साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्रे उपलब्धि ?

ठ्याक्कै गिद्ध हुँडार स्यालहरूका, चल्दै गए उत्सव । हात्तीछाप धनाढ्य भै महलमा, झुम्दै गरे उत्सव ।

Nepal Telecom ad

मिच्दै कानुन ऐन औ विधि सबै, छाडा चल्यो शासन ।
मात्रै फूट अटूट घोर झगडा, भाँडेर सद्भावना ।।
‘भ्रष्टाचार’ अचार तास भुटुवा, ब्रान्डी र हिस्की भए ।
सत्तारुढ बनेर देश लुछिने, खेला अनेकौँ चले ।।

देशै मर्ज हुने त गर्जन गरी, कौवा कराए यहाँ ।
नाका बन्द गराउँदै अझ कयौँ खेला चलेथे जहाँ ।।
ठ्याक्कै गिद्ध हुँडार स्यालहरूका, चल्दै गए उत्सव ।
हात्तीछाप धनाढ्य भै महलमा, झुम्दै गरे उत्सव ।।

बढ्दै धिक् किन क्षेत्र जात थर वा, लिङ्गीय दुर्भावना ?
घट्दै शान्ति सहिष्णुता दिनदिनै, टुट्दैछ सद्भावना ।।
पाएछौँ उपलब्धि द्वन्द्व—महँगी, चर्का विभेदी मन ।
मात्रै ‘त्वम् शरणम्’ गरेर कसरी चल्ला हरे शासन ।।

लाखौँ लाख युवा जमात अरुका, ढोके सुसारे भए ।
कन्या वा युवती कयौँ पर पुगी, दासी र भोग्या बने ।।
पञ्चैशील सुशील नीति सकिँदै, सम्लग्न धारा बहे ।
भत्की मूर्त तटस्थता दिनदिनै, अस्तित्व ढल्दै गए ।।

हाम्रा संस्कृति धर्म रीति रसमा, के घोलियो घोलियो ?
सत्ता पाउन टिक्न जोक्कर भई के बोलियो बोलियो ।।
माती नाच्छ तदर्थवाद यसरी देशै बन्यो जर्जर ।
खै प्यारो जनतन्त्र वायु कहिल्यै चल्दैन भै हर्हर ।।

धादिङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x