सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ज्येष्ठ नागरिक प्रतिको दायित्व

ज्येष्ठ नागरिक हाम्रा अमूल्य निधि र पथ प्रदर्शक हुन्। उनीहरूलाई घृणा होइन आदर गरौँ ।

Nepal Telecom ad

मानिसले बालक, किशोर, युवा र वृद्ध गरी चार कालको जीवन भोग्नुगर्छ । मानव जीवनमा सबैभन्दा माया र प्रेरणा पाउने अवस्था भनेको बाल्यावस्था हो भने चन्चले र रमाउने अवस्था शैशवकाल ।

जिम्मेवारीको पोको बोकेर अवसर र चुनौतीको सामना गर्दै दौडिने अवस्था हो युवा । युवा अवस्थाको रोजाइ र भोगाइबाट खारिँदै मानिस वृद्धवस्थामा पुग्छ, जुन अवस्था हाम्रो सन्दर्भमा एकाध अपवादबाहेक दुर्भाग्यपूणर् हुनेछ ।

जुन बेला शारीरिक असक्तता, परनिर्भरता र आशामा बाँच्नुपर्छ त्यही बेला हेँला, घृणा र दुव्र्यवहारको सिकार बनेका छन् अधिकांश ज्येष्ठ नागरिक । बाल्यवस्था जस्तै वृद्ध पनि माया, ममता स्नेह र आधारभूत आवश्यकतामा परनिर्भर हुन्छ। तर यहाँ यसको उल्टो ज्येष्ठ नागरिक युवाहरूबाट अपहेलित हुन पुगेका छन् । ज्येष्ठ नागरिकका इच्छा र चाहनामा कसैको ध्यान पुग्न सकेको छैन ।

ज्येष्ठ नागरिक अनुभवले खारिँदै र विभिन्न आरोह(अवरोह पार गर्दै वृद्ध अवस्थामा पुगेको हुन्छ । जीवन र जगत्का हरेक अप्ठेरा पार लगाउन सक्ने क्षमता ज्येष्ठ नागरिकमा हुन्छ भन्ने हेक्का सबैले राख्नुपर्छ ।

काम गर्न सके सबैका प्रिय र नसके अपहेलित हुनु दुर्भाग्य हो । युवा शक्तिले ज्येष्ठ नागरिकको अनुभव र सीपको उच्च मूल्यांकन गर्दै सम्मान गर्नुपर्छ किनकि हामीमाथि उनीहरूको ठूलो लगानी, त्याग र समर्पण छ ।

ज्येष्ठ नागरिकको सम्मान र संरक्षणमा एकातर्फ आफ्नै छोराछोरी उदासीन देखिन्छन् भने अर्कोतर्फ राज्यले पनि उनीहरूको संरक्षणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन । विश्वले ज्येष्ठ नागरिकको सम्मानमा दिवस मनाइरहेका बेला हामीले हेँला र दुव्र्यवहार होइन, माया ममता र स्नेहको अँगालोमा बाँधेर सम्मान दिन सक्नुपर्छ ।

आजका बालक भोलिका ज्येष्ठ नागरिक हुन् भन्ने भुल्नु हुँदैन। ज्यानमा ताकत छँदा फूर्ति गर्नु र पछाडि ताकतले छोडेपछि घुर्की लगाउने अवस्था आउनु हुँदैन ।

केही वर्ष अघिसम्म समाजमा ज्येष्ठ नागरिकको स्थान महत्वपूर्ण थियो ।

उनीहरू घरपरिवार र समाजमा मान(सम्मान र आदरले हुने गर्दथे । ज्येष्ठ नागरिकले जीवनकालमा सँगालेका ज्ञान, सीप अनुभव पछिल्लो पुस्ताको लागि मार्गदर्शन बन्दथ्यो। समाज प्रायजसो संयुक्त घरपरिवार प्रणालीमा चलेको थियो ।

एउटै घर परिवारका धेरै सदस्य सगोलमा बस्थे। छुट्टिएर अलग बस्ने कुरा धेरै पछि मात्र लागू हुन्थ्यो। घरमूलीको स्थान ओजस्वी र उच्च थियो । परिवारमा धेरै सदस्य भएको घरलाई ’ठूला घर’ का रूपमा हेरिन्थ्यो ।

यसरी समाजमा स्वच्छ परम्परा, शुद्ध आचार व्यवहार, राम्रो सामाजिक सद्भाव एवं सौर्हाता र मर्या्दिदत आचरण एवं अनुशासनको सिलसिला सन्तुलित जीवन पद्धतिको रूपमा सुन्दर ढंगबाट विकास हुँदै आएको थियो ।

नेपाल घुम्न आउने विश्वका विभिन्न मुलुकका पर्यटकले पनि यो प्रणाली देख्दा कस्तो राम्रो भनेर तारिफ गर्दथे । तर वर्तमान अवस्थामा आइपुग्दा विकसित मुलुकको प्रभाव र आकर्षण नेपाली समाजमा पनि पर्दै गयो ।

ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित बनाउन विद्यमान सामाजिक सुरक्षा कार्यक्रमलाई पुनरावलोकन गर्नु आवश्यक छ ।

परिवारका अधिकांश सदस्य, दाजुभाइ वयस्क उमेरमा पुग्नासाथ आफ्ना पितामातासँग अलग भई छुट्टै बस्न रुचाउन थाले । समाजमा घरधुरी बढ्ने अवस्था र जमिनको विखण्डन हुने क्रम निरन्तर बढ्न थाल्यो ।

संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घट्दै गयो । युवायुवती, आफ्नै ढंगले सानो परिवारमा बस्न मन पराउने भए । यसले गर्दा नेपाली समाजमा पनि बुढेसकालमा अरूको सहयोग चाहिने अवस्थामा पुगेका ज्येष्ठ नागरिकको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित र तिरस्कृत हुँदै जाने स्थिति बढ्न थालेको छ ।

राज्यले ज्येष्ठ नागरिकलाई प्रत्याभूति गर्नुपर्ने सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी ढंगले लागू गर्न सकेन भने भएका कार्यक्रम पनि प्रतिबद्धता र नारामा मात्र सीमित छन् । कार्यान्वयन पक्ष फितलो महसुस भएको छ सर्वत्र ।

मुलुकमा ज्येष्ठ नागरिकमैत्री वातावरण बन्नु आजको आवश्यकता हो। यस्तो अवस्थामा सबै पक्षको ध्यान ज्येष्ठ नागरिकलाई शारीरिक, मानसिक र आर्थिक रूपमा सक्षम र सुदृढ गराई उनीहरूको दुःख, पीडा र हीनताबोध कम गर्दै लैजानु र मनोरञ्जनात्मक एवं सन्तुष्टि दिने खालका कार्यक्रम सहज रूपमा स्थापित गर्दै जानु त्यत्तिकै आवश्यक छ ।

ज्येष्ठ नागरिकको अवस्थाप्रति राज्य, परिवार, वृद्धा श्रम र यस क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्था संवेदनशील भई उनीहरूलाई समुचित सुविधा उपलब्ध हुने प्रबन्ध गर्न र माया, स्नेह र सम्मान प्रदान गर्न क्रियाशील भइरहनुपर्छ । यसका लागि यस क्षेत्रमा कार्यरत सरोकारवाला निकायबीच समन्वयात्मक वातावरणको विकास जरुरी छ ।

यस्ता प्रयासबाट समाजमा ज्येष्ठ नागरिकप्रति सम्मानको भावना जागृत भई उनीहरूको आत्मबल बढाउन सहयोग पुग्छ । अहिले हरेक क्षेत्रमा विश्वव्यापीकरणको प्रभाव छ। ज्येष्ठ नागरिकको क्षेत्र पनि यसबाट अछूतो रहन सक्दैन ।

नेपालमा ज्येष्ठ नागरिकको औसत आयुमा सुधार आए पनि उमेर वृद्धिको क्रमसँगै समस्या थपिँदै गएका छन् । अधिकांशमा बुढ्यौलीबाट उत्पन्न शारीरिक रोग, पीडा, दुर्बलता, हीनताबोध, एकाकी जीवनबाट पर्ने खालका अप्ठ्याराले पिरोलिरहेको पाइन्छ ।

ज्येष्ठ नागरिक एकातिर स्याहारसुसारको आवश्यकता महसुस गर्दै घरमै समय व्यतित गर्न बाध्य छन् भने अर्को्तितर आफ्ना शारीरिक, मानसिक अवस्थाका पीडा बोक्दै बसेका छन् । यस्तो अवस्थामा उनीहरूलाई सबैतिरबाट माया, प्रेम र सद्भावको खाँचो छ। भरपर्दो सहारा चाहिएको हुन्छ ।

ज्येष्ठ नागरिकमा उत्पन्न समस्याको समाधान आफ्नै घरपरिवारबाट मात्र सम्भव छ। घरपरिवारका सदस्यमा कर्तव्य र जिम्मेवारीबोधको खाँचो छ । ’पितृ देवो भव’, ‘मातृ देवो भव’ को भावना घरघरमा गुञ्जायमान हुन आवश्यक छ ।

सरकारी, समुदाय तथा गैरसरकारी क्षेत्रमा सञ्चालित वृद्धा श्रमलाई अझै व्यवस्थित बनाएर लैजानु जरुरी छ, जहाँ ज्येष्ठ नागरिकको प्रवेश सहज र सरल होस् । त्यस्तै निजी क्षेत्रमा खुलेका र खुल्दै जाने वृद्धा श्रमको पनि मापदण्ड बनाई सःशुल्क वृद्धा श्रममा बस्न चाहनेका लागि उपयुक्त वातावरण बनाई सुविधायुक्त बसोबासको प्रबन्ध गरिनु आजको आवश्यकता हो ।

त्यसैले ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित बनाउन विद्यमान सामाजिक सुरक्षा कार्यक्रमलाई पनि पुनरावलोकन गर्नु आवश्यक छ । ज्येष्ठ नागरिक हाम्रा अमूल्य निधि र पथ प्रदर्शक हुन्। उनीहरूलाई घृणा होइन आदर गरौँ ।

(‘प्रधान’ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव हुनुहुन्छ र  याे आलेख तीनजुरे टाइम्सबाट साभार गरिएको हो ।)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीमा हिँडाइडुलाई

बुढ्यौलीमा हिँडाइडुलाई

वासुदेव गुरागाईं