साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई नै भोट हाल्नुहोस्

सबैले ध्यान दिनोस् मलाई ज्यान दिनोस् हुँ म कलियुगको कृष्ण राजा राम मबाटै हुन्छ सबै समस्या तमाम ।

Nepal Telecom ad

मलाई नचिन्ने को होला ?
म गल्ली गल्लीमा चिनिन्छु
प्रत्येकको मुख मुखमा झुन्डिन्छु
गल्लीका छाडा भुस्या कुकुरदेखि
जङ्गलका ढुकुरले समेत चिन्छन्
मलाई नचिन्नेले आफैलाई चिन्दैन
तेसैले म तेति चर्चित छु कि
मैले गोठबाट बाख्रा चोरेकै हो
तेसैले म बोको चोर भनेर प्रसिद्ध छु
गरिब पीडित जनताको नाउँमा आएको
कर्कट पाता सिमेन्ट रड छड खाकै हो
तेसैले म जनतामा खन्चुवा भनेर चिनिन्छु
जे होस् म सुपरिचित छु नामी छु
म सेबक हजुरको पवित्र घरमा आउँदा
मनमा मीठा गुलिया कुन्ठा पाल्नुहोस्
यसपालि मलाई नै भोट हाल्नुहोस् ।।

मैले गरेका लोकपृय कामले गर्दा
म जताततै सर्वव्यापक छु नामुद छु
मलाई जनताले गाली गर्दा खुसी लाग्छ
गर्भले छाति ढक्क फुल्छ म प्रशन्न हुन्छु
मैले अमूल्य धातुका मूर्तिहरू
सुरक्षाको लागि विदेश पुर्‍याएकै हो
नेपाली युवाहरू बेरोजगार हुनुपर्छ भनेर
भएका कारखानाहरू तहसनहस पारेकै हो
विदेशी भूमिमा ५५-६० डिग्रीको
न्यानो तापक्रममा नेपाली जोशिला युवालाई
स्थाई जागिर मज्जाले खुवाकै छु
हाँस्नेलाई हँसाकै छु रुनेलाई रुवाकै छु
खोले खानेलाई गोबर खुवाकै छु
म देवता हजुरको घरमा आउँदा अब
जाग्न होइन सबै निदाउन थाल्नुहोस्
यसपालि मलाई नै भोट हाल्नोस् ।

ममा नम्रता छ ममता छ क्षेमता छ
जुन मै साँढे हुँ भन्नेसँग त्यो छैन
म अँधेरोमा पुग्दा आफै बत्ती बल्छ
मलाई देख्दा फूल आफैं फुल्छ
जब मलाई देखेपछि नदी आफै बग्छ
मेरो नाम लिने बित्तिकै मान्छेले
स्थाई जागीर पाउँछ अनि रमाउँछ
मैले जहाँ जहाँ टेक्छु त्यहाँ त्यहाँ
बिकासको मूल फुट्छ झड्का छुट्छ
मैले छुनी बित्तिकै बिग्रेको चीममा
कालो बत्ती बल्छ लामखुट्टे फुक्लुक्कै ढल्छ
मैले फेर्ने सासबाट सबैको घरघरको
भान्सामा ग्याँसको चूलो बल्छ बास्ना चल्छ
रोगी मान्छे मलाई देख्नासाथ निको हुन्छ
अझ मान्छे मरेकै छ भने मलाई देख्नासाथ
ऊ ब्यूँझन्छ पुनर्जीवन पाउँछ अनि रमाउँछ
म जस्तो लोकप्रिय विश्वप्रिय नेतालाई
सबैले ध्यान दिनोस् मलाई ज्यान दिनोस्
हुँ म कलियुगको कृष्ण राजा राम
मबाटै हुन्छ सबै समस्या तमाम
आजैबाट निरासा जगाउन थाल्नुहोस्
यसपालि मलाई नै भोट हाल्नुहोस् ।

तनहूँ कला सञ्चार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x