साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विप्लवी उम्मेद्वार

अन्ततः संयोजकले एक करोड पार्टीलाई सहयोग गरे टिकट पाइने कार्ड फ्याँके । मेयर हुँदा पाँच करोड जोगाएको थिएँ । एक करोड दिन तयार भएँ । रातारात अर्कोले दुई करोड दिने भएछ ।

Nepal Telecom ad

“म फेरि पनि हुनुपर्छ । राम्रो काम गरेको छु । जनमत मेरो साथमा छ । पार्टीले विश्वास गर्नुपर्छ ।” म आफ्नो अडानमा एक इन्च पनि हल्लिनँ ।

“तिमी अष्टाबक्र छौ । न हिँड्न सक्छौ न भाषणले जनताको मनलाई तान्न सक्छौ । तिमीमा के त्यस्तै दूरदृष्टि छ र पार्टीले पत्याउने ?” पार्टी संयोजकले मलाई परपरै राख्ने कोशिस गरे ।

“पार्टीको काममा जोतिँदा म अशक्त भएँ । भाषणले हैन कामले जनताको मन जितेको छु । मैले हैन पार्टीले मलाई के दियो ? त्यसको मूल्याङ्कन गर्ने बेला आयो ।” मैले पनि मुख भरिको जवाफ फर्काएँ ।

“तिम्रो मेयरको पाच वर्षे कार्यकाल हेरेकै हो । कोरोनाले काम गर्न दिएन भनेर हामीलाई मुखबुझो लगाउने काम गरेकै हो ।” संयोजकले मेरो कमजोरीको पोको खोल्दै गए ।

बेलैमा तिमीले राहत नबाँड्नाले असर्फी सदाहरू भोकका शिकार भए र पार्टीलाई अपमानको स्वाद चखायौ भन्लान् कि त्रास भइरहेको थियो तर भनेनन् र बाँचियो ।

अरू कुरा पनि भन्लान् कि भनी मुख थुन्दै मैले भनेँ; “जे भा पनि घोडा चढ्ने लड्छ । म चढेँ । कतै कतै लडेँ तर आफैँ उठेँ ।”

अन्ततः संयोजकले एक करोड पार्टीलाई सहयोग गरे टिकट पाइने कार्ड फ्याँके । मेयर हुँदा पाँच करोड जोगाएको थिएँ । एक करोड दिन तयार भएँ । रातारात अर्कोले दुई करोड दिने भएछ । भोलिपल्ट एघार गते उसैले टिकट पायो । म पनि के कम ? मैले पनि विप्लवी उम्मेद्वारका रुपमा आफ्नो नाम दर्ता गराएँ ।

२०७९। १ । १२। उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x