साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘भवानी मिश्र पुरस्कार’द्वारा छ स्रष्टा सम्मानित

अध्यक्षता सङ्गमका अध्यक्ष नरपति पाण्डे तथा प्रमुख आतिथ्य नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभएको थियो ।

Nepal Telecom ad

दमक, झापा, ०७९ बैशाख १७ । साहित्य कला सङ्गम, दमकले आयोजना गरेको ‘भवानी मिश्र पुरस्कार’ नामका विभिन्न ६ पुरस्कार प्रदान गर्ने कार्यक्रममा सम्पन्न भयो । कार्यक्रमको सञ्चालन सङ्गमका सचिव दीपक सुवेदीले गर्नुभएको थियो भने अध्यक्षता सङ्गमका अध्यक्ष नरपति पाण्डे तथा प्रमुख आतिथ्य नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभएको थियो । विशेष अतिथिको रुपमा दमक नगरपालिकाका मेयर रोमनाथ ओली हुनुहुन्थ्यो ।

पुरस्कृत गरिने व्यक्तित्वहरू सिलगढी निवासी नरबहादुर दाहाल, सिन्धुपाल्चोक बलेफी निवासी चन्द्रप्रसाद नेउपाने, झापा धुलाबारी निवासी चन्द्र भण्डारी, सुन्सरी इटहरी निवासी टीका आत्रेय, मोरङको बेलबारी निवासी जे बी थुलुङ तथा झापा दमक निवासी दक्षराज शर्मालाई मञ्चमा आसिन गराइएपछि मञ्चको अग्रभागमा दर्शकदीर्घाको अग्रासनमा प्राडा टङ्क नेउपाने, प्राडा वद्रीबिशाल पोखरेल, प्राडा गोपाल भण्डारी, जीवन गुरुङ, पुण्यप्रसाद खरेल, अम्विका सम्बाहाम्फे, शिवकुमार पौडेल, जय भण्डारी, छविलाल सिटौला, भविलाल लामिछाने, खेम नेपाली, डा.गोपाल भण्डारी, वम देवान, लीलाप्रसाद अधिकारी, यज्ञ परिश्रमी, खेमलाल पोखरेल, राम उपाध्याय, मातृका संग्रौला, शिव काफ्ले, बाबुराम नेउपाने, शान्त भट्टराई, हेमन्त काफ्ले, भोलानाथ निरौला, महिन्द्र याख्खा, डा तोया काफ्ले, गोपालप्रसाद दाहाल, हिमाल सुब्बा गुराँसलगायत व्यक्तिहरूलाई क्रमशः आसन ग्रहण गराएर कार्यक्रम सुरु भएको थियो ।

सङ्गमका उपाध्यक्ष विष्णु नेउपानेले स्वागत मन्तव्यका साथै पुरस्कृत हुने ६ जनाकै परिचय संक्षिप्त रुपमा गराउनुभयो । प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीबाट उदघाटन भएपछि ६ जनालाई नै शिरपोस, अविर, खादा, सुन्दर प्रमाणपत्र तथा जनही रु ३५,५५५।- नगदको खामसहित क्रमशः पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

कार्यक्रममा साहित्य कला सङ्गमका संस्थापक अध्यक्ष कीर्तिशेष रुद्र निरौलाको नाममा उहाँकी जीवनसाथी शारदा निरौलाले रु २ लाख रुपैयाँ नगद अक्षयकोषमा राखी रुद्र निरौलाप्रति श्रद्धाव्यक्त गर्न प्रदान गर्नुभयो भने कीर्तिशेष तलुसादेवी नेउपानेका नाममा अक्षयकोष राख्न उहाँका जीवनसाथी र छोरा डा लेखनाथ नेउपानेले रु १० लाखको चेक प्रदान गर्नुभयो ।

कार्यक्रममा रोमनाथ ओली, खेम नेपाली, पुण्यप्रसाद खरेल, लीलाप्रसाद अधिकारी, वम देवान, प्रा.डा. वद्रीविशाल पोखरेल, भविलाल लामिछाने, प्रा.डा टङ्क नेउपाने, चन्द्रप्रसाद उपाध्याय, चन्द्र भण्डारी, नरबहादुर दाहाल, प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले बधाइ तथा शुभकामना मन्तव्य राख्नुभयो । यस्तै हेमन्त काफ्ले, टीका आत्रेय, भविलाल लामिछाने, जय भण्डारी, वम देवानले कविता सुनाउनुभएको थियो । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष नरपति पाण्डेले सबैलाई धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभयो ।

-पुण्य खरेल, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x