सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विप्लवी उम्मेद्वार

अन्ततः संयोजकले एक करोड पार्टीलाई सहयोग गरे टिकट पाइने कार्ड फ्याँके । मेयर हुँदा पाँच करोड जोगाएको थिएँ । एक करोड दिन तयार भएँ । रातारात अर्कोले दुई करोड दिने भएछ ।

Nepal Telecom ad

“म फेरि पनि हुनुपर्छ । राम्रो काम गरेको छु । जनमत मेरो साथमा छ । पार्टीले विश्वास गर्नुपर्छ ।” म आफ्नो अडानमा एक इन्च पनि हल्लिनँ ।

“तिमी अष्टाबक्र छौ । न हिँड्न सक्छौ न भाषणले जनताको मनलाई तान्न सक्छौ । तिमीमा के त्यस्तै दूरदृष्टि छ र पार्टीले पत्याउने ?” पार्टी संयोजकले मलाई परपरै राख्ने कोशिस गरे ।

“पार्टीको काममा जोतिँदा म अशक्त भएँ । भाषणले हैन कामले जनताको मन जितेको छु । मैले हैन पार्टीले मलाई के दियो ? त्यसको मूल्याङ्कन गर्ने बेला आयो ।” मैले पनि मुख भरिको जवाफ फर्काएँ ।

“तिम्रो मेयरको पाच वर्षे कार्यकाल हेरेकै हो । कोरोनाले काम गर्न दिएन भनेर हामीलाई मुखबुझो लगाउने काम गरेकै हो ।” संयोजकले मेरो कमजोरीको पोको खोल्दै गए ।

बेलैमा तिमीले राहत नबाँड्नाले असर्फी सदाहरू भोकका शिकार भए र पार्टीलाई अपमानको स्वाद चखायौ भन्लान् कि त्रास भइरहेको थियो तर भनेनन् र बाँचियो ।

अरू कुरा पनि भन्लान् कि भनी मुख थुन्दै मैले भनेँ; “जे भा पनि घोडा चढ्ने लड्छ । म चढेँ । कतै कतै लडेँ तर आफैँ उठेँ ।”

अन्ततः संयोजकले एक करोड पार्टीलाई सहयोग गरे टिकट पाइने कार्ड फ्याँके । मेयर हुँदा पाँच करोड जोगाएको थिएँ । एक करोड दिन तयार भएँ । रातारात अर्कोले दुई करोड दिने भएछ । भोलिपल्ट एघार गते उसैले टिकट पायो । म पनि के कम ? मैले पनि विप्लवी उम्मेद्वारका रुपमा आफ्नो नाम दर्ता गराएँ ।

२०७९। १ । १२। उदयपुर ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
भेटेको मोबाइल

भेटेको मोबाइल

नन्दलाल आचार्य
हाेलीकाे शुभकामना

हाेलीकाे शुभकामना

नन्दलाल आचार्य
साथी

साथी

नन्दलाल आचार्य
भुइँचालो

भुइँचालो

नन्दलाल आचार्य