साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई भोट दिनुस्

चुनावपछि जनताको घाँटी च्याप्ने मै हुँ सङ्लो पानीमा हिलो छ्याप्ने मै हुँ तेसैले गम्भीर कुरा मनमा लिनोस् जसरी हुन्छ मलाई भोट दिनोस् ।

Nepal Telecom ad

म नयाँ नोटमा विश्वास गर्छु
म कालो कोटमा विश्वास गर्छु
मेरा भेडा बाख्राहरुले हाल्ने
म एक भोटमा विश्वास गर्छु ।

पहिला पनि सजिलै जितेकै हो
बिना विकास पाँच वर्षे समय
ढुङ्गा मुढा नारामै बितेको हो
विदेशीलाई मित्रु देख्ने मै हुँ
स्देशीलाई शत्रु देख्ने मै हुँ
युवा जति विदेश खेद्ने मै हुँ
हाम्र साँध सिमाना बेच्ने मै हुँ
म राम्रो मान्छे मनमा लिनोस्
मलाई सबैले भोट दिनाेस् ।

भन्छन मलाई कतिले चटके
म जेलमा जाने आउने पटके
गाउँमा बिजुली काट्ने मै हुँ
हीरासँग पित्तल साट्ने मै हुँ
पानीको मुहान फुटाउने मै हुँ
खानेपानीको धारा टुटाउने मै हुँ
बिकासे खाका लिएर आउँदा
तेसलाई बेस्सरी कुटाउने मै हुँ
मेरो कुरा साराले लिनोस्
मलाई भोट दिनोस् ।

युवा विदेश पठाउने मै हुँ
नगए घोक्रो अँठ्याउने मै हुँ
जताततै भष्टाचार गर्ने मै हुँ
परी आउँदा नमस्कार गर्ने मै हुँ
कालो धन सोलीमा लुकाउने मै हुँ
पाहुनालाई कुकुर फुकाउने मै हुँ
भाइभाइ दिदी बैनी जुधाउने मै हुँ
तिन्कै छातिमा घोडा कुँदाउने मै हुँ
भान्सामा पाइपलाइन ल्याउने मै हुँ
बाली लाग्दा वर्षमा नब्याउने मै हुँ
जनमा महङ्गी  सर्बत्र बढाउने मै हुँ
दूध दिने गाई भीरमा लडाउने मै हुँ
मेरा वृतान्त सबैले मनमा लिनोस्
जसरी पनि मलाई भोट दिनोस् ।

राष्ट्रको ढुकुटी चोर्ने मै हुँ
चोर्न नपाए टाउको फोर्ने मै हुँ
देशका कलकारखाना बेच्ने मै हुँ
विपक्षीको घाँटी रेट्ने मै हुँ
छिमेकीलाई नदीनाला सुम्पिने मै हुँ
देश खाल्टोमा हालेर उम्किने मै हुँ
आफ्नो मासेर विदेशी धर्म हुल्ने मै हुँ
सरकारी खर्चमा सन्सार डुल्ने मै हुँ
चुनावपछि जनताको घाँटी च्याप्ने मै हुँ
सङ्लो पानीमा हिलो छ्याप्ने मै हुँ
तेसैले गम्भीर कुरा मनमा लिनोस्
जसरी हुन्छ मलाई भोट दिनोस् ।

२०७९ बैसाख १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x