साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिक प्रतिको दायित्व

ज्येष्ठ नागरिक हाम्रा अमूल्य निधि र पथ प्रदर्शक हुन्। उनीहरूलाई घृणा होइन आदर गरौँ ।

Nepal Telecom ad

मानिसले बालक, किशोर, युवा र वृद्ध गरी चार कालको जीवन भोग्नुगर्छ । मानव जीवनमा सबैभन्दा माया र प्रेरणा पाउने अवस्था भनेको बाल्यावस्था हो भने चन्चले र रमाउने अवस्था शैशवकाल ।

जिम्मेवारीको पोको बोकेर अवसर र चुनौतीको सामना गर्दै दौडिने अवस्था हो युवा । युवा अवस्थाको रोजाइ र भोगाइबाट खारिँदै मानिस वृद्धवस्थामा पुग्छ, जुन अवस्था हाम्रो सन्दर्भमा एकाध अपवादबाहेक दुर्भाग्यपूणर् हुनेछ ।

जुन बेला शारीरिक असक्तता, परनिर्भरता र आशामा बाँच्नुपर्छ त्यही बेला हेँला, घृणा र दुव्र्यवहारको सिकार बनेका छन् अधिकांश ज्येष्ठ नागरिक । बाल्यवस्था जस्तै वृद्ध पनि माया, ममता स्नेह र आधारभूत आवश्यकतामा परनिर्भर हुन्छ। तर यहाँ यसको उल्टो ज्येष्ठ नागरिक युवाहरूबाट अपहेलित हुन पुगेका छन् । ज्येष्ठ नागरिकका इच्छा र चाहनामा कसैको ध्यान पुग्न सकेको छैन ।

ज्येष्ठ नागरिक अनुभवले खारिँदै र विभिन्न आरोह(अवरोह पार गर्दै वृद्ध अवस्थामा पुगेको हुन्छ । जीवन र जगत्का हरेक अप्ठेरा पार लगाउन सक्ने क्षमता ज्येष्ठ नागरिकमा हुन्छ भन्ने हेक्का सबैले राख्नुपर्छ ।

काम गर्न सके सबैका प्रिय र नसके अपहेलित हुनु दुर्भाग्य हो । युवा शक्तिले ज्येष्ठ नागरिकको अनुभव र सीपको उच्च मूल्यांकन गर्दै सम्मान गर्नुपर्छ किनकि हामीमाथि उनीहरूको ठूलो लगानी, त्याग र समर्पण छ ।

ज्येष्ठ नागरिकको सम्मान र संरक्षणमा एकातर्फ आफ्नै छोराछोरी उदासीन देखिन्छन् भने अर्कोतर्फ राज्यले पनि उनीहरूको संरक्षणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन । विश्वले ज्येष्ठ नागरिकको सम्मानमा दिवस मनाइरहेका बेला हामीले हेँला र दुव्र्यवहार होइन, माया ममता र स्नेहको अँगालोमा बाँधेर सम्मान दिन सक्नुपर्छ ।

आजका बालक भोलिका ज्येष्ठ नागरिक हुन् भन्ने भुल्नु हुँदैन। ज्यानमा ताकत छँदा फूर्ति गर्नु र पछाडि ताकतले छोडेपछि घुर्की लगाउने अवस्था आउनु हुँदैन ।

केही वर्ष अघिसम्म समाजमा ज्येष्ठ नागरिकको स्थान महत्वपूर्ण थियो ।

उनीहरू घरपरिवार र समाजमा मान(सम्मान र आदरले हुने गर्दथे । ज्येष्ठ नागरिकले जीवनकालमा सँगालेका ज्ञान, सीप अनुभव पछिल्लो पुस्ताको लागि मार्गदर्शन बन्दथ्यो। समाज प्रायजसो संयुक्त घरपरिवार प्रणालीमा चलेको थियो ।

एउटै घर परिवारका धेरै सदस्य सगोलमा बस्थे। छुट्टिएर अलग बस्ने कुरा धेरै पछि मात्र लागू हुन्थ्यो। घरमूलीको स्थान ओजस्वी र उच्च थियो । परिवारमा धेरै सदस्य भएको घरलाई ’ठूला घर’ का रूपमा हेरिन्थ्यो ।

यसरी समाजमा स्वच्छ परम्परा, शुद्ध आचार व्यवहार, राम्रो सामाजिक सद्भाव एवं सौर्हाता र मर्या्दिदत आचरण एवं अनुशासनको सिलसिला सन्तुलित जीवन पद्धतिको रूपमा सुन्दर ढंगबाट विकास हुँदै आएको थियो ।

नेपाल घुम्न आउने विश्वका विभिन्न मुलुकका पर्यटकले पनि यो प्रणाली देख्दा कस्तो राम्रो भनेर तारिफ गर्दथे । तर वर्तमान अवस्थामा आइपुग्दा विकसित मुलुकको प्रभाव र आकर्षण नेपाली समाजमा पनि पर्दै गयो ।

ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित बनाउन विद्यमान सामाजिक सुरक्षा कार्यक्रमलाई पुनरावलोकन गर्नु आवश्यक छ ।

परिवारका अधिकांश सदस्य, दाजुभाइ वयस्क उमेरमा पुग्नासाथ आफ्ना पितामातासँग अलग भई छुट्टै बस्न रुचाउन थाले । समाजमा घरधुरी बढ्ने अवस्था र जमिनको विखण्डन हुने क्रम निरन्तर बढ्न थाल्यो ।

संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घट्दै गयो । युवायुवती, आफ्नै ढंगले सानो परिवारमा बस्न मन पराउने भए । यसले गर्दा नेपाली समाजमा पनि बुढेसकालमा अरूको सहयोग चाहिने अवस्थामा पुगेका ज्येष्ठ नागरिकको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित र तिरस्कृत हुँदै जाने स्थिति बढ्न थालेको छ ।

राज्यले ज्येष्ठ नागरिकलाई प्रत्याभूति गर्नुपर्ने सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी ढंगले लागू गर्न सकेन भने भएका कार्यक्रम पनि प्रतिबद्धता र नारामा मात्र सीमित छन् । कार्यान्वयन पक्ष फितलो महसुस भएको छ सर्वत्र ।

मुलुकमा ज्येष्ठ नागरिकमैत्री वातावरण बन्नु आजको आवश्यकता हो। यस्तो अवस्थामा सबै पक्षको ध्यान ज्येष्ठ नागरिकलाई शारीरिक, मानसिक र आर्थिक रूपमा सक्षम र सुदृढ गराई उनीहरूको दुःख, पीडा र हीनताबोध कम गर्दै लैजानु र मनोरञ्जनात्मक एवं सन्तुष्टि दिने खालका कार्यक्रम सहज रूपमा स्थापित गर्दै जानु त्यत्तिकै आवश्यक छ ।

ज्येष्ठ नागरिकको अवस्थाप्रति राज्य, परिवार, वृद्धा श्रम र यस क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्था संवेदनशील भई उनीहरूलाई समुचित सुविधा उपलब्ध हुने प्रबन्ध गर्न र माया, स्नेह र सम्मान प्रदान गर्न क्रियाशील भइरहनुपर्छ । यसका लागि यस क्षेत्रमा कार्यरत सरोकारवाला निकायबीच समन्वयात्मक वातावरणको विकास जरुरी छ ।

यस्ता प्रयासबाट समाजमा ज्येष्ठ नागरिकप्रति सम्मानको भावना जागृत भई उनीहरूको आत्मबल बढाउन सहयोग पुग्छ । अहिले हरेक क्षेत्रमा विश्वव्यापीकरणको प्रभाव छ। ज्येष्ठ नागरिकको क्षेत्र पनि यसबाट अछूतो रहन सक्दैन ।

नेपालमा ज्येष्ठ नागरिकको औसत आयुमा सुधार आए पनि उमेर वृद्धिको क्रमसँगै समस्या थपिँदै गएका छन् । अधिकांशमा बुढ्यौलीबाट उत्पन्न शारीरिक रोग, पीडा, दुर्बलता, हीनताबोध, एकाकी जीवनबाट पर्ने खालका अप्ठ्याराले पिरोलिरहेको पाइन्छ ।

ज्येष्ठ नागरिक एकातिर स्याहारसुसारको आवश्यकता महसुस गर्दै घरमै समय व्यतित गर्न बाध्य छन् भने अर्को्तितर आफ्ना शारीरिक, मानसिक अवस्थाका पीडा बोक्दै बसेका छन् । यस्तो अवस्थामा उनीहरूलाई सबैतिरबाट माया, प्रेम र सद्भावको खाँचो छ। भरपर्दो सहारा चाहिएको हुन्छ ।

ज्येष्ठ नागरिकमा उत्पन्न समस्याको समाधान आफ्नै घरपरिवारबाट मात्र सम्भव छ। घरपरिवारका सदस्यमा कर्तव्य र जिम्मेवारीबोधको खाँचो छ । ’पितृ देवो भव’, ‘मातृ देवो भव’ को भावना घरघरमा गुञ्जायमान हुन आवश्यक छ ।

सरकारी, समुदाय तथा गैरसरकारी क्षेत्रमा सञ्चालित वृद्धा श्रमलाई अझै व्यवस्थित बनाएर लैजानु जरुरी छ, जहाँ ज्येष्ठ नागरिकको प्रवेश सहज र सरल होस् । त्यस्तै निजी क्षेत्रमा खुलेका र खुल्दै जाने वृद्धा श्रमको पनि मापदण्ड बनाई सःशुल्क वृद्धा श्रममा बस्न चाहनेका लागि उपयुक्त वातावरण बनाई सुविधायुक्त बसोबासको प्रबन्ध गरिनु आजको आवश्यकता हो ।

त्यसैले ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित बनाउन विद्यमान सामाजिक सुरक्षा कार्यक्रमलाई पनि पुनरावलोकन गर्नु आवश्यक छ । ज्येष्ठ नागरिक हाम्रा अमूल्य निधि र पथ प्रदर्शक हुन्। उनीहरूलाई घृणा होइन आदर गरौँ ।

(‘प्रधान’ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव हुनुहुन्छ र  याे आलेख तीनजुरे टाइम्सबाट साभार गरिएको हो ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x