साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेचैनी

निम्तालु मान्छेहरू जङ्गिन थाले । जङ्गिदाजङ्गिदै उनीहरू त्यसै बर्बराउन थाले । त्यसपछि अर्को बेचैन कथा सुरू भयो ।

Nepal Telecom ad

चैत्र महिनामा फुल्न लागेका गुराँसका फूलहरू डाँडाभरि थिए । सल्लेपीर झर्न थालिसकेको थियो । हावाको लहैलहैमा केही तुवाँलोहरू च्यातिएका थिए । मनमा लागेको आगो र आक्रोश एकै पटक उछिट्टिएको थियो । घमण्डले सोध्यो ।
-“बेचैनी भनेको के हो ?”
-“चैन नहुनेलाई भन्छन् !”
-“चैन भन्नाले ?”
-“मनको सुख !”

जब बैराग चलेको बेलामा मानिस चैन खोज्न भौंतारिन्थ्यो तब उसको हातमा आलश्य र मनमा रिक्तता हुन्थ्यो । वातावरणमा खासै ध्यान हुँदैन थियो ।
-“गठबन्धन नभए स्वतन्त्रता धरापमा !”

पाकेको मन, विन्दास हेराइ र खिस्रिक्क मुहार बीच बेचैनीको एउटा अर्को मन्त्र थियो ।
-“तालमेल !”

समय रन्केको थियो । साथका चिन्ताहरू पल्केका थिए । एक दिन ओैडाहा चलेको बेलामा मान्छेहरूलाई बोलाएर शेरसिंहले भने ।
-“तालमेलको दम छैन !”

निम्तालु मान्छेहरू जङ्गिन थाले । जङ्गिदाजङ्गिदै उनीहरू त्यसै बर्बराउन थाले । त्यसपछि अर्को बेचैन कथा सुरू भयो ।
-“मूर्दाघरको कथा !”

जब मान्छेहरू बेचैन हुन्थे । उनीहरूको दिमागमा मूर्दाघरका लासहरू एक अर्कामा कुरा गरिरहेका हुन्थे ।
-“चैनको दिन बेचैन भो !

निकै कष्टतापूर्व झुण्डिएर प्राण त्याग गरेको छेउको अर्को लासले भन्यो ।
-“बुझ्यौ ? यही हो सत्ता पलट !”
सबै लासहरू दुखको दिन बिर्सेर एकछिन भए पनि हाँसिरहे । उनीहरूको हँसाइमा कुनै भोकको आकाङ्क्षा थिएन । केवल निःस्वार्थ भावले नारा लगाइरहे ।
-“बेचैनीको तातो आलु, खाओैँ कि ओकलौँ !”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x