साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खतिवडाको कविता कृति ‘मेरो स्वर्ग’को लोकार्पण

मोक्ष खतिवडाको कविता कृति ‘मेरो स्वर्ग’को लोकार्पण तथा कविता गोष्ठी कार्यक्रममा सम्पन्न ।

Nepal Telecom ad

झापा । बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कवि मोक्ष खतिवडाको कविता कृति ‘मेरो स्वर्ग’को लोकार्पण तथा कविता गोष्ठी कार्यक्रममा सम्पन्न भयो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षता, प्रसिद्ध साहित्यकार, कवि, हास्यव्यङ्ग्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, पुण्यप्रसाद खरेल, प्राज्ञसभासद सुभद्रा भट्टराई, वरिष्ठ समालोचक विष्णुकुमार भट्टराई, इलाम साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष टीका भण्डारी समेतले विशिष्ट आतिथि हुनुहन्थ्यो ।

कार्यक्रममा प्रेमप्रकाश फलाहारी, हरिप्रसाद रिमाल, सासंक अध्यक्ष छविलाल खतिवडा, शिरो सान्दाइ, मातृकाप्रसाद संग्रौला, दुर्गाप्रसाद सिग्देल, लक्ष्मीअच्युत ढुङ्गाना, चित्रा पौडेल कोइराला, टीका पोखरेल, केपी ढकाल (इलाम) लगायत सयजना भन्दा बढी स्रष्टाहरूको सहभागिता थियो ।

प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले संयुक्त रुपमा लोकार्पण गरेको कृति ‘मेरो स्वर्ग’को समीक्षात्मक रुपमा परिचय गराउने काम समालोचक तथा विशिष्ट अतिथि विष्णुकुमार भट्टराईले गर्नुभयो ।

प्रमुख अतिथि कोमलप्रसाद पोखरेल तथा विशिष्ट अतिथिहरु टीका घिमिरे, चन्द्र भण्डारी, पुण्यप्रसाद खरेलले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको कार्यक्रममा कविहरू चित्रा पौडेल, केपी ढकाल, देवीप्रसाद गौतम, कमल कोइराला, भगवती ढुङ्गेल, नारायण अधिकारी, खगेन्द्र निरौला, नदी भट्टराई, युवराज अर्याल, मातृका संग्रौला, पुष्प काफ्ले, दुर्गाप्रसाद सिग्देल, लक्ष्मी अच्युत ढुङ्गाना, लीला अनमोल, बुद्धिमान बराल, चन्द्रमाया खनाल, तुलसीप्रसाद भट्टराई, हरिप्रसाद रिमाल, केदारप्रसाद कोइराला, विनोद खनाल आदिले कविता वाचन गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा कृष्णप्रसाद खतिवडाले धन्यवाद मन्तव्य व्यक्त गरेपछि प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरेर अध्यक्ष शिवकुमार पौडेलले मन्तव्यसहित कार्यक्रम समापन गर्नुभयो ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव टङ्क विकल्पले तथा स्वागत प्रतिष्ठानका उपाध्यक्ष मुनाराज सेर्माले गर्नुभएको थियो ।

-पुण्य खरेल, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x