साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुसेको दुर्दशा

राम्रो काम गरी लघारिन पुगे गेहेन्द्र, थापा मुसे यस्तै कानुन हो बुझी मुलुकको बोल्दैन केही झुसे ।

Nepal Telecom ad

आई गाउँ गरेर भाषण मिठा, वाचा गऱ्यो, फर्कियो
फेरिन्छन् दिन साँच्चिकै गरिबका ठानी झुसे उफ्रियो ।
सत्तालोलुप, द्रव्यलोलुप मिली यो देश सारा चुसे
माग्नेका दिन फेरिए तर यहाँ, उस्तै छ दाता ‘झुसे’।।

आई गाउँ चुनावपूर्व दलका आफ्नै प्रतिज्ञा थिए
पाई भोट, जिती चुनाव सजिलै नेताहरू टाढिए ।
सत्ताका निकटस्थ लाभ लिनमा तल्लीन छन् चाप्लुसे
धिक्कार्दै पछुताउँदै मत दिई छन् खिन्न सारा झुसे ।।

सत्तासीन सवार भूपसरिकै बाटाहरू छेकिने
उस्तै दम्भ र तामझाम पदको चाला उही देखिने ।
सत्ता शासक फेरिए पनि सबै उस्तै जुका अङ्कुशे
हेरी मौन रहन्छ, के बदलियो जान्दैन सोझो झुसे ।।

पाई भोट, दिएर चोट, दलका नेता बिके नोटमा
लाई कोट,अठोट बिर्सन पुगे आसक्त छन् भोटमा ।
सत्तासीन विपक्ष मिल्छ ढुकुटी रित्याउँदा भन्नु के
पानी, भोजन, ओखती अनि लुगा पाउन्न निर्धो झुसे ।।

बिर्सन्छन् कसरी धरातल छिटो के हुन्छ सत्ता चढी
जो होचो, कमजोर, निर्धन यहाँ हेपिन्छ ऊ नै बढी ।
राम्रो काम गरी लघारिन पुगे गेहेन्द्र, थापा मुसे
यस्तै कानुन हो बुझी मुलुकको बोल्दैन केही झुसे ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x