भक्ति घिमिरे ‘दुर्बोध’बिरालो
एउटा बिरालो छ हाम्रो टोलमा साँढेजस्तै स्वभाव छ लौ न के गर्ने हो ?

चोकमा ढसमस्स बस्छ
बोलाउनेलाई म्याउ गर्छ
नबोलाउनेलाई ङ्यार-ङ्यार गर्छ
कसैलाई टेर्दैन
जताततै बिस्ट्याउँछ,
तुर्क्याउँछ, जुठ्याउँछ
बाटो काट्छ, सधैँ सताउँछ
बेला-बेला झम्टन्छ, कराइरहन्छ
राती सुत्न दिँदैन
सुटुक्क दूध चोरेर खान्छ
बिहान हत्तपत्त उठ्दैन
एउटा बिरालो छ हाम्रो टोलमा
साँढेजस्तै स्वभाव छ
लौ न के गर्ने हो ?
आज पनि झम्टियो त बटुवालाई ।
भोजपुर, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































