साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैँ चोट : भुत्राको भोट ??

कोही भन्छन् कुलो ल्याउँछु कोही धुलो हटाउने बल्ल आयो हाम्रो मौका इनलाई धुलो चटाउने ।

Nepal Telecom ad

माखेसाङ्लो लर्को
आवाज कस्तो चर्को
सुन्दा पनि झर्को
तन्ना काटी घोचो उने
खाट रोयो घरको

संख्या गन्दा सत्र
ठेला अलपत्र
बोला’भए म नि जान्थेँ
अठार हुन्थ्यो नत्र

नेपालीको भाग्यमै खोट
नेता हल्लाउँछ नोटको बोट
देश र जनता जपेर ओठ
सधैँ चोट, भुत्राको भोट ??

“उर्लिएको मानवसागर” सडक पुरै जाम छ
आवाज पनि के विधि हौ धर्ती पुरै काम्छ
मतदातालाई के था बरै
मतपत्रमा इन्को पनि नाम छ !

यति सङ्ख्या गाउँघरमा द्यौसी खेल्न डुलिन्थ्यो
घोचा थाङ्ना क्यै नचाहिने रातभरि भुलिन्थ्यो
त्यसबेला नोट हेथ्र्यौं अ‍ैले भोट हेर्ने भो
हेर्दाहेर्दै माइकालालले नयाँ कोट फेर्ने भो

सबको नारा यौटै छ आमाबुवा दाजुभाइ …
चिच्याएर वाक्कदिक्क नबिसाइ आउँछ हाई
कोही भन्छन् कुलो ल्याउँछु कोही धुलो हटाउने
बल्ल आयो हाम्रो मौका इनलाई धुलो चटाउने

पन्ध्रजनाको मेला मध्यान्नको बेला
यो गरिबको ठेला तिम्लाई भयो खेला ??
चार फिट उफ्रिएर प्रचारमा भिड्थ्यो होला
लुस्न पाए चुस्न पाए घोचो बोकी हिँड्थ्यो होला

गरीबको पार्टी एमाले रे गरिबी सकिए पार्टी खलाँस
हुनेखानेको भन्छन् काङ्ग्रेस खायो दारु खेल्यो फलाँस
पिउँदा पिउँदै बित्यो जुनी देश बनाउने सुरै भएन
माओवादीका त भोटरै छैनन् हिसाबकिताबको कुरै भएन

माओवादीको हँसियाले काङ्ग्रेसले रुख काट्ने भयो
राप्रपाको गाई दुहेर एमालेले चाख्ने भयो
तराईवाले पराइवाले चुनाउमा जान डराइवाले
ब्यर्थ ब्यर्थै कराइबाले पत्तासाफ हराइवाले !!

थाप्रपाको ओली भो फुस्सकमल शेरेको
सिन्को भाँच्ने क्वै ह्वैन तेस्सै थाङ्नु बेरेको
घाम ताप्ने था पाजी रूख चढ्ने पर्चण्ड
देश सब्लाई प्यारो छ सधैँ रहोस् अखण्ड !!

हाल भोट काट औँलो
केही त काम गर नौलो

मोरङ्ग

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x