराना ज्वाइँहरूको फेरि
यसै क्षेत्रमा पाउकष्ट हुँदैछ
ज्वाइँका पवित्र खुट्टाले
एकपटक फेरि यही धर्ती छुँदैछ ।
हुनता
अझै केही दिन केन्द्रमै ज्वाइँहरू खर्कंदैछन्
सुनिदैछ—
केही दिनपछि आफ्ना आफ्ना ससुरालमा
उनै निर्वाचित ज्वाइँहरू फर्कंदैछन्

मान्नुहोस् फर्किएपछि ससुरालबाट ज्वाइँ अन्त कतै गएन
उनसको मानमनितोमा कमी हुनु भएन
बुझ्नुहाेस् —
तलबितल भयो कि हामीलाई ज्वाइँले सहेन ।
दिएकी छोरीको ज्यानै रहेन ।
टुप्पी बेचेर भए पनि उसको मन नबुझाई भएन ।
तेलको ठेकी तयार पारिराख्नुहोस्
फेरि एकपटक उसको खुट्टामा मालिस नगरी भएन
राम्रो ओछ्यान तयार पारिराख्नोस्
उसलाई यही शुकला नगराई भएन
पहिलेको निर्वाचित ज्वाइँ यतै आउँदैछ
निर्वाचित ज्वाइँ यस पालि पनि ससुरालबाट अन्त कतै गएन ।

हामी नेपाली भाग्यमानी छौं
रोज्जा ज्वाइँ पाएका छौं
ज्वाइँ भनेको आखिर ज्वाइँ हो
ज्वाइँलाई मान चाहिन्छ मनितो चाहिन्छ
जे कुरा पनि थोरैले हुँदैन पघितो चाहिन्छ
कुरै नबुझी ससुरालीले
ज्वाइँलाई हेला गर्न पाइन्छ ?
यो दुनियाँमा सबै थोक पाइएला
निर्वाचित ज्वाइँको जात जहिलेसुकै कहाँ पाइन्छ ?
पन्चानब्बे अरब हाम गर्ने बेलायती ज्वाइँ
हामीकोमा जस्तो अरु मुुलकुमा पाइन्छ ?

त्यस्ता ज्वाइँहरू पनि परीपरीका हुन्छन्, थरीथरीका हुन्छन्
अस्थायी, मनोनित, पटके ज्वाइँलाई जसरी
निर्वाचित ज्वाइँलाई हेला गर्न पाइन्न ।
बरु छोरी पाइएला तर ज्वाइँ पाइन्न ।
ऊ त टीको लगाएर पठाएको ज्वाइँ होइन
निर्वाचित ज्वाइँ हो
उसलाई ससुराली भन्दा अरु कुरा केही चाहिन्न ।
हेला गर्न पाइन्न ।

त्यसैले
प्रत्येक बस र हवाइजहाजमा ज्वाइँलाई सीट खाली राख
उसका लागि शुद्ध दूधको छाली राख
धेरै जसो ज्वाइँहरू मद्यका प्रेमी हुन्छन्
सक्नेले विदेशी र नसक्ने भए
तीनपाने रक्सी हालिराख ।
ज्वाइँलाई कतिखेर के चाहिने हो
राम्रा राम्रा खसी र कुखुरा पालिराख
होटल, लज र रेस्टुराँतिर
केही सिट खाली राख
गिलासमा मद्य हालिराख
छोरी ता दिएकै हो
उसका लागि ढोकाढोकामा स्वागत गर्न
नयाँ नयाँ खालका बैंसालु साली राख ।
किनभने माथिबाट यस पालि पनि
उनै निर्बाचित ज्वाइँहरू फर्कदैछन्
यसै क्षेत्रमा फेरि पनि केही दिनका लागि
उनीहरू खर्कदै छन् ।
यताको काम सकेपछिलाई
ती मुलाहरू केही दिनपछि फेरि उतै फर्कदै छन् ।
त्यसैले ससुरालीहरूहो, कुरा सुनिराख
अहिलेलाई ज्वाइँ रूपी गम्भीर समस्या थाप्लामा खनिदैछ
समयमै समस्या सममाधानको उपाय गुनिराख
पुराना ज्वाइँहरूको फेरि यसै क्षेत्रमा पाउकष्ट हुँदैछ
ज्वाइँका पवित्र खुट्टाले
एकपटक फेरि यही धर्ती छुँदैछ ।
यही धर्ती छुँदैछ ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x